निर्णय नं. ४९०१ - उत्प्रेषणको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९०१ - उत्प्रेषणको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ । भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/१२/२९ २२१३ निर्णय नं. ४९०१ २०५१, ने.का.प. अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्बत् २०४८ सालको रिट नं. २१६९ आदेश मिति : २०५०।१२।२९।२ मा विषय : उत्प्रेषणको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ । निवेदक : जि. मोरङ विराटनगर न.पा. वा.नं. १ बस्ने दुर्गानाथ शर्मा रेग्मी । विरुद्ध विपक्षी : श्री सञ्चालक समिति रा.वा.वैंक केन्द्रीय कार्यालय श्री रा.वा. बैंक केन्द्रीय कार्यालय श्री महाप्रवन्धक रा.वा.बैं केन्द्रीय कार्यालय विभागीय प्रमुख श्री वेदमान सिंह मल्ल कर्मचारी प्रशासन विभाग रा.बा.बैंक केन्द्रीय कार्यालय § रा.बा.बैंक कर्मचारी सेवा शर्त नियमावली, २०४३ को नियम ६०(१) मा अधिकृत स्तरका कर्मचारीलाई सजाय गर्ने र स्पष्टीकरण सोध्ने अधिकार सञ्चालक समतिको स्वीकृति लिइ महाप्रवन्धक लाई हुने भन्ने उल्लेख भएको देखिन्छ । उपरोक्त बमोजिम नियमानुसार स्वीकृतिको माग भएर स्वीकृति दिने विषयमा सम्म सीमिति रही निर्णय गरेको कुरा उक्त मितिको निर्णयमा उल्लेख नभै अवकास दिने निर्णय नै गरेको देखिएको र सञ्चालक समितिको सोही निर्णयलाई उल्लेख सम्म गरी निवेदकलाई अवकाश दिएको जानकारी गराएको देखिँदा सञ्चालक समिति स्वयंले शुरु निर्णय गरी सो उपर गरेको पुनरावेदन पनि हेरेको देखिन आयो । नियमानुसार कारवाही र सजायको लागि स्वीकृति सम्म दिन पाउने सञ्चालक समितिले शुरु निर्णय नै गरेको अधिकार क्षेत्र विहीन भई त्रुटिपूर्ण हुँदा बर्खास्त सम्बन्धमा कारवाही गरी सजाय गर्न गरेको मिति २०४८।६।८ को पत्रमा उल्लेख भएको सञ्चालक समितिको मिति २०४८।४।३० को शुरु निर्णय र सो उपर परेको पुनरावेदनमा मिति २०४८।१०।१५ को पुनरावेदन निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र. नं. ९) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री बालकृष्ण न्यौपाने । विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री चुडामणी राज सिंह मल्ल । अवलम्बित नजीर : x आदेश न्या. लक्ष्मण प्रसाद अर्याल : नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतको अधिकारक्षेत्र भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ : २. म निवेदकलाई २०४३।१२।८ मा एक पत्र पठाई तपाईले बरगाछी शाखाको प्रवन्धकमा कार्यरत रहेको बखत उक्त शाखामा लागू भएको प्राथमिकता क्षेत्र कर्जा अन्तर्गत लगानी भएको उर्जाहरुमा के. का. बाट निरीक्षण हुँदा विभिन्न कैफियत लेखिएको र शाखाबाट लगानी भएको कर्जाहरु हेर्दा शाखाको काम कारवाही र कार्याक्रम निकै निरासाजनक स्थितिमा पुगेको देखिएकोले उक्त कर्जाहरु २०४३ साल आश्विन मसान्त भित्र त्रुटी सुधार गर्न मौका दिएकोमा वेवास्ता गरेकोले रा.वा.बैंक कर्मचारी सेवा शर्त नियमावली, २०४३ को परिच्छेद ७ को नियम ६२ को खण्ड (ङ) बमोजिम नियम ६४(१) को प्रयोजनको लागि स्पष्टीकरण सोधिएकोमा मैले कुनै गलत काम गरेको छैन, प्राथमिकता क्षेत्रमा राम्रो काम गरे वापत २०४३।१।१४ मा सधन बैकिङ्ग राष्ट्रिय पुरस्कार प्राप्त गरेको हुँ म उपर कारवाही हुनु पर्ने होइन भनी स्पष्टीकरण पेश गरेको थिए । २०४३।१२।८ मा निलम्बन गरी २०४४ सालसम्म २ वटा स्पष्टीकरण सोधी ४ वर्ष केही कारवाही नगरी चुपलागी बसी २०४८।६।८ को पत्र म निवेदकलाई २०४८।६।१७ मा दिइयो । सो पत्रमा तपाई यस ब