निर्णय नं. ५०२६ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०२६ - जग्गा खिचोला भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/०५/३१ २६६० निर्णय नं. ५०२६ २०५१ ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्बत् २०४९ सालको दे.पु.नं. ५९६ फैसला मितिः २०५१।५।३१।६ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/वादी : भक्तपुर जिल्ला ठिमी बालकुमारी गाउँ विकास समिति वडा नं. ५ बस्ने जनक बहादुर श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादीः भक्तपुर जिल्ला ठिमी बालकुमारी गाउँ विकास समिति वडा नं. २ तामुनिजोननी बस्ने चन्द्रमान साहु श्रेष्ठ । § गुठी संस्थान ऐन, २०२९ को दफा २६ को प्रतिवन्धात्मक वाक्यांशमा “यो ऐन वा भूमि सम्बन्धी ऐन, २०२१ वा अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि गुठी तैनाथी जग्गामा संस्थानले लिखत मंजूरी गरी मोहीयानी प्रदान गरेकोमा वाहेक २०३० साल चैत्र मसान्तसम्म त्यस्तो जग्गामा कसैले मोहीयानी हक प्राप्त गर्ने छैन र सो अवधी भित्र संस्थानले आफै तेती वागवानी वा पशुपालन गर्न चाहेमा प्रचलित कानून बमोजिम मोही पजनी गर्न सक्ने याम समयमा जग्गा झिक्न सक्नेछ,” भन्ने उल्लेख देखिन्छ । उक्त ऐनद्वारा नै २०३० साल चैत्र मसान्तसम्म गुठी जग्गामा मोहीयानी नलाग्ने व्यवस्था हुनुका साथै ऐ. को दफा १८ बाट छूट गुठीको हक दायित्व संस्थानमा सर्ने र गुठीयार खाँगीदारको सबै हक अधिकार समाप्त गरेको गुठी जग्गामा मोहीयानी लाग्ने ब्यवस्था गुठी संस्थान ऐन, २०२९ ले गरेपछि त्यतिबेला बास्तविक जोताहा चन्द्रमान नै भएकोबाट मोही चन्द्रमानलाई नै मान्नु पर्ने । (प्र.नं. १२) § मोही लाग्ने ब्यवस्था नभएको बखत लिएको मोही हकको प्रमाणपत्रबाट मोही हक कायम रही रहेको भन्न नमिल्ने । (प्र.नं. १२) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री बासुदेव प्रसाद ढुंगाना र विद्वान अधिबक्ता श्री विश्व प्रकाश सिग्देल प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री हरिहर दाहाल अवलम्बित नजिर : x फैसला न्या. गोविन्द बहादुर श्रेष्ठ : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।७।१३ को फैसला उपर अनुमति पुनरावेदन परी अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त ब्यहोरा निम्न अनुसार छ । २. दधीकोट गा.पं. वडा नं. ९ को पूर्व आसा बहादुरको जग्गा पश्चिम गोरेटो बाटो उत्तर सिद्धि लालको जग्गा यति ४ किल्ला भित्रको साविकमा इडोल मौजा न.नं. २४०८ को हाल दधीकोट गा.पं. वार्ड नं. ९ कि.नं. २३९५ को अव खेत रोपनी ३–९–० का कित्ता १ र पूर्व पश्चिम हेरालालको जग्गा उत्तर माथवर सिहको जग्गा दक्षिण प्रेमलालको जग्गा यति ४ किल्ला भित्रको बालकोट गा.पं. वडा नं. ९ कि.नं. १२७९ को दोयम रोपनी ०–९–० समेत २ खलाको जम्मा रोपनी ४–२–० जग्गा गुठी संस्थान ऐन, २०३३ को दफा ३४(१) ले जग्गावालाको हक दायित्व समाप्त भै जोताहाको नाममा कायम हुने प्रष्ट व्यवस्था हुँदा हुँदै मैले १० कर्म गरी रोपी राखेको जग्गामा २०३५।३।३।६ का दिन विपक्षीले बीउ माथी बीउ मिलाई खिचोला गर्न आएकोले उक्त कित्ता दुवैको पोल विगो रु २,०००।– जान जग्गाका खिचोला मेटाई पाउँ भन्ने समेत ब्यहोराको २०३५।५।२२ को फिराद पत्र । ३. विपक्षीले उक्त जग्गा मैले कमाउन पाउने गरी मिति २०२४।९।१० का दिन साक्षीका रोहवरमा निजलाई छोरा नारायण बहादुर समेत साक्षी राखी उक्त गुठी जग्गाको जोताहा हक छोडपत्र लेखी दिनु भएको छ २०२४ सालमा निज मार्फत मैले कुत बुझाई पाएको भर्पाइ पनि छ । विपक्षी वादीले उक्त