निर्णय नं. ४२४१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२४१ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/१२/१८ २१९० निर्णय नं. ४२४१ ने.का.प. २०४८ अङ्क १ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको रि.नं. ६५७ आदेश भएको मिति: २०४७।१२।१८।२ मा निवेदक : पशुपति स्पिनिड्ड मिल्स प्रा.लि.को तर्फबाट शशिकान्त अग्रवाल विरुद्ध विपक्षी : अन्तःशुल्क कार्यालय काठमाडौं विषय : उत्प्रेषणयुक्त परमादेश (१) निवेदकको उद्योगले फाईवरबाट टप्स, टप्सबाट एक्रेलिक ऊनी धागो उत्पादन गरेको कुरामा विपक्षीबाट कुनै खण्डनसम्म भएको देखिएन, अतः उत्पादन शुरु गरेको मिति देखि ३ वर्षसम्म अन्तःशुल्क छुट पाउन पर्ने देखिनाले सो मिति भित्र अन्तःशुल्क माग गरेको कानुन प्रतिकूल हुँदा विपक्षीको उक्त काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. श्री ५ को सरकार उद्योग विभागबाट मिति २०४४।११।२६ मा इजाजतपत्र प्राप्त गरी २०४४।१२।२८ मा कम्पनी दर्ता गरी अन्तःशुल्क कार्यालय काठमाडौंबाट पनि २०४६।२।३१ मा इजाजतपत्र प्राप्त गरी २०४६।३।१ गते देखि उत्पादन शुरु गरेको यस उद्योगले औद्योगिक कच्चा पदार्थको रुपमा कोरामाल कोरा एक्रेलिक फाइवर प्रयोग गरी आएको छु । आर्टिफिसियल टप्स प्रयोग गरेको छैन । उत्पादन शुरु भएपछि यस उद्योगको उत्पादनमा अन्तःशुल्क लाग्दछ भनी प्रत्यर्थी कार्यालयबाट अन्तःशुल्कको रकम समेत किटानी गरी धमाधम माग फाराम काटेकोले चित्त नबुझी कार्यालयमा गई छलफल गर्दा अन्तःशुल्क बुझाउँदै जानुहोस पछि ठहरे बमोजिम हुने नै छ भनी मौखिक जवाफ मात्र दिने काम भयो । ३. नेपाल अधिराज्यमा कोरा एक्रेलिक फाइवर प्रयोग गरी कसैले उत्पादन नगरेको हुँदा नयाँ प्रविधिका साथ सो कोरा माल प्रयोग गरी वस्तु उत्पादन गर्ने यो उद्योग औद्योगिक व्यवसाय ऐन (संशोधन सहित), २०३८ को दफा १०(ग) को खण्ड (५) अन्तर्गत परी उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म अन्तःशुल्क छुट पाउनेमा सो विपरीत उत्पादन शुरु भएकै महीना देखि अन्तःशुल्क असूल उपर गरी लिएको अवैध छ । आर्थिक ऐन, २०४५ को अनुसूची ५ मा आ.ब. २०४५।४६ को अन्तःशुल्क दरबन्दीको संकेत नं. १६–२ मा पनि आर्टिफिसियल टप्सबाट तयार भएको धागोमा अन्तःशुल्क लागेको पाइन्छ । फाइवर कोराबाट प्रविधिको धेरै तह (साविक पेज नं. १) पूरा गरे पछि मात्र टप्सको तह आइपुग्छ । कच्चा पदार्थ फाइवर प्रयोग गर्ने कारखानाले बढी श्रम र मेशिनरीको प्रयोग गर्नुपर्ने हुनाले श्री ५ को सरकार वाणिज्य विभागले इजाजतपत्र जारी गर्ने प्रिमियम दस्तूर पनि फाइवरमा ५% छ भने टप्समा १०% छ । कानुनले प्रष्ट व्यवस्था गरेको अवस्थामा कानुन बमोजिम बाहेक कसैसित कर उठाई लिन नपाउने संविधानको धारा ५८ लगायत नागरिक अधिकार ऐन, २०१२ को दफा ८ समेतको प्रतिकूल यस उद्योगलाई आर्टिफिसियल टप्स (कच्चा पदार्थको रुपमा) प्रयोग गरी उत्पादन गर्ने अन्य पुराना उद्योग जस्तै अन्तःशुक असूल गरेबाट रिट निवेदकको नेपालको संविधानको धार १०(१), ११(२)ङ तथा १५ द्वारा प्रदत्त मौलिक हक, धारा ५८ को संवैधानिक हक औद्योगिक व्यवसाय ऐन (संशोधन सहित), २०३८ को दफा