निर्णय नं. ५०२० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०२० - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/०९/१८ २७८६ निर्णय नं. ५०२० २०५१, ने.का.प. अङ्क १२ संयुक्त इजलास सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्बत् २०५० सालको रिट नं. ३४८५ आदेश मिति : २०५१।९।१८।२ विषय : उत्प्रेषण । निवेदक : जिल्ला मोरङ विराटनगर नगरपालिका वडा नं. ३ स्थित पशुपति खाद्य तेल उद्योग (प्रा) लिमिटेडको तर्फबाट ऐ. को अधिकार प्राप्त संचालन जि. सिरहा लहान नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४२ को शिवरत्न शारदा । विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार, उद्योग विभाग, त्रिपुरेश्वर, काठमाण्डौ । श्री ५ को सरकार, कर विभाग, लाजिम्पाट, काठमाण्डौ । श्री ५ को सरकार, कर कार्यालय, विराटनगर । § निवेदकको पशुपति खाद्य तेल उद्योगले ०३८।९।५ गतेका दिन उद्योग विभागबाट इजाजत प्राप्त गरी ०३८।१२।१७ गतने देखि कम्पनी रजिष्टर भई ०४०।२।३ देखि औद्योगिक उत्पादन शुरु गरेको पाइन्छ । उद्योग स्थापनाको अवस्थाको तत्काल प्रचलित कानूनी व्यवस्था हेर्दा औद्योगिक ब्यवसाय ऐन, २०३८ को दफा ९(१)(क) मा उत्पादनमूलक उद्योगमा कोरा माल वा अर्ध प्रशोधित माल वा उत्पादन वा खेर गइरहेको मालको प्रयोग वा पुनः प्रयोग गरी प्रशोधन वा उत्पादन गर्ने देहायका उद्योगहरु भन्दै देहाय (१) मा आवश्यक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग भित्र चामल, दाल, पीठो, तेल, चीनी, खाडसारी, दुध, घीउ, दुग्ध पदार्थ, पाउरोटी, विस्कुट, चिया, कपडा, जुत्ता, चप्पल, सावुन, सलाई, कागज, सीसाकलम, कलम, मसी, स्टेसनरी सामान तथा औषधी उत्पादन गर्ने र कपास जिनीङ र कपास स्पिनिङ्ग उद्योग भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको १०(क) ३ मा उपभोग्य बस्तु उत्पादन गर्ने उद्योगलाई दुई वर्षको निमित्त थप अतिरिक्त आयकर छुट दिने व्यवस्था गरेको देखिन्छ । निवेदकको उद्योगबाट प्रशोधित तेल उत्पादन गरेको र प्रशोधित तेल पनि औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९ अन्तर्गत उपभोग्य बस्तु अन्तर्गत परेको देखिन्छ । निवेदकको उद्योगले प्रशोधित तेल उत्पादन गर्ने हुँदा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) ३ बमोजिम २ वर्षको निमित्त थप आयकर छुट दिन मिल्दैन भनी विपक्ष सरकारी अधिबक्ताले आफ्नो बहसमा समेत प्रस्तुत गर्नु भएको छ । दफा ९(१)(क) मा आवश्यक उपभोग्य बस्तुमा प्रशोधन वा उत्पादित दुवै चिजलाई उल्लेख गरी खण्ड (१) मा तेललाई समेत जनाएको देखिन्छ । यस ब्यवस्थाको आधारमा तेल भन्नाले सर्स्यु तोरी वा तीलको गेडाबाट उत्पादन हुने तेल मात्र हो भनी ब्याख्या गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थानुसार तेल भित्र उत्पादन वा प्रशोधन दुवै तरिकाबाट तयार भएको तेललाई मान्नु पर्ने । (प्र. नं. १२) § दफा ९(१)(क) मा उपभोग्य बस्तुमा प्रशोधन वा उत्पादित दुवै चिजलाई उल्लेख गरी खण्ड (१) मा तेललाई समेत जनाएको देखिन्छ । यस ब्यवस्थाको आधारमा तेल भन्नाले सर्स्यु तोरी वा तीलको गेडाबाट उत्पादन हुने तेल मात्र हो भनी ब्याख्या गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थानुसार तेल भित्र उतपादन वा प्रशोधन दुवै तरिकाबाट तयार भएको तेललाई मान्नु पर्दछ , दफा ९(१) क मा उपभोग्य बस्तुको रुपमा उल्लेख भएको तेल शब्दले सिड (तेलहन) बाट प्राप्त हुने तेललाई मात्र जनिने हुँदा निवेदकको उद्योग क्रुड आयकल प्रशोधन गरी वनस्पति घिउ तेल उत्पादन गर्ने उद्योग हो तेलहनबाट तेल उत्पादन वा प्रशोधन गर्ने उद्योगले मात्र ऐ ऐनको दफा १०(क) ३ बमोजिम छूट पाउने हो भनी ब्याख्या गर्ने अध