निर्णय नं. ४८९९ - दर्ता वदर गरी दर्ता गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८९९ - दर्ता वदर गरी दर्ता गरी पाउँ । भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/१२/१६ २७४२ निर्णय नं. ४८९९ २०५१, ने.का.प. अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्बत् २०४९ सालको दे.पु.नं. ६७६ आदेश मिति : २०५०।१२।१६।३ मा मुद्दा : दर्ता वदर गरी दर्ता गरी पाउँ । निवेदकः मोरङ जि. मोतीपुर गा.वि.स. वडा नं. ६ बस्ने रामनारायण खाँ थारु । विरुद्ध विपक्षी : मोरङ जि. मोतीपुर गा.वि.स. वडा नं. ६ बस्ने रतनलाल थनदार । ऐ ऐ बस्ने ठक्कललाल भगत थारु । ऐ ऐ बस्ने लक्ष्मी नारायण । § कि.नं. ४६ र ४८ आफ्नु नाउँमा नापी गराएबाट कि.नं. ४७ आफ्नो नाउँमा नापी नभएको कुरा मौकामा थाहा भएन भन्न नमिल्ने । (प्र.नं. ६) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अविलम्बित नजिर : x फैसला न्या. मोहन प्रसाद शर्मा : पुनरावेदन अदालत विराटनगरको मिति २०४९।५।१५ को फैसला उपर प्रतिवादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मेरो बाबु स्व. लटाई खाँ थारुका जाउँमा दर्ता भएको साविक रैता नं. ९८७ मा दर्ता भएको २०२४ सालमा सर्भे नापी हुँदा मोरङ मोतीपुर गा.वि.स. वडा नं. ६(ग) कि.नं. ४७ को ०–१५–१४ जम्मा बाबु लटाई खाँले ०१२ साल देखि सो जग्गामा घर बसोबास गर्ने भएबाट जोत भोग आधारमा दर्ता भएको थियो । पूर्जा समेत लिन वाँकी भएकोमा गा.वि.स. को शिफारिस साथ बाबुले मालमोपत कार्यालयमा २०३८।८।२१ मा निवेदन दर्ता गराई पुर्जा लिने तर्फ कारवाही भइरहेको ०४१।१।२ गते मेरा पिताजी स्वर्गारोहण हुनु भयो वहाँको हक खाने छोरा म मात्र भएकोले मालपोत कार्यालय जाँदा कारवाही टुङ्गो लागेको छ भनी मौखिक भन्नु भएको हुँदा म विश्वास भरमा बसेको थिएँ । २०४५।१।४ गते विपक्षी लक्ष्मी नारायण तथा रतन लाल तिनै जना विपक्षीहरुले यो जग्गाबाट घर हटाई दिने २०४१।११।२८ मा मोरङ सुनसरी वनक्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समितिबाट निर्णय भएकोले बाल विद्या मन्दीरको नाउमा दर्ता भएको छ भनी हल्ला भनेकोले २०४५।१।५ गते नक्कल लिई हेर्दा वाल विद्या मन्दीरको नाउँमा दर्ता गराउने गरी गरेको निर्णय वेरितको छ । ०१२ साल देखि घर बसोबास भएको हुँदा सम्बन्धित स्थलगत निरीक्षण गरी विद्यालयका नाउमा दर्ता गरेको निर्णय बदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद । ३. भटाइ खाँको पनि सन्तान थिएन । यो उजुरी कता कुन लटाई खाँको छोरा हुन् । मोतीपुर गा.वि.स. वडा नं. ६ (ग) कि.नं. ४७ को ०–१५–१४ धुर २०२४ सालको नापी हुँदा लटाई खाँ थारुले यो जग्गा ऐलानी हो ०१२ साल देखि खाई आएको छु भनी लेखाई दिएको, सो लताइको साविक रै. नं. ९८७ को जग्गा होइन रहेछ भन्ने देखिन्छ । आफ्नो नम्बरी भए उसे अवस्थामा दर्ता हुनुपर्ने कि.नं. ४७ को जग्गा ऐलानी भएकाले त्यस्तो एलानी जग्गा मोतीपुर गा.पं. वडा नं. ६ स्थित वालवी घर मन्दीरका नाउँमा दर्ता गर्ने कारवाही चलाई ०४१–९–१२ गते समितिले द.नं. १५८ मा निवेदन दी इन्कार हुँदा लटाइ खाँ समेतका नाउँमा सूचना जारी हुँदा कसैले दावी विरोध नभएपछि २०४२।५।५ मा बाल विद्या मन्दीरका नाउँमा ज.ध.पुर्जा पाएको हो वाल विद्या मन्दीरको सार्वजनिक रुपमा चलन व्यवहार समेत भएको कुरालाई २०४५।१।४ गतेका दिन घट हटाऊ भनी भनेकाले २०४५।१।५ मा नक्कल सराई लिइ थाहा पाए भन्ने भनाई प्रमाणबाट झुठ्ठा देखिन्छ । लटाइ खाँ को नम्बरी भए २०२४ सालमा नापी भएको २०४१ सालसम्म