निर्णय नं. ४९०२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९०२ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/०२/०१ २९२९ निर्णय नं. ४९०२ २०५१, ने.का.प. अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्बत २०४८ सालको रि.नं. १३५७ आदेश मिति : २०५१।२।१।१ विषय उत्प्रेषण । निवेदक : कास्की जि. पोखरा न.पा. वार्ड नं. ३ तेर्छापट्टी बस्ने हेल बहादुर शिल्पकार । विरुद्ध विपक्षी : श्री ५ को सरकार, पोखरा नगर योजना कार्यान्वयन समितिको कार्यालय । नगर विकास समिति, पोखरा । § तथ्य भित्र प्रवेश गरी सबुद प्रमाणहरुको मूल्याङ्कन गरी रिट क्षेत्रबाट बोल्न नमिल्ने र हक बेहकमा निर्णय गर्ने अधिकार समेत नगर विकास ऐन, २०४५ ले नगर विकास समितिलाई प्रदान गरेको नहुँदा अमिनको प्रतिवेदनको आधारमा निवेदकले तिन मि. जग्गा मिचेको भनी नगर विकास समिति पोखराले गरेको मिति २०४७।१२।१७ को निर्णय मिलेको नहुँदा सो हदसम्म बदर हुने । (प्र.नं. १९) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री पन्नामान तुलाधार । प्रत्यक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ । अवलम्बित नजीर : यज्ञ बहादुर कसाई वि. पोखरा नगर विकास कार्यान्वयन समिति भएको उत्प्रेषण रिटमा प्रतिपादित सिद्धान्त (ने.का.प. २०४७ पृ. ३४४ नि.नं. ४१२२) आदेश न्या. पृथ्वी बहादुर सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. पोखरास्थित नेपाल सलाई कम्पनी प्रा.लि. का नाउँमा हालको सर्भे नापीमा दर्ता भएको पोखार न.पं. वार्ड नं. ८ कि.नं. ५८८ को ६४–१–० मध्येबाट पूर्व डिल्लीमान बुद्धाचार्य समेत र सार्वजनिक जग्गा सडक पश्चिम कम्पनी कै बाँकी जग्गा उत्तर हिराकाजी भन्ने जिको श्रीमती विष्णु माया र कम्पनी कै जग्गा दक्षिण सडक यति ४ किल्ला भित्रको दक्षिण मोहडा मिटर ३० दषिण उत्तर पछाडि मिटर ६१ रोपनी ३–८–०–० साविक दर्ता मोठ नं. ९०९ विज पाथी ३ मध्ये विज ।।२।२।५ को तिरो रु २८।– को जग्गा तत्काल कम्पनीको तर्फबाट मेनेजिङ एजेन्ट दान बहादुर सिं बाट मिति २०३६।३।२१ मा रु. ९९,५५१ राजिनामा पारित गरी को जग्गाको ४ किल्ला भित्र तिरो मिटर समेतको आधारबाट ५–३–२–३ कायम भै कि.नं. १३२४ मा मेरो नाउँमा दर्ता दा.खा. भएको र जग्गा धनी दर्ता प्रमाण पुर्जा प्राप्त गरी भोग चलन गरी आएका मेरै स्वामित्वमा छ । ३. उक्त कम्पनीको उक्त जग्गा मध्ये रोपनी ०–१०–२–० विष्णु मायाले राजिनामा लिएका नाताले विष्णु मायाले र अ. ०–६–० जग्गामा निजै दाता दान बहादुर सिं को मेरो नाउँमा जग्गा हक कायम दर्ता मुद्दाको छुट्टा छुट्टै फिराद दिई मैले पनि निज विष्णु माया उपर जग्गा खिचोला घर छुट्याई पाउँ भन्ने मुद्दाको फिराद सम्बन्धित कास्की जिल्ला अदालतमा दायर गरी कारवाही हुँदा विष्णु मायासंगको दुवै मुद्दामा कास्की जिल्ला अदालत प.क्षे. अदालत र श्री सर्वोच्च अदालतबाट २०४२।३।१६ मा विष्णु मायाको ठहर गरी मेरो कि.नं. १३२४ बाट कित्ता फोड हुँदा हाल उत्तर तर्फ कि.नं. ५०४१ कायम छ र मेरो कि.नं. ४०४२ कायम रहेको छ । ४. दाता दान बहादुर सिं ले मेरा उपर दायर गरेको जग्गा हक कायम दर्ता बदर मुद्दामा दावी पुग्न नसकी झुठ्ठा उजुर गरेको ठहर्याई कास्की जिल्ला अदालतबाट भएको फैसला उपर विपक्षीको पुनरावेदन परी शुरुको मनासिब ठहर्याई श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर सर्वोच्च अदालतबाट वादी दावी पुग्न नसक्ने ठहर्याएको श