निर्णय नं. ४९०९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९०९ - अंश भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/१२/०८ २३५७ निर्णय नं. ४९०९ ने.का.प. २०५१ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०५० सालको द. विविध नं.: १०५, १०६ फैसला मिति : २०५०।१२।८।२ मुद्दा : अंश । निवेदक : भक्तपुर जिल्ला चपाचो गा.वि.स. वडा नं. १ वस्ने जगतमाया श्रेष्ठ । ऐ.ऐ. बस्ने इन्द्र बहादुर श्रेष्ठ विरुद्ध विपक्षीः ऐ ऐ बस्ने सूर्यभक्त श्रेष्ठ ऐ ऐ बस्ने रामसुन्दर श्रेष्ठ ऐ ऐ बस्ने सूर्यमाया श्रेष्ठ ऐ ऐ बस्ने कृष्णसुन्दर श्रेष्ठ ऐ ऐ बस्ने कृष्णचन्द्र श्रेष्ठ § वादी प्रतिवादीहरु अंशियार भएको कुरामा कुनै विवाद देखिएन । अंशियार हो भन्ने कुरामा मुख मिलेपछि निजहरु बीच रीतपूर्वकको अंशवण्डा भए गरेको लिखत प्रमाण पेश हुन नसकेको अवस्थामा अंशवण्डा भै सकेको भनी अनुमान गर्न नमिल्ने । § २००४ सालको लिखत अनुसार मैले बकसपत्र पाएको घर बण्डा हुनुपर्ने होइन भन्न जिकिर तर्फ विचार गर्दा पुनरावेदक जनगतमाया समेतले विवादित घर नै आफूले पाएको भनी सबूद पेश गर्न सक्नु भएन । २००४ सालको लिखतमा घरको विवरण उल्लेख भएको देखिँदैन भने जगतमायाले विवादित घर आफै नक्सा पास गरप् बनाएको भन्ने दावी लिएको हुँदा पहिले नै बकस पाई सकेको भन्न नमिल्ने । (प्र. नं. २०) निवेदक तर्फबाट : विद्वान अधिबक्त श्री तिर्थराज बसौला विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री प्रकाश वस्ती र विद्वान अधिबक्त श्री श्याम प्रसाद खरेल अवलम्बित नजीर : x फैसला न्या.सुरेन्द्र प्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर विशेष जाहेरी विभागमा दर्ता भई यस अदालतमा पर्न आएको प्रसतुत निवेदनका संक्षिप्त ब्यहोरा एवं निर्णय यस प्रकार छ । २. हाम्रो ससुरा तथा बाजेका ४ भाई छोराहरुमा अंशवण्डा भएको छैन । हाम्रा पति तथा पिताको पनि मृत्यु भैसकेकोले हक खाने हामी हौं । मिति २०४१।९।१२ मा हामीलाई घरमा बस्न नदिई निकाला गरेकोले बाजे तथा ससुराको सम्पत्तिमा एक भाग विपक्षी सूर्यभक्तलाई एक भाग सूर्यमायाँ र निजका छोरालाई र १ भाग हामीलाई दिलाई अड्डैबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको जगतमाया र इन्द्र बहादुरको संयुक्त फिराद पत्र । ३. बाजेबाट पाउनु पर्ने अंश हामीले समेत पाएको छैनौं । हामीले वादीलाई निकाला गरेका छैनौं । भ.पु. जि. ठिमी चपाचो बजारको २ नाले ७ कबले २ तले घर १९९९।१०।२५ मा तुईसिलाई भोग बन्धकी दिएकोमा मैले माइतबाट ल्याएको पैसाबाट निखनी बाजेले मलाई पारित गरी दिएकोले उक्त सम्पत्ति बण्डा नलाग्ने स्वतः सिद्ध छ । हामीहरुको जिम्मा कुनै सम्पत्ति नभएकोले हामीले वण्डा दिनु पर्ने होइन भन्ने समेत ब्यहोराको चन्द्रभक्त, सूर्यमाया, रामसुन्दर, श्याम सुन्दर, कृष्ण सुन्दर समेतको संयुक्त प्रतिउत्तर पत्र । ४. बाजे छँदैमा हामी सूर्यभक्त र कृष्णचन्द्रलाई भिन्न गराई दिई भ.पु.जि. ठिमी चपाचो बजारको ब्लक नं. १।११३ को घरमा बसी आएका छौं । वादीको परिवार र चन्द्रभक्तका परिवार पनि सोही ठाउँमा छुट्टै वसी आएका छन् । त्यसरी छुट्टै वसी खती उपतो आ–आफूले ब्यहोरी आएकोले वादीलाई हामीले अंश दिनु पर्ने होइन । वावुआमालाई हामीले नै पालेको र काजकृया समेत हामीले नै गरेकोले वादीलाई हामीले अंश दिनुपर्ने होइन भन्ने समेत ब्यहोराको सूर्यभक्त समेतको प्रतिउत्तर पत्र । ५. २००२ सालमा सूर्यमानले पाएको राजिनामा लिखत भित्रको सम्पत्ति बाहेक तायदातीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको