निर्णय नं. ५०१७ - ज्यान मार्ने उद्योग ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०१७ - ज्यान मार्ने उद्योग । भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/०८/०१ ४२१७ निर्णय नं. ५०१७ २०५१, ने.का.प. अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री ओम भक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी सम्बत् २०४७ सालको फौ.पु.इ.नं.– २७ फैसला मितिः २०५१।८।१।५ मा विषयः ज्यान मार्ने उद्योग । निवेदकः भक्तपुर जिल्ला भ.पु. न.पा. वडा नं.२ बस्ने इश्वरी बोहजु । विरुद्ध विपक्षी : आस बहादुरको जाहेरीले श्री ५ को सरकार । § मुलुकी ऐन, ज्यान सम्बन्धी महलको कानूनी व्यवस्था समेतलाई विचार गर्दा ज्यान मार्ने उद्योगको अपराध ठहर हुनको लागि ज्यान मार्ने मनसाय, सो मनसाय अभिब्यक्त गर्न ज्यान मार्नेसम्मको कार्य गरी कुनै वाहिरी तत्वको हस्तक्षेपले गर्दा ज्यान मार्न नसकेको हुनुपर्ने । (प्र नं. २१) § दुवै पक्ष बीच रिसइवि भएको कतैबाट देखिन नआएको समेतबाट प्रतिवादीले ज्यान मार्ने मनसायले चक्कु प्रहार गरेको भन्न मिल्ने नदेखिने । (प्र नं. २२) § ज्यान मार्ने मनसाय नभएको र दुवै पक्षको बीच कुटपीट भएको भन्ने समेत देखिएबाट प्रस्तुत मुद्दाको वारदातको प्रकृति कुटपीटको महल अन्तर्गत पर्ने देखिँदा कुटपिटतर्फ परिणत गर्ने गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला मनासिव देखिने । (प्र नं. २२) निवेदक तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान वरिष्ठ अधिबक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिबक्ता श्री सुवास नेम्वाङ विपक्षीको तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री सत्य नारायण प्रजापती अवलम्बित नजीर : x फैसला न्या. सुरेन्द्र प्रसाद सिंह : पूर्ण इजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ बाट हुकुम प्रमाङ्गी बक्स भै आए अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. २०३८।७।१४ गतेका दिन मेरो कान्छो छोरा रामेशवर बोहजुलाई भ.पु.जि. ताथली गा.पं. वार्ड नं. ८ मा आइरहेको अवस्था माहिलो छोरा इश्वरी राजले मार्ने मनसायले चक्कुले हानेको घाइतेलाई अस्पतालमा भर्ना गरेको छु । ज्यान मार्ने नियतले चक्कु प्रहार गरी भाग्ने इश्वरी राज वोहजुलाई प्रहरीद्वारा खोजतलास गरी कारवाही गरी पाउँ भन्ने समेत आशा वहादुरको जाहेरी दरखास्त । ३. ०३८।७।१४ का दिन भाई रामेश्वर समेत १०।१५ जना खेत तर्फ जान लागेको, धानको विषयमा भनाभन भई भाईले नोलले हिर्काए पछि नाम थाहा नभएको ब्यक्तिको हातबाट चक्कु खोली भाईलाई भुडीमा रोपी, निजका साथमा रहेका ब्यक्तिहरुले लछार पछार गरेकाले कुन कुन ठाउँमा हिर्काए थाहा भएन, भागी आउँदा हुलले घेरी रहेको अवस्था प्रहरीले पक्राउ गरी हस्पीटल लगी ०३८।७।१५ गते डिस्चार्ज भएको हो भन्ने समेत इश्वरी राज वोहजुको प्रहरी समक्ष गरेको कागज । ४. खेतमा गएको बखत इटुमरी भन्ने ठाउँमा म सँग नारायण भक्त, हरी बहादुर, विश्वलाल, कृष्ण राज, विश्वनाथ थिए । इश्वरी राज घर फर्कन लागेको रहेछन् निजले म सँग कुस्ती खेल्ने मानिस को छ भनी भन्दा हामीले कोही पनि छैन जाउ हामी हाम्रो काममा जान्छौ भनी साथीहरु अघि, अघि र म पछि थिए त्यसै अवस्थामा इश्वरी राजले एक्कासी मेरो पिठ्युमा चक्कु हाने, त्यसपछि पेटमा पाखुरामा हानेपछि विषलाल समेतले चक्कु खोसे, म बेहोस भए, अरु थाहा पाइन भन्ने समेत घाइते रामेश्वर बोहजुको कागज । ५. हामी खेतमा फर्की जाँदा इश्वरी राज घरतिर जान लागेका रहेछन् हामीसँग रामेश्वर पनि थिए जाँदैका बखत निज