निर्णय नं. ४९०८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९०८ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ । भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०२/३१ २५८४ निर्णय नं. ४९०८ २०५१, ने.का.प. अङ्क ५ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्बत २०५० सालको रिट नं. ३४८१ आदेश मितिः २०५१।२।३१।३ मा विषयः उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ । निवेदिकाः जि.संखुवासभा चैनपुर गा.वि.स. वडा नं. ८ बस्ने टिकादेवी डाँगी । विरुद्ध विपक्षी : श्री पुनरावेदन अदालत विराटनगर श्री जिल्ला अदालत संखुवासभा जि.संखुवासभा भैनपुर गा.वि.स. वडा नं. ९ बस्ने दिल कुमारी डाँगी । § विगो भराउने सम्बन्धमा जिल्ला तथा अञ्चल अदालत नियमावली, २०३४ को नियम ६८(१) मा विगो तिर्नुपर्ने ब्यक्तिले सो रकम बनुझाएमा त्यस्तो ब्यक्तिको चल अचल सम्पत्ति रीतपूर्वक रोक्का राख्नुपर्ने र सोही नियमको उपनियम (४) मा सम्बन्धित ब्यपिक्त र पञ्चायत समेतलाई सूचना दिनुपर्ने भन्ने उल्लेख भएको हुँदा सोही रोक्का रहेको सम्पत्ति मात्र लिलाम गर्न सकिने ब्यवस्था गरेको देखिन आउँछ । निवेदिका वादी दिल कुमारीले ऋणी चक्र बहादुरका नाउँमा वा रिट निवेदिकाका नाउँमा तिर्नुपर्ने रकम बुझाउन ल्याउनु भनी उक्त नियम ६८ (१) अनुसार सूचना दिएको र नियम ६८(४) अनुसार सम्बन्धित ब्यक्ति निवेदिका समेतलाई बुझेको तथा रीतपूर्वक सुचना परेको भन्ने देखिन आउँदैन । ऋणी बाहेकका अन्य ब्यक्तिको नाममा दर्ता रहेको जग्गाबाट विगो भराउ गरी पाउन ऋणीको नाउँमा जग्गा नभएको अवस्थामा मात्र अन्य ब्यक्तिको नाउँमा रहेको, ऋण खाँदा संग बस्नेको पछि भिन्न हुनेको अंशको सम्पत्ति सम्म दुनियको विगोमा जायजात हुने भन्ने दण्ड सजायको २६ नं. मा ब्यवस्था भएको देखिन्छ । बकसबाट प्राप्त भनिएको विादित सम्पत्तिको लिलामको लागि सूचना टाँस गर्नु अगाडि उपरोक्तानुसारको कानूनी रीत पुर्‍याउनु पर्ने र दर्तावालालाई आफ्नो कुरा भन्ने मौका दिनु पर्ने उक्त नियमावलीमा प्रष्ट व्यवस्था भएकोमा यसरी कानूनले नै किटानी गरेको रीत नपुर्‍याई लिलाम गर्ने सार्वजनिक सूचना सम्म दिई उक्त जियमको पालना नगरी आफ्नो कुरा भन्ने अवसर समेत नियमानुसार प्रदान नगरी गरिएको कारवाहीलाई मान्यता दिई पुनरावेदन अदालत विराटनगरले मिति ०४९।१२।६ मा गरेको आदेश र विगो भरी भराउ सम्बन्धमा भए गरेका सम्पूर्ण काम कारवाही कानूनी त्रुटीयुक्त हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १२) निवेदक तर्फबाटः विद्वान अधिबक्ता श्री शम्भु थापा । विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्रीहरि अर्याल । अवलम्बित नजीर : x आदेश न्या.लक्ष्मण प्रसाद अर्याल : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्न आएो प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. मैले मिति ०४४।१२।१८ गतेमा पनि चक्र बहादुर तथा ससुरा कर्ण ध्यज डाँगीबाट निजहरुलाई रिझाए बापत केही श्री सम्पत्ति हालैको बकसपत्रबाट प्राप्त गरी मेरो नाउँमा दा.खा. गरी आफ्नो स्वामित्वमा अद्यावधि भोग चलन गरिरहेकी छु । विपक्षी मेरो सौतेनी छोरा बुहारी हुन् । मेरो पति चक्र बहादुरले विपक्षी दिन कुमारी डाँगीबाट मिति २०४४।१२।२२ मा रु ६०,०००।– ऋण लिनु भएो कागजात तयार गरी लेनदेनमा फिराद परी मिति ०४८।९।३० मा एकतर्फी फैसला भई उक्त तमसुकको साँवा तथा ब्याज सहित रु ८२,६३३।२८ पतिबाट भरी पाउनको लागि मेरो अचल सम्पत्ति देखाई विगो भराउने निवेदन तथा द