निर्णय नं. ४९०७ - नाउँ सारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९०७ - नाउँ सारी गरी पाउँ । भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०३/०२ २९१० निर्णय नं. ४९०७ २०५१, ने.का.प. अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री ओम भक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी २०४७ सालको दे.पु.इ.नं.– ७८ फैसला मितिः २०५१।३।२।५ मा मुद्दाः नाउँ सारी गरी पाउँ । निवेदक/बादीः का.जि. का.न.पा. वडा नं. १२ हाल २१ ब्रम्हटोल बस्ने सरस्वती चुडामणी बज्राचार्यको मु.स. गर्ने ऐ की पत्नी पद्म कुमारी बज्राचार्य । ऐ. ऐ. बस्ने आशाकाजी बज्राचार्य । ऐ. ऐ. बस्ने श्याम चुडामणीको मु.स. गर्ने नानी मैयाँ बज्राचार्य । विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने मुनिन्द्र चुडामणी बज्राचार्य § बादी प्रतिवादी अंसी अंसी भएकोलमा बिवादा देखिँदैन । एकाको जग्गा उनाउ ब्यक्तिले दर्ता गराएको नभै एक अंसियारको नाउँमा दर्ता भएको जग्गा अर्को अंसियारले आफ्नो समेत नाउँमा नामसारी गरि पाउन दावी लिएकोले हदम्याद नाघेको भन्न नमिल्ने । (प्र. नं. १४) § अंसियारहरु बीच बण्डा नछुट्याई रही आएको जग्गा अंसियार मध्ये कस्ले आफ्नो नाउँमा दर्ता गराएको कारणबाट मात्रै अरु अंशियारहरुको हक जान सक्ने स्थिति नदेखिने । (प्र. नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री अनुप राज शर्मा अवलम्बित नजीर : ह फैसला न्या. ओमभक्त श्रेष्ठ : नेपालको संविधान, २०१९ को धारा ७२ (ख) बमोजिम दोहर्‍याई हेरी दिनु भनी श्री ५ महाराजाधिराज सरकारबाट हु. प्र. बक्स भई पूर्ण इजलासको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त ब्यहोरा यस प्रकार छ : २. कुलमानको तीन स्वास्नीमा जेठी हर्मजु निज तर्फका इन्द्र चुडामणी, ब्रम्ह चुडामणी, माहिली विपक्षीका बाबु हेम चुडामणीकी आमा विद्या, कान्छी जगतमाया निज तर्फ प्रेमबज्र समेत पाँच छोराहरु भएको कुलमानको परलोक पछि कान्छी स्वास्नी जगतमाया र निजको छोरा प्रेमबज्रले अंश मुद्दा दिई ६ खण्डको २ खण्ड अंश दिने गरी फैसला भए बमोजिम १९९८।८।५ मा रा.दे.अ. बाट बण्डापत्र खडा गरि छुट्टाई दिएबाट ६ अंसियार भन्नेकुरा प्रष्ट देखिएको हामीहरुको अंश हकको जग्गा मध्ये ६ खण्डको १ खण्डका दरले मोहीबाट आजसम्म बाली दिइ खाई भोगी आएको का.न.पं. वडा नं. २(ख) कि.नं. ७०, ७१, ७२, ७९, १२२ का जग्गा एक अंसियार विपक्षीका बाबु हेम चुडामणीको नाउँमा दर्ता गराई हामीले ६ खण्डको १ खण्डका दरले भोगी आएकोमा बण्डा पत्र बमोजिम उक्त जग्गा ६ खण्डको १ खण्डका दरले नामसारी गरि दिन पर्‍यो भनी भन्दा आलटाल गरी रहेको र निज हेम चुडामणी पनि गएको भाद्र ७ गते परलोक भएकोले विपक्षीलाई भन्दा नामसारी नगरी दिने मुराद गरेकोले जगतमाया र प्रेमबज्रको हकमा निजहरुले नै उजुर गरी लिने छन् हामी तिन जनाको हकमा ६ अंशको ३ अंश जग्गा विपक्षीका बाबुबाट विपक्षीका नाउँमा नामसारी गरी हामीहरुका नाउँमा नामसारी गरिपाउँ भन्ने समेत ब्यहोराको आसाकाजी समेत ३ जनाको फिरादपत्र । ३. वादी दाबीको जग्गा पिता हेम चुडामणी बज्राचार्यले २०२३ सालमा दजर्ता गरी ज.ध.प्र.पु. प्राप्त गरेको वादी समेतको हक लाग्ने जग्गा दर्ता गराएको भए दर्ता बदरमा फिराद गर्नु पर्ने थियो, २०२३ सालमा नै दर्ता गराएको कुरा बादीले थाहा पाएपछि उस बखत ज.मि. को १८ नं. को म्याद भित्र फिराद गर्नुपर्ने, विपक्षी वादी र मेरो पिता विच १९९८ साल मार्ग ५ गते नै बण्डापत्र भएको हुँदा पिताको नाउँमा दर्ता