निर्णय नं. ४९११ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९११ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/१२/०१ ३१०९ निर्णय नं.: ४९११ २०५१, ने.का.प. अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्बत् २०४९ सालको रिट नं. – २४७२ आदेश मितिः २०५०।१२।१।२ मा विषयः उत्प्रेषण निवेदकः मोरङ जिल्ला वि.न.पा. वडा नं. १२ बस्ने वर्ष ३७ को सुरेश प्रसाद भगत । विरुद्ध विपक्षी : श्री पुनरावेदन अदालत, विराटनगर । श्री मोरङ जिल्ला अदालत, विराटनगर । जि. मोरङ विराटनगर नगरपालिका वडा नं. १४ बस्ने सीतादेवी साहु तेली । § रिट क्षेत्रबाट सामान्यताय तथ्यमा प्रवेश गरी मूल्याङ्कन गर्न कसरी पायक पर्छ हेर्ने निर्णय गर्ने स्थिति नहुने । (प्र.नं. २३) § त्रुटीपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने हो । कुन कानूनको त्रुटी भयो निवेदनमा खुल्दैन । यस्तो अवस्थामा रिट जारी हुने स्थिति नदेखिने । (प्र.नं. २३) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री सुन्दरलाला चौधरी विपक्षीको तर्फबाट : विद्वान सरकारी अधिबक्त श्री प्रेम बहादुर विष्ट, विद्वान बरिष्ठ अधिबक्ता श्री रतनलाल कनौडिया अवलम्बित नजीर : x आदेश न्या.त्रिलोक प्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३। ८८ अन्तर्गतको निवेदकको रिट पर्न आएको रहेछ । प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार छ । २. विपक्षी सीतादेवी साहु वादी र म निवेदक समेत प्रतिवादी भएको सम्बत् २०४४ सालको दे.पु.नं. ८३५ र देवानी विविध नं. ४० भएको लिखित बदर समेत मुद्दामा यसै सम्मानित सर्वोच्च अदालतबाट मिति २०४५।११।१८ को फैसला र मिति २०४६।५।२३ को फैसलाको तपसिल खण्ड संशोधन हुने आदेशले विपक्षी सीतादेवी साहुले मिति २०३४।३।२७ को राजिनामामा लिखतमा लेखिएको घर सो घरले ओगटेको जग्गामा पुनरावेदन वादी सीतादेवीको हक लाग्ने हुँदा सो हदसम्म ४ खण्डको १ खण्ड लिखत दर्ता समेत बदर हुने ठहरी फैसला भए बमोजिम विपक्षी सीतादेवीलाई चलन पूर्जी दिनलाई सो घर र घरले ओगटेको जग्गाको क्षेत्रफल एकीन नहुँदा एकीन नगरी ४ भागको १ भाग दर्ता निमित्त लेखी पठाउनेलाई अमिन समेत राखी घर जग्गाको क्षेत्रफल निकाली निज सीतादेवीको भाग कटाई वाँकी सुरेस प्रसाद भगललाई चलन चलाई दिने भन्ने श्री मोरङ जिल्ला अदालतको तहसिलदारबाट मिति २०४६।१२।१५ मा भएको पर्चा । विपक्षी सीतादेवीको निवेदन माग अनुसार फिराद दावी अनुसार दक्षिण तर्फबाट दा.खा. गर्न पुर्जि दिई वाँकी घर जग्गा सुरेश प्रसाद भगतलाई चलन चलाउनलाई सो घर जग्गाको दक्षिण तर्फ पूर्व पश्चिम पक्की सडक रहेको निवेदनलाई दक्षिण तर्फ पूर्व पश्चिम पक्की सडक रहेको निवेदकलाई दषिण तर्फबाट छुट्याई उत्तर तर्फबाट सुरेश भगतलाई चलन चलाई दिनलाई पछाडि पर्ने चलन पाए पनि भोग गर्न नसकी फैसला निस्कृय हुन जाने हुँदा उत्तर दक्षिण चिरा गर्दा दुवै पक्षले भोग गर्न पाउने हुँदा घर र घरले ओगटेको जग्गा नाप गरी पश्चिम तर्फबाट सीतादेवीलाई छुट्याई वाँकी घर जग्गा सुरेश भगतलाई चलन चलाई दिने भन्ने मिति २०४७।१।२५ मा तहसिलदारबाट भएको डोर पूर्जि अनुसार खटिई गएको अमिन सहितको कर्मचारीले प्र. रामदास तथा निवेदिका सीतादेवी समेतको रोहवरमा घर जग्गा नाप गरी छुट्याउँदा प्रतिवादीले चलन छोड्न इन्कार गरेको भनी प्रतिवेदनसाथ दाखिल गर्दा तारिखमा राखी चलन चलाउन तारिख मुकरर गरी डोर खटाउँदा प्रतिवादीले फेला नपरेको र चलन चलाउन पर्ने घरको ढोका समेत ताला लागी बन्द रहेको हुँदा १५ दिने सूचना