निर्णय नं. ४९०४ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९०४ - जालसाजी भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०९/२६ ३१७५ निर्णय नं. ४९०४ २०५१, ने.का.प. अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्बत् २०४८ सालको फौ.पु.नं. ३९१ फैसला मिति : २०५०।९।२६।२ मा मुद्दा : जालसाजी निवेदक : जि.सिराहा कुलकाहा कट्टी गा.पं. वडा नं. ३ बस्ने वर्ष ४० को रामपरी देवी कोइरिनी । विरुद्ध विपक्षी : जि.सिरहा दुर्गापुर गा.पं. वडा नं. ८ वस्ने ठकाइको छोरा सोनेलाल महतो कोइरी १ ऐ ऐ वस्ने सोनेलालको पत्नी रामसुनेर कोइरिनी १ ऐ ऐ वस्ने सोनेलालको छोरा चन्देश्वर महतो कोइरी १ § विवादित प्रेस्क्रिप्सनहरु सन् १९–१०–१९७८ को डा. महेश्वर पाण्डेय र सन् २६–११–१९८२ को डा. बीरेन्द्र नारायण सिंहको नाउँका रहेको देखिन्छ । उक्त पे्रस्कीप्सनमा औषधिको नाम उल्लेख भएको र कुन रोगको हो सो प्रष्ट नभएको भन्ने सिराहा अस्पतालको मिति २०४४।९।५ को पत्रको व्यहोरा पाइन्छ । विभिन्न किसिमको औषधिको आधारमा कुनै खास रोगको हो भनी यकिन गर्न नसकिने भन्दैमा उल्लेखित प्रेस्कीप्सन जालसाजीबाट तयार गरेका हो भन्न मान्न नमिल्ने । (प्र.नं. १५) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री विनोद रोका । विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री कमलनाराण दास । अवलम्बित नजिर : x फैसला न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।११।२२ को आदेश उपर चित्त नबुझी पुनरावेदनको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भै इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. म रामपरीदेवीको विपक्षी सोनेलाल महतो कोइरी पिता, विपक्षी रामसुनेर कोइरीन सौतेनी आमा, विपक्षी चन्देश्वर महतो कोइरी सौतेनी भाइ नातका हुन् । मेरी आमा काल्पीवती विपक्षी सोनेलालकी जेठी पत्नी हुन् । विपक्षी सोनेलाल महतो कोइरीले विपक्षी राम सुनेर कोइरीनसंग बहुविवाह गरी स्वास्नी तुल्याई आमा काल्पीवतीलाई सधै कुटपिट गरी खानलाउन तकलीफ दिँदै आएकोमा छोराको मुख हेरी सही बस्नु भएको थियो । उक्त छोरा मरेपछि धेरै तकलीफ दिएकोले २०३४ साल देखि मेरो घरमा आमा बस्न लागेकोमा मैले आमाको सेवा सुस्याहार समेत गरी आएको हुँदा आमा कल्पीवतीले स्वस्थ एवं सन्तुलित अवस्थामा नै कानूनले आफू खुस गर्न पाउने कसैको हक नलाग्ने आनो नाम दर्ताको जिलला सिरहा दुर्गापुर गा.पं. वडा नं. ४(क) कि.नं. ९४ को ज.वि. ०–१–४ ऐ वार्ड नं. ३ को कि.नं. ७४ को ज.वि. ०–५–३ ऐ वार्ड नं. ४(क) को कि.नं. २४२ को ज.वि. ०–१–१४ ऐ वार्ड नं ६ को कि.नं. १०६ को ज.वि. ०–२–३ ऐ.कि.नं.११३ को ज.वि. ०–१–२ ऐ. कि.नं. १७० को ज.वि. ०–१–१० ऐ कि.नं. १९६ को ज.वि. ०–०–८ ऐ कि.नं. २०९ को ज.वि. ०–०–८ ऐ कि.नं. २१० को ज.वि. ०–०–४ ऐ वडा नं.४(क) को कि.नं. ३ को ज.वि. ०–१३–१५ ऐ वार्ड नं. ६ को कि.नं. २५४ को ज.वि. ०–१५–५ समेत जम्मा २–२–१६ जग्गा मिति २०३९।८।२८ मा मालपोत कार्यालय सप्तरी राजविराजबाट र आमा कल्पीवतीकै नाउँ दर्ताको जिल्ला सिरहा दुर्गापुर गा.पं. वडा नं. ४(क) को कि.नं. ९६ को ज.वि. १–१३–५ ऐ. वार्ड नं. ६ को कि.नं. ७२ को ज.वि. ०–११–० समेत जम्मा २–४–५ जग्गा मिति २०३९।९।२ गते मालपोत कार्यालय सिरहाबाट आफ्नो खुशी राजीले बकसपत्र लिखत पास गरी दिनु भएको पछि गत २०३९।९।२८ गतेका दिन आफ्नो कालगतीले स्वर्गवास हुनु भएकोले क्रिया भोज समेत मेरा पति बलदेव महतोद्वारा गराएको थिएँ । विपक्षी मध्येका सोनेलाल महतोले यहि २