निर्णय नं. ५०२२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०२२ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/१०/२३ २४४१ निर्णय नं. ५०२२ २०५१, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्बत् २०५१ सालको रिट नं. २३१४ आदेश मिति : २०५१।१०।२३।२ विषयः उत्प्रेषण । निवेदक : जिल्ला नवलपरासी सुनवल गा.वि.स. वार्ड नं. ३ घर भै हाल पुनरावेदन सरकारी वकील कार्यालय सुर्खेतको खरिदार पदमा कार्यरत आनन्द प्रसाद शर्मा । विरुद्ध विपक्षी : श्री पुनरावेदन अदालत सुर्खेत । श्री पुनरावेदन अदालत बढुवा समिति सुर्खेत । रजिष्ट्रार श्री परशुराम झा, पुनरावेदन अदालत, सुर्खेत । § नेपाल न्याय सेवा (गठन समूह तथा श्रेणी विभाजन नियुक्ति सरुवा, बढुवा) नियम २०५१ मिति २०५१।३।६ को राजपत्रमा प्रकाशित भै लागु भएबाट उक्त नियमको नियम ११ को (२) को (ग) मा अदालतको राजपत्र अनंकित कर्मचारीको हकमा सम्बन्धित पुनरावेदन अदालत र सो अदालत क्षेत्र अन्तर्गतका जिल्ला अदालतको कर्मचारीहरु सम्भाब्य उम्मेदवगार हुने भनी स्पष्ट ब्यवस्था गरेको रहेछ । उक्त ब्यवस्था बमोजिम निवेदक बाहेक अन्य सम्भाब्य उम्मेदवारको कार्य सम्पादन मूल्याङ्कन नै पूर्ण हुन नसकी रहेको अवस्थामा सम्भाब्य उम्मेदवारबाट छनोट गर्ने कार्यमा केही समय ढिला हुन जानु खास कुरा हुन आउँदैन । यसले निवेदकको हकमा असर पार्ने नियम पनि देखिँदैन । उक्त रिक्त पद अदालत समूहको भै अदालतका अन्य सम्भाब्य कर्मचारीलाई समावेश गर्नुपर्ने भन्ने नियमले नै स्पष्ट व्यवस्था गरेको अवस्थामा मिति २०५०।१२।३१ को सूचनालाई रद्द गर्ने गरी मिति ०५१।३।२२ को बढुवा समतिको सूचनामा कानून बमोजिम निवेदक मात्र सम्भाब्य उम्मेदवार भई बढुवाको हक सृजित भयो भनी मान्न सकिने अवस्था नदेखिँदा माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्र. नं. ७) निवेदक तर्फबाट :– विपक्षी तर्फबाट :– अवलम्बित नजीर :– आदेश न्या. मोहन प्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. ना.सु. पद बढुवाद्वारा पूर्ति गर्ने सम्बन्धी विपक्षी पुनरावेदन अदालत सुर्खेतबाट मिति २०५०।१२।३१ मा प्रकाशित सूचना अनुसार सुर्खेत जिल्ला स्थित अदालत एवं सरकारी वकील कार्यालयमा कार्यरत न्याय सेवा तर्फका रा.प.अ. द्वितीय श्रेणीमा ०५० साल चैत्र मसान्तसम्ममा कम्तीमा ३ वर्ष सेवा अवधि पूरा गरेका उम्मेदवारहरुले लो.से.आ.द्वारा निर्धारित ढाँचामा ३० दिन भित्र पु.वे.अ. सुर्खेतमा आइपुग्ने गरी निवेदन दिनु भनी सोही अदालतको रजिष्ट्रारको दस्तखत भएको सूचना अनुसार म समेत सम्भाब्य उम्मेदवार भएको हुँदा ज्यादै भित्र निवेदन दिएको थिए । तर पछि निवेदन दिने म्याद सकिएको करिब २ महिना पछि बढुवा समिति नबसी अचानक मिति २०५१।३।२२ मा अर्को सूचना प्रकाशित गर्दा पहिलो २०५०।१२।३१ मा कार्यदक्षताको आधारमा बढुवाद्वारा पूर्ति गरिने गरी प्रकाशित सूचना बमोजिम नभई न्याय सेवजा (गठन समूह तथा श्रेणी विभाजन नियुक्ति सरुवा बढुवा) नियमहरु २०५१ ले सम्भाब्य उम्मेदवारको सम्बन्धमा पुनरावेदन अदालत र सो अदालत अन्तर्गत रहेका अदालतहरुमा कार्यरत कर्मचारहिरु सम्भाब्य उम्मेदवार हुने व्यवस्था गरेको कारणले उक्त सूचना रद्द गरिएको कुरा सबैलाई जानकारीको लागि प्रकाशित गरिएको छ भन्ने उल्लेख गरी प्रकाशित गरियो । २०५१।३।२४ मा पु.वे.स.व.का. सुर्खेतबाट म निवेदकलाई मिति २०५१।३।२४ गते जानकारी गराइयो जसबाट म निव