निर्णय नं. ४९०६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९०६ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/१२/२७ ३१४८ निर्णय नं. ४९०६ २०५१, ने.का.प. अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री ओम भक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय ०४७ सालको रि.पु.इ.नं.– ६० फैसला मितिः २०५०।१२।२७।५ विषयः उत्प्रेषण निवेदक :– जि. कपिलबस्तु तौलिहवा नगरपालिका वडा नं. ७ बस्ने बहिद खाँ पठान । विरुद्ध प्रत्यर्थी :– ऐ ऐ वडा नं. ३ बस्ने श्री रामकान्हु बानिया § भूमि सम्बन्धी ऐन, २०२१ र भूमि सम्बन्धी नियमहरु २०२१ बमोजिम लगत लिँदा लगतमा निवेदक मोही भनी उल्लेख भएको नपाइनुको अतिरिक्त अरु पूर्वावस्थाको विद्यमानता पनि देखिन आउँदैन । जहाँसम्म २०३२ सालमा जग्गाधनीले गरिदिएको भर्पाइ र मिलापत्रलाई मोही कायम हुने भनी निवेदकले मुख्य आधार लिएको प्रश्न छ, कानूनद्वारा निर्धारित आधार विना मोही प्राप्तिको आधार स्वभाव वा ब्यवहार वा भर्पाइ हुन सक्दैन । (प्र. नं. १३) § मिति ०३२।११।१८ गतेको भर्पाइ र मिलापत्रमा समेत कि.नं. ३८४ कि.नं. २४७ उल्लेख भएको नदेखिनुको साथै निवेदक बहिद खाँ ले मोही हुने मुख्य आधार मिलापत्र होभ नी जो जिकिर प्रस्तुत गरेको छ सो मिलापत्रको प्रशंग सम्म पनि मोही प्रमाणपत्र पाउँ भनी दिएको निवेदनमा उठाएको देखिँदैन । पछि मात्र मिलापत्रको प्रश्न उठाएको र सो मिलापत्रमा कि.नं. ३८४ र कि.नं. २४७ उल्लेखै नभएकोलाई मिलापत्र भएको भनी मानी त्यसैलाई मोहीमानी हक प्राप्त गर्ने आधार मान्न कानूनले नमिल्ने । (प्र. नं. १३) § मिति २०३९।८।२९ गते एकै मितिमा भूमि सुधार कार्यालयले बाली भराई मोही निष्काशन मुद्दामा कि.नं. ८४ र कि.नं. २९३ मा मोही कायम नहुने भनी गरेको निर्णय उपर निवेदक बहिर खाँको कहीं उजुर नपरी अन्तिम भै राखेको देखिएको र मिति ०४३।७।३ मा जग्गाधनीको निवेदन परी मोहीको लगत समेत कट्टा हुने निर्णय भै सकेको अवस्थामा केबल रसिदको आधारमा मोही कायम गरी प्रमाणपत्र दिने ठहर गरेको भूमि सुधार कार्यालय कपिलबस्तुको मिति २०३९।८।२९ को निर्णय त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने ठहर्याएको यस अदालत संयुक्त इजलासको मिति ०४१।२।२ को निर्णय मुनासिव ठहर्ने । (प्र. नं. १३) निवेदक तर्फबाट :– विद्वान अधिबक्ता श्री मिथिलेस कुमार सिंह । विपक्षी तर्फबाट :– विद्वान अधिबक्ता श्री शिवानन्द दास सरस अवलम्बित नजीर :– x फैसला न्या. ओमभक्त श्रेष्ठ :– फुलबेन्चबाट मुद्दा दोहोर्याई दिन हुकुम प्रमाङ्गी गरी पाउँ भनी विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज समक्ष बहिद खाँ पठानको विन्तीपत्र परेकोमा यसमा ब्यहोरा साँचो भए तयस अदालतका संयुक्त इजालसबाट आदेश भएका विन्तीपत्रमा लेखिएको उत्प्रेषण विषयको मिसिल झिकी पूर्ण इजालसबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी विशेष जाहेरी विभागबाट लेखि आए बमोजिम लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. मेरो नाउँ दर्ताको जि. कपिलबस्तु वरगदवा गा.पं. वडा नं. ४ क को कि.नं. ३८४ को ०–८–१० वडा नं. ४ ख कि नं. २४७ को ०–७–२ जग्गा मेरो जोत भोगमा रहेको र ऐ.गा.पं. वडा नं. ४ (क) कि.नं. २८४ को ०–८–२ ऐ. वडा नं. ४ ख कि.नं. ८४ को ०–१–० कि.नं. २९३ को ०–२–१४ कि.नं. २१४ को ०–२–१८ समेत जग्गा विपक्षीलाई हण्डीमा कमाउन दिएकोमा ०३३ सालको बाली नबुझाएकोले भूमि सुधार कार्यालयमा मेरो उजुरी परी प्रमाणपत्र प्राप्त