निर्णय नं. ५०२१ - परमादेश समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०२१ - परमादेश समेत । भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/१२/०६ ३१२० निर्णय नं. ५०२१ २०५१, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्बत् २०५० सालको रिट नं. २८१६ आदेश मिति : २०५१।१२।६।२ विषयः परमादेश समेत । निवेदक : जिल्ला झापा, अनारमनी गा.वि.स. वडा नं. ३ बस्ने तारानिधि तिमिल्सिना । विरुद्ध विपक्षी : श्री जिल्ला विकास समितिको कार्यालय, झापा श्री मालपोट कार्यालय, भद्रपुर, झापा जिल्ला झापा, इलाका नं. ४ का सदस्यसुधिर कुमार शिवाकोटी श्री अनारमनी गा.वि.स. कार्यालय, अनारमनी, झापा § कसैको नाममा दर्ता भएको जग्गा कसैले राजीनामा पारीत गरी लिएपछि त्यस्तो जग्गाका विषयमा कुनै निर्णय आदेश गर्दा असर पर्ने पक्षलाई समेत बुझी निर्णय गर्नु पर्ने । (प्र.नं. २१) § सरोकारवाला ब्यक्तिलाई नबुझी रोक्का राख्नु प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुन जान्छ । यसरी रोक्का राख्दा सम्बन्धित पक्षलाई नबुझी एकतर्फी रुपमा प्राकृतिक न्याय सिद्धान्त विपरीत भए गरेको निर्णय त्रुटिपूर्ण हुँदा विवादित जग्गा रोक्का राख्ने गरेको र निवेदकले दाखेल खारेज गर्ने विषयमा दिएको निवेदन मिति २०५०।२।१२ मा प्रत्यर्थी मालपोत कार्यालय झापाबाट तामेलीमा राखी दिने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. २१) निवेदक तर्फबाट : विद्वान अधिबक्त श्री डिल्लीराज भण्डारी प्रत्यर्थी तर्फबाट : विद्वान उप सरकारी अधिबक्ता श्री टीकार बहादुर हमाल अवलम्बित नजीर : x आदेश न्या. रुद्र बहादुर सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३/८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ : २. जि. झापा अनारमनी गा.वि.स. अन्तर्गतका निम्न कित्ता जग्गाहरु २०२१ सालको नाप नक्सालाई फेर बदर गरी ब्यक्ति विशेषले दर्ता गरी जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत वितरण भै सकेको छ बढ्दै गएको विर्ता बजार र वातावरणमा प्रभाव पार्ने भएकोले ती जग्गाका सम्बन्धमा गाउँ स्तरीय समिति गठन भई इलाका नं. ४ का सदस्य सुधिर शिवाकोटीको अध्यक्षतामा बैठक बसी समितिको तर्फबाट छानवीन कार्य समेत भएबाट प्रतिवेदन तयार भै पेश नभएसम्म उल्लेखित कित्ताका जग्गाहरु कुनै पनि किसिमको हक छाड्न नपाउने गरी हाल जग्गा रोक्का राख्ने ब्यवस्था गरी पाउँ भनी अनारमनी गा.वि.स.को च.नं. ५९८ मिति २०४९।१२।२५ को पत्रानुसार उक्त जग्गाहरु अर्को व्यवस्था नभएसम्म बेचविखन बन्द गर्ने तर्फ कारवाही भै रहेकोले त्यस कार्यालयलाई अर्को जानकारी नभएसम्म रोक्का गरी जानकारी अनारमनी गा.वि.स. लाई दिनु भनी दर्तावालाको नामथर कि.नं. क्षेत्रफल र वार्ड समेत खुलाई इलाका सदस्य सुधिर कुमार शिवाकोटी र गा.वि.स. कार्यालय अनारमनी लाई बोधार्थ दिई च.नं. २२३१ मिति २०४९।१२।२७ को जि.वि.स. को कार्यालयले मालपोट कार्यालय झापालाई पत्र लेखेको रहेछ । ३. तपाईले नर्मदा चौहान समेतबाट अनारमनी वार्ड नं. ३ को कि.नं. २९२ को ज.वि. ०–५–५ मध्ये दक्षीणबाट ज.वि. ०–१–० र नं. १०८१६ मिति २०५०।१।१६ धनेन्द्र देवी समेत जना ४ बाट अनारमनी ३ कि.नं. १२६६ को ज.वि. १–३–० मध्ये उत्तर तर्फ ज.वि. ०–५–० र.नं. १०८१४ मिति २०५०।१।१२ र धनेन्द्र देवी समेतबाट अनारमनी ७ कि.नं. ५७७ को ज.वि. ०–८–० मध्ये दक्षिणबाट ज.वि. ०–१–० ऐ. वडा नं. ४ कि.नं. १८४ ज.वि. ०–२–० मध्ये उत्तर बाट ०–१–० वडा नं. ४ कि.नं. १८५ को ज.वि. ०–२–० मध्ये दक्षिणबा