निर्णय नं. ५०२७ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०२७ - अंश नामसारी भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५१/०५/१५ २४५१ निर्णय नं. ५०२७ २०५१, ने.का.प. अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्बत् २०४९ सालको दे.पु.नं. ५८५ फैसला मितिः २०५१।५।१५।४ मुद्दा : अंश नामसारी । पुनरावेदक/वादी : जि.न.प. अनबच गा.वि.स. वार्ड नं., ९ बस्ने श्री कान्तको मु.स. गर्ने श्रीमती वर्ष ५३ को धनमती तेलीन मरी मु.स. गर्ने छोरा हरि नारायण । विरुद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने वर्ष ५० को सियाराम तेली । § निजी आर्जनबाट राजीनामा गरी लिएको भनी पुरनावेदन वादीले जिकिर लिएता पनि यसको खास सबुल प्रमाण स्वरुप निजी आर्जनको श्रोत खुलाउन सकेको पाइदैन । प्रमाण निमित्त पेश भएको राजिनामाको कैफियत मेरो अंश वापत प्राप्त उक्त जगगा दा.खा. नामसारी को लागि मसंग नागरिकता नहुँदा नेपाली नागरिकलाई विक्री वितरण गर्न पाउने गरी मा.पो.का. नवलपरासीबाट मिति २०४४।२।२९ मा निर्णय समेत भएको हुँदा उक्त निर्णय अनुसार नेपाली नागरिकलाई मुलुकी ऐन अदालतको ३ नं. बमोजिम हक हस्तान्तरण गरी दिएको छु भन्ने समेत बोली पारी आफ्नै नाती हरिनारायणलाई राजीनामा गरि दिएको हुँदा पुनरावेदक वादी धनपतिको छोरा हरिनारायणले यसरी प्राप्त भएको आफ्नै पैतृक सम्पत्तिलाई आफ्नो परिश्रमको निजी आर्जन गरी लिएको भन्न नमिल्ने । (प्र. नं. १२) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिबक्ता श्री बसन्त राम भण्डारी विपक्षी तर्फबाट : x अवलम्बित नजिर : x फैसला न्या. कृष्ण कुमार बर्मा : पुनरावेदक वादी पुनरावेदन अदालत बुटबलको मिति २०४८।११।२८।४ को फैसला उपर चित्त नबुझी सो उपर यस सम्मानित अदालत समक्ष पुनरावेदन गर्न आउनु भएको रहेछ । मुद्दाको संक्षिप्त तथ्य एवं ब्यहोरा यस प्रकार छ । २. बाबु चिर कुटका २ अंशियार भाई छोरामा जेठो पगादी श्रीकान्त र कान्छी विपक्षी सियाराम बीच अंशवण्डा भएको छैन । हामी दुई केही पहिले देखि मानो अलग गरि बसेका छौ । विपक्षीले सगोलको सम्पत्ति विक्री गरेकोमा मेरो लिखत बदर मुद्दा यसै अदालतमभा परेको र मलाई कुटपिट समेत गरेकोबाट विपक्षीबाट अंशको फाँटवारी लिई २ भागको १ भाग अंश मलाई दिलाई पाउँ भन्ने श्रीकान्त तेलीको मिति २०४४।९।२६ को फिरादपत्र । ३. बाबुको नाउँको पैत्रिक सम्पत्ति मात्र हामी दुई जनाका नाउँमा संयुक्त दर्ता रहेको छ । हामी १०/१२ वर्ष अघि देखि पैतृक सम्पत्ति घरसारमा बाँडफाँड गरी सोही अनुसार भोग गरी आएका छौं । अलग भए पछि आ–आफ्नो परिश्रमले केही जग्गा खरीद गरेको हुँदा बादीले फिराद परेको अघिल्लो दिन सम्मका सम्पत्ति मध्येबाट अंश पाउने नभै पैतृक संयुक्त दाखिल खारेज भएको सम्पत्तिबाट प्राप्त अंश पाउने हुन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. जम्मा अंशियार दुई हुँदा तायदाती फाँटवारीको सम्पत्ति जम्मा २ भाग लगाई १ भाग वादीले दावी बमोजिम अंश पाउने ठहर्छ भन्ने नबलपरासी जिल्ला अदालतको मिति २०४५।९।६ को फैसला । ५. श्री कान्त एवं सियारामको आमा कुमारी तेलीले आफ्नो अंशमा पाएका जग्गा २०४४।३।२८ गते विक्री गरी निजी आर्जनका कमाइबाट हरिनारायणले किनेका उक्त जग्गा समेतको अंश लाग्ने गरी भएका शुरु फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने पुनरावेदक वादी धनमतीको साविक सु.अं.अ. मा मिति २०४६।५।६।३ मा परेको पुनरावेदन पत्र । ६. विपक्षी प्रत्यर्थी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने मिति २०४७।३।४।२ को साविक लु.अं.अ