निर्णय नं. ५०१९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०१९ - उत्प्रेषण भाग: ३६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/१२/०९ ६२६१ निर्णय नं. ५०१९ २०५१ ने.का.प. अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्य माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा दे.पु.नं. – २८ आदेश मितिः– २०५१।१२।९।५ विषय : उत्पेषण निवेदक : सिचाईए विभाग महाराजगञ्जमा कार्यरत असिस्टेण्ट स्टाटीकल अफिसर (रा.प.तृ. प्रा.) डा. नारायणहरि गजुरेल । विरुद्ध लोक सेवा आयोग कलमपोखरी । बढुवा समिति सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागमा कार्यरत स्टाटीकल अफिसर तुङगशिरोमणी वास्तोला । § संयुक्त इजलासले संयुक्त इजलासको पूर्व फैसलामा तथ्य फरक छ वा गलत छ, तर्कसंगत वा विवेकपूर्ण छ वा छैन वा सर्वसाधारणमा असुविधा वा कठिनाई उत्पन्न भइरहेको आदेशलाई विचारै नगरी निर्णय भएको हो भनी न्यायिक प्रक्रिया वा परिपाटीले भन्न, अर्थ गर्न र सम्झन मिल्ने नहुने । (प्र.नं. १५) § मिसिलमा प्रस्तुत भएको सम्पूर्ण कागजात निर्णय, आदेशका साङ्गवो पाङ्गो अध्ययन पश्चात कुनै प्रश्नको निराकरण गरिन्छ भनी निष्कर्षमा पुग्नु पर्दछ । यो नै न्यायिक प्रक्रिया हो । (प्र.नं. १५) § रिट निवेदन साथ नजीरको रुपमा प्रस्तुत भइसकेको आदेशलाई संयुक्त इजालासले निर्णय गर्दा दृष्टिमा राखेन भन्न र अनुमान गर्न पनि मिल्ने नदेखिने । (प्र.नं. १६) § नजिरको सिद्धान्त अनुसार कुनै कानूनको विवेचनायुक्त ब्याख्या कुनै मुद्दामा भै सकेको छ र सोही कानूनको प्रश्न पुनः उठेछ भने पूर्व व्याख्यालाई आधार मानी सो सिद्धान्तलाई अनुसरण गर्नुपर्छ तर कुनै नजिर वा निर्णययाधार गलत छ, विवेकपूर्ण तर्कसम्मत छैन र सर्वसाधारणमा कठिनाई वा असुविधा उत्पन्न हुने खालको छ र तथ्यमा नै फरक छ भने अदालतले त्यस्तो निर्णयाधारलाई आफ्नो निर्णयमा ग्रहण गर्न नसक्ने । (प्र.नं. १८) § कुनै पनि शब्द विशेषको सादृश्यताले सो शब्दको एउटै वा यो नै अर्थ हो भनी भन्न सकिँदैन । शब्दको अर्थ प्रसंगबस हुन्छ र गर्नु पर्दछ । शब्दको प्रयोग तथ्यको आधारमा उल्लेखित प्रसंगसँग ब्याख्या गर्नुपर्ने हुन्छ । त्यस अर्थमा नै नजीरको सिद्धान्तको प्रयोग सदैव लचिलो हुन्छ र यसमा खुलापनको मात्रा अधिक हुन्छ । (प्र.नं. १८) § अदालतले सुनवाई गरिरहेको मुद्दाको तथ्य र निर्णय भइरहेको नजीरको रुपमा प्रस्तुत हुन आएको मुद्दाको तथ्यमा सादृश्यता छ भने अदालतले यस्तो नजीरलाई आफ्नो फैसलामा ग्रहण गर्ने गर्दछ । नजीर स्थापित भएको मुद्दामा तथ्य र कानूनको प्रयोग कुन रुपबाट भएको छ त्यसलाई दृष्टिमा राखी अनि मात्र सुनवाई भइरहेको मुद्दामा अघिको निर्णयाधारलाई ग्रहण गर्ने नगर्ने स्थिति हुन आउने । (प्र.नं. १९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी, विद्वान बरिष्ठ अधिबक्ता श्री रतनलाल कनौडिया, विद्वान अधिबक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री नरेन्द्र पाठक अवलम्बित नजीर : ने.का.प. २०४६ नि.नं. ३७३८ मा प्रतिपादित सिद्धान्त । आदेश न्या. केशव प्रसाद उपाध्याय : म निवेदक मिति २०३४।५।२ देखि कृषि सेवाको इग्रो इकोनोमिस्स मार्केटिङ एण्ड स्टाटिटिष्टेक्स समूहको रा.प.तृ. (प्रा) सहायक कृषि तथ्याक विद पदमा अस्थाई रुपमा काम गरी आएको २०३७ साल फाल्गुण २२ गतेसम्म सो पदमा अस्थायी रुपमा काम गरी आएको र २०३७ साल फाल्गुण २३ गतेबाट स्थायी नियुक्ति भै श्री ५ को सरकार मिति २०४७।१।५ को निर्णय अनु