निर्णय नं. ८६९१ - जबर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६९१ - जबर्जस्ती करणी भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०२/०४ ४२८० ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६६ –CR– ८६८ फैसला मितिः २०६८।२।४।४ मुद्दा– जवर्जस्ती करणी । पुनरावेदक प्रतिवादीः जिल्ला मकवानपुर मन्थली गा.वि.स. वडा नं. २ अम्बाबेसी घर भई हाल कारागार कार्यालय शाखा पर्सा वीरगञ्जमा थुनामा रहेका जीवन रिजाल विरुद्ध प्रत्यर्थी वादीः क प्रसादको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः– मा.जि.न्या.श्री बालचन्द्र शर्मा पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या.श्री गिरिराज पौडेल § मुद्दा चलिसकेपछि खडा गर्न सकिने अप्रमाणित र परीक्षण गर्न समेत सम्भव नरहेको लिखतलाई प्रमाणमा लिन नमिल्नाले चिनालाई उमेरसम्बन्धी प्रश्नमा निर्णायक मान्न नसकिँदा त्यसलाई प्रमाणका रुपमा ग्रहण गर्न नसकिने । (प्रकरण नं.७) § चिकित्सकले लेखिदिने उमेरसम्बन्धी प्रतिवेदनलाई विशेषज्ञको रायका रुपमा प्रमाणको वर्गमा राखिन्छ । अनुमानका आधारमा निकालिने निष्कर्षको बैज्ञानिक परीक्षणबाट पुष्टि हुन आवश्यक छ । प्रस्तुत परीक्षण गर्ने चिकित्सकको बकपत्रबाट निजको निष्कर्षमा बैज्ञानिक परीक्षणका आधार देखिँदैनन् । अन्य प्रमाणले देखाइरहेको वस्तुस्थितिप्रतिकूल राय निश्चयात्मक प्रमाण हुन नसक्ने । (प्रकरण नं.८) § विद्यालयमा भर्ना हुँदाका बखत बाबु, आमा वा अभिभावकले उल्लेख गरी दिएको विवरणअनुरूप राखिएको अभिलेखअनुसार नै विद्यालयले खुलाई पठाएको जन्ममितिलाई नै आधार लिनुपर्ने । § भविष्यमा यसो पर्ला भनी कल्पना गर्न नसकिने अवस्थामा लेखाइएको जन्ममिति प्रमाणहरूको वर्गमा कसैको उमेर निर्धारण गर्ने सर्वोत्तम प्रमाण हो । कानूनले नै अन्यथा व्यवस्था गरेकोमा बाहेक विद्यालय भर्ना हुने क्रममा लेखाई दिइएको जन्ममितिमा अविश्वास गर्न नसकिने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय गोपालकृष्ण घिमिरे र नवराज उपाध्याय प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § जवर्जस्ती करणीको १, ३(१), १० नं. § बाल न्याय (कार्यविधि) नियमावली, २०६३ को नियम १५ § बालबालिकासम्बन्धी ऐन, २०४८ फैसला न्या.प्रकाश वस्तीः यसमा यस अदालतबाट मिति २०६४।९।१०।३ (नेकाप २०६४ अङ्क ९ नि.नं. ७८८० पृष्ठ १२०८) मा जारी भएको विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ को दफा ३(१) बमोजिम पीडित र जाहेरवालाको नाम परिवर्तन गरी निजको वास्तविक नाम शिलवन्दी गरी मिसिल सामेल गरिएको छ । सो शिलवन्दी खाम फैसलाको अभिन्न अंग मानी अ.वं. २१ नं. बमोजिम तायदाती फारामको १ नं. कहिल्यै नसडाउने महलमा उल्लेख गरी अभिलेख राख्नू । पुनरावेदन अदालत, हेटौडाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । मिति २०६४।२।७ गते विहान अं. ८ बजेको समयमा जि. मकवानपुर मन्थली गा.वि.स.वडा नं.२ बस्ने शम्भु रिजालको छोरा बर्ष १७ को जीवन रिजालले मेरी ६ बर्षकी छोरी माया (परिवर्तित नाम) लाई ललाई फुलाई बलात्कार गरेकोले निजलाई आवश्यक कारवाहीको लागि पेश गरेको छु भन्ने समेतको क प्रसादको इलाका प्रहरी कार्यालय, ठिंगनमा दिएको निवेदन । पीडित मायाको योनी दुखेको, सुनिएको, रातोपन भई आएको, निजको योनी (Libia Minora) च्य