निर्णय नं. ५०२५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०२५ - अंश भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/११/०८ २४९१ निर्णय नं. ५०२५ २०५१, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्बत् २०४९ सालको दे.पु.नं. ५२३ फैसला मिति : २०५१।११।८।२ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी : जि. तनहुँ दोर फिदि गा.वि.स. वडा नं. ७ बस्ने दाण्डर बस्ने कुमारी रोकाहा । विरुद्ध विपक्षी/वादी : ऐ ऐ घर भई हाल दुलेगौडा गा.वि.स. वडा नं. ८ दुले गौडा बजार डेरा गरी बस्ने इन्द्र बहादुर रोकाहा क्षेत्री । § आफैले बण्डा लाग्ने सम्पत्ति भनी तायदातीमा उल्लेख गरी सकेपछि अव सो विवादको जग्गा पेवाबाट खरीद गरेको बण्डा नलाग्ने भन्नु न्यायसंगत मान्न नमिल्ने । (प्र. नं. १७) § लिखतमा पेवा भन्ने उल्लेख भएको आधार प्रमाणबाट मात्र सो सम्पत्ति प्रतिवादीको एकलौटी भन्न सकिने अवस्था नआउने । (प्र. नं. १७) पुनरावेदिका तर्फबाट : विद्वान अधिबक्ता श्री रेवन्त बहादुर कुँवर विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री गणेश प्रसाद खरेल अवलम्बित नजीर : x फैसला न्या. केशव प्रसाद उपाध्याय : पुनरावेदन अदालत पोखराको फैसला उपर दायर हुन आएको पुनरावेदन पत्र न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) को खण्ड (ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी मध्येको मेरी श्रीमती बेल कुमारी मेरा विवाहिता धर्मपत्नी हुन । बेलकुमारी र म समेतका ३ छोरा मध्ये जेठा छोरा लाल बहादुर, माहिला छोरा क्षेत्र बहादुर र कान्छा शिव बहादुर नावालक ३ छोरी समेत ६ जना छन् । घरको लेनदेन ब्यवहार विपक्षी मध्येकी बेल कुमारीले गर्दै आएकी र घरको मुख्य भै लेनदेन व्यवहार गर्ने विपक्षी मध्ये की मेरी श्रीमती तथा छोरा समेत ६ जनावाट चल अचल सम्पत्तिको फाँटवारी लिई ५ अंश मध्येको एक अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी । ३. विपक्षी स्वामीज्यूको पुर्खौली सम्पत्ति म जिम्मा छैन । स्वामी जिम्मा नै छ । स्वास्नी छोराहरुसंग विपक्षी स्वामीले अंशमा दावी गर्न पाउने प्रचलित कानूनी ब्यवस्था नहुँदा वादी लेख गैह्र कानूनी भएकोले खारेज गरी पाउँ र विपक्षीले मलाई बीरता नगरी ठेक्काको काम गरी घरको पुर्खौली सम्पत्ति जग्गाजमिन को आयस्ता समेत लगी दुले गौंडामा बस्नु भएको छ । वादी लेख अनुसार मैले कुनै कार्य गरेको छैन । केबल लेखको सिलसिलामा सम्पत्तिको धनी मलाई बनाई विपक्षी स्वामीले घरको चल अचल सम्पत्तिको आयस्ता मोजमज्जा गरी म श्रीमती छोराछोरीलाई अवहेलना गरी स्वास्नी छोरासँग अंशमा दावी गर्न पाउने होइन भन्ने समेत प्रतिउत्तर जिकिर । ४. वादी प्रतिवादीहरुको साक्षीको बकपत्र भई मिसिल सामेल रहेछ । ५. प्रतिवादी बेल कुमारीले आमा बाबुबाट पाएको बकसपत्र मध्ये भनिएको ४ कित्ता जग्गाहरु चन्द्र कुमारी समेतको सामुहिक स्वामित्वमा रहेको देखिँदा सो ४ कित्ता जग्गा बाहेकका जग्गाहरुमा विवाह नभएका छोरीको विवाह खर्च पर सारी वाँकी सम्पत्तिमा ५ भाग लगाई फिरादीले १ भाग अंश लिन ठहर्छ भन्ने समेत शुरु तनहुँ जिल्ला अदालतको फैसला । ६. मेरो निजी आर्जनको सम्पत्ति बण्डा गर्नु नपर्नेमा बण्डा गर्नुपर्ने ठहर्याएको उक्त इन्साफमा चित्त बुझेन । सो फैसला उल्टाई पाउँ भन्ने समेत ब्यहोराको प्रतिवादी बेल कुमारीको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र । ७. दावी प्रतिवादीहरुबाट ५ भागको १ भाग अंश पाउने ठहर्याई गरेको शुरु तनहुँ जिल्ला