निर्णय नं. ४९१३ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९१३ - परमादेश भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०३/१९ २५८४ निर्णय नं.:– ४९१३ २०५१, ने.का.प. अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री उदयराज उपाध्याय, सम्बत् २०४९ सालको रिट नं. – २३२८ आदेश मितिः २०५१।३।१९।१ मा विषयः परमादेश । निवेदक : धादिङ जिल्ला कटुन्जे घर भै का.जि. का.न.पा. वडा नं. २३ बसन्तपुर डेरा गरी बस्ने ओमनारायण श्रेष्ठ । विरुद्ध विपक्षी : श्री वागमती अंचल प्रहरी कार्यालय, अ.अ. समूह, हनुमानढोका काठमाण्डौ श्री जिल्ला प्रहरी कार्यालय, हनुमानढोका, काठमाण्डौ श्री वडा प्रहरी कार्यालय, विशाल नगर, काठमाण्डौ श्री वागमती अंचल सरकारी वकिल कार्यालय शाखा, चारखाल, डिल्लीबजार । § चोरी भएको भनी उजुर परेपछि, तत्कालिन सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३ को उपदफा (१) बमोजिम मौखिक सूचना दिएकोमा प्रहरी कर्मचारीले त्यस्ता ब्यक्तिको कुरा दरखास्तको रुपमा लेखी निजको सहीछाप गराई लिनु पर्छ भन्ने कानूनी व्यवस्थानुसारको कार्य प्रत्यर्थी प्रहरी कार्यालयले गरेको देखिन आएन । तत्कालिन सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३ को उपदफा (२), (३), (४) अनुसार मौका तहकिकात पूरा गरी मुद्दा चल्ने नचल्ने स्थितिको प्रतिवेदन अदालतमा पठाउनु पर्नेमा सो गरे भएको पनि देखिन आएन । यस अवस्थामा अपराधको सम्बन्धमा उजूरी परेपछि कानून बमोजिमको प्रकृया पुर्‍याई तत्सम्बन्धमा प्रत्यर्थी प्रहरी कार्यालयहरुबाट कारवाही भए गरेको मान्न नमिल्ने । (प्र.नं. १२) § हाल सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ खारेज भैसकेको र सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ लागु रहेको स्थितिमा कार्यविधिको सम्बन्धमा प्रचलित ऐन बमोजिम गर्नुपर्ने हुँदा, वारदात भए नभएको, र कारवाही चल्ने नचल्ने सम्बन्धमा सो कानुन बमोजिम कारवाही गर्नुपर्ने हुन आउँछ । अतः निवेदकको जाहेरीको विषयमा हाल प्रचलित सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को कानूनी प्रकृया पुर्‍याई तहकिकात पूरा गरी मुद्दा चल्ने नचल्ने विषयमा उजुरीको टुंगो लगाई निष्कर्षमा पुग्नु भनी प्रत्यर्थी जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौ तथा जिल्ला प्रहरी कार्यालय हनुमानढोका काठमाण्डौका नाउँमा परमादेश जारी हुने । (प्र.नं. १३) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : विद्वान उप सरकारी अधिबक्ता श्री टिका बहादुर हमाल अवलम्बित नजीर : x आदेश न्या. रुद्र वहादुर सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ धारा ३३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ : २. का.जि. का.न.पा. वडा नं. २३ बसन्तपुर स्थित कृष्णदास मानन्धर (श्रेष्ठ) को घरमा छिंडी कोठामा भाडामा आज भन्दा ४ वर्ष अगाडिदेखि क्यूरीयो सामानको पसल थापी बसी आएको थिएँ । मिति २०४८।५।२९ गते राती उक्त मेरो पसलमा रहेका ३ मन तौलको सेफ र सेफमा रहेको नगद रु २,६०,०००।– पुरानो चाँदीको मोहर अं रु ६७।– १ तोलाको नम्बरी सुनको तिलहरी (गहना) मुगाँको सी बटम एक पोका, चाँदीको माला, नागरिकताको प्रमाणपत्र, पाँच जनाको पेन्सन पट्टा र रु ७,०००।– परेको सोही सेफ समेत पसलको ताला काटी चोरु भएकोमा समयमा नै मलाई पूर्णतया शंका लागेको ब्यक्ति पसलको घर धनी कृष्णदास श्रेष्ठले नै चोरी गरेको हो, आवशयक कारवाही गरी पाउँ भनी वडा प्रहरी कार्यालय विशाल बजार, जन सेवामा उजूर गरेको थिएँ । निज घर धनीलाई पक्राउ गरी वडा प्रहरी कार्यालयका प्र.नि. विजयलाल कायस्थले निज घर धनीलाई २०४८।६।१५ को पत्रसाथ वागमती