निर्णय नं. ४८९६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८९६ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/१२/०३ २६८२ निर्णय नं. ४८९६ २०५१, ने.का.प. अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र वहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्बत २०५० सालको रि.नं. २९०४ आदेश मिति : २०५०।१२।३।४ विषय : उत्प्रेषण निवेदक : सुर्खेत जिल्ला वाविया चौर गा.वि.स. वडा नं. २ घर भै हाल वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा अध्ययनरत कविराम पुरी । विरुद्ध विपक्षी : त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालय, जमल १ ऐ.का. परीक्षा नियन्त्रक डा. तुल्सीराम बैद्य १ केन्द्राध्यक्ष कृष्ण बहादुर रेग्मी क्याम्पस प्रमुख बीरेन्द्रनगर बहुमुखी क्याम्पस, सुर्खेत १ परीक्षा समिति, त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, जमल । § चिट प्रयोग गरेकोमा निजको सो सालको परीक्षा रद्द गरेको कानून संगत नै देखिन आयो । अनुचित कामको अनुपातमा अरु १ वर्षदेखि ३ वर्ष हदै सम्मका लागि न परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गर्ने निर्णय गर्दा निर्णय गर्दा विनियमको व्यवस्था अनुसार कसूर र सजायको विचमा अनुपातिक संयोजन परिक्षा समितिको सो निर्णयमा खुलेको देखिएन । हदैसम्मको सजाय गर्नु पर्ने आधार कारण वा अवस्था खुलाउनु पर्नेमा नखुलेकोले ३ वर्ष सम्म नै परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरेको निर्णय विनियमको व्यवस्था अनुरुप भएको नदेखिने । (प्र.नं. १०) § तजविजीको न्यूनतम १ वर्ष भन्दा बढी निष्काशनको सजाय गर्नु पर्ने अवस्था सो निर्णयबाट खुल्न नआएको यस स्थितिमा तजविजीको न्यूनतम १ वर्षको लागि निष्काशन रहने र सो भन्दा बढी अरु २ वर्षको लागि निष्काशन गर्नु उपयुक्त देखिँदा सो हदसम्म सो निर्णय कायम रहने र सो भन्दा बढी अरु २ वर्षको निष्काशन कायम रहन नसक्ने हुनाले २०५२ र २०५३ सालको लागि समेत भएको निष्काशन गर्ने सो समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री शिव प्रसाद सिग्देल विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री बद्री नरसिंह राजभण्डारी, विद्वान अधिबक्ता श्री शिवराज अधिकारी अवलम्बित नजिर : आदेश न्या. रुद्र वहादुर सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त ब्यहोरा यस प्रकार रहेछ । २. म निवेदक बीरेन्द्र बहुमुखी क्याम्पसको कानून संकाय तर्फको प्रविणता प्रमाणपत्र तहको दोश्रो वर्षको परिक्षा समेत दिइसकेको तर अंग्रेजी विषयमा अनुतिर्ण भएकोले विपक्षीहरुले संचालन गरेको २०५०।६।१२ गते सो विषयको पुनः परीक्षा दिएको थिएँ । ०५० सालमा संचालित प्रविणता प्रमाणपत्र तहको परीक्षाको सिलसिलामा राजनैतिक शास्त्र विषयको प्रश्न पत्र सो सुर्खेत केन्द्रमा विपक्षी केन्द्राध्यक्ष र खटी गएका पर्यवेक्षकको लापरवाहीले गर्दा परीक्षाको दिन भनदा अघावै खोलिएको विषयमा २०५०।६।६ मा केही बाद विवाद भएको थियो । प्रश्न पत्रको खाम वाहिर राजनीति शास्त्र भन्ने उल्लेख हुँदा हुँदै अर्को विषय करार कानूनको परीक्षाको दिन सो राजनीति शास्त्र विषयको प्रश्न पत्र खोलिएको कारणले त्रि.वि. र परीक्षार्थीहरुको नोक्सानी बेहोर्नु परेको विषयमा म एक विद्यार्थी पनि भएको नाताले कुराकानी गरेको थिएँ । सो रिसइवीले मेरो साथमा नभएको चिट समेत फेला परेको र पर्यवेक्षक माथि अभद्र व्यवहार गरेको भन्ने कथित प्रतिवेदन बनाई परीक्षा नियन्त्रण कार्यालयमा पठाइएको रहेछ । सोही आधारमा परीक्षा समितिले २०५०।६।२९