निर्णय नं. ४९०० - उत्प्रेषण लगायत परमादेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९०० - उत्प्रेषण लगायत परमादेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ । भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०८/११ २४९६ निर्णय नं. ४९०० २०५१, ने.का.प. अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्बत् २०४८ को रिट नं. २०३६ आदेश मिति : २०५०।८।११।६ मा विषय : उत्प्रेषण लगायत परमादेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ । निवेदक : जिल्ला मोरङ डाँगी हाट गा.वि.स. वार्ड नं. ५ बस्ने मान बहादुर राई । विरुद्ध विपक्षी : मोरङ जि. विराटनगर न.पा. वडा नं. १५ बस्ने तुल्सी कार्की १ श्री मोरङ जिल्ला अदालत विराटनगर १ श्री पुनरावेदन अदालत, विराटनगर १ § मिसिल सामेल रहेको ०४७।५।२ मा मूल्याङ्कन गरेको मुचुल्का हेर्दा प्रतिवादीलाई रोहवरमा राखी मुचुल्का भएको देखिन आएन । काम तामेल गर्नको सहीछाप भएको पनि देखिएन । मुचुल्का गर्दा झगडिया उपस्थित नभए वा भए पनि सहीछाप गर्न मन्जुर गरेनन् वा झगडिया तारेखमा हाजिर नभउकोमा पनि सोही व्यहोराको कैफियत जनाई काम तामेल गर्ने कर्मचारीले सहीछाप गर्नु पर्नेमा सो बमोजिम गरे भएको देखिन नआएको र सो बमोजिम हुनु नपर्ने कानून आधार समेत आफ्नो लिखित जवाफमा प्रत्यर्थीले खुलाउन नसकेकोले झगडिया उपस्थित नभए वा भए पनि सहीछाप गर्न मन्जुर नगरेमा पालन गर्नु पर्ने अ.व. १७१ नं. को कानूनी प्रकृयाबाट समेत सो मुचुल्कालाई कानून बमोजिम रीत पुगेको मुचुल्का भन्न नमिल्ने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री टिकाराम भट्टराई । विपक्षी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री सिन्धुनाथ प्याकुरेल एवं विद्वान उप सरकारी अधिबक्ता श्री पुष्पराज कोइराला अवलम्बित नजीर : x आदेश न्या. उदयराज उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. जिल्ला मोरङ विराटनगर नगर पालिका वडा नं. १५ बस्ने तुल्सी कार्कीले म उपर लेनदेन मुद्दा हाली उक्त मुद्दा मिति २०४४।७।१२ गते फैसला हुँदा विपक्षीले मबाट साँवा व्याज समेत रु ४२,९१५।१३ भरी पाउने ठहरी म निवेदक दर्ताकै मोरङ डाँगी हाट गा.वि.स. वार्ड नं. ४(ठ) कि.नं. १६७ को ज.वि. ०–०–१० र ऐ. कि.नं. १६५ को ०–१–१० समेत जम्मा ज.वि. ०–२–० जग्गा र सो जग्गामा बनेको सखुवाको खम्बा थान २९ को ८ कोठा भएको तखताका वेरा पटाई भभएको टिनको छाना भएको तीन तल्ले घरको साथै बुर्जा जोडिएको साखुवाकै लम्बा थाम ६ भएको माथि तख्ताकै जोडाई पटाई बेरा भएको बुर्जा समेतको घर जग्गा भएको ठाउँमा मोरङ जिल्ला अदालतका कर्मचारी गोकुल बहादुर शाही डोरमा खटी गई घर उक्त घर जग्गाको तायदाती मूल्याङ्कन गर्दा स्थानीय पाँच जना भलादमी स्थानीय पंचहरु समेतको जम्मा रु ३,००,०००।– तीन लाख रुपैया पर्ने भनी मिति २०४४।१२।२८ गते मूल्याङ्कन गरी भै सकेकोमा पछि जिल्ला अदालतका तहसिलदार ना.सु. समेत भएको मूल्य निर्धारण समितिले पहिला निर्धारित मूल्यमा घटाई ४४,०००।– चवालिस हजार रुपैया मात्र मूल्याङ्कन गरी लिलाम हुँदा लेनदेन मुद्दाका वादी तुल्सी कार्कीको नै सकारेकोमा चलन पुर्जी दिएको विरुद्ध निवेदन दिँदा कोशी अञ्चल अदालतबाट बेरितपूर्वकको लिलाम आदेश बदर गरी दिएको थियो । त्यसपछि पुनः २०४७।५।२ गते मोरङ जिल्ला अदालतका विचारी मोहन कुमार राईले घर जग्गा निरीक्षण गरी जम्मा मूल्य रु ६४,०००।– मात्र मूल्याङ्कन गरी ल्याएकोमा सोही लाई आधार मानी २०४७।८।१६ मा मोरङ जिल्ला अ