निर्णय नं. ४९१४ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९१४ - निषेधाज्ञा भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०१/२५ ४७५६ निर्णय नं.– ४९१४ २०५१, ने.का.प. अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्र अरविन्दनाथ आचार्य सम्बत् २०४९ सालको दे.पु.नं. – ५८४ आदेश मिति : २०५१।१।२५।१ विषयः निषेधाज्ञा पुनरावेदक/उजुरवाला : जिल्ला अर्घाखाँची ठाडा गा.वि.स. वडा नं. ५ दखोरमुनि बस्ने चक्रपाणीको छोरा वर्ष ४१ को गोविन्द प्रसाद अर्याल विरुद्ध प्रत्यर्थी/प्रतिवादी : स.इ.विष्णु बहादुर कार्की इलाका प्रहरी कार्यालय ठाडा, अर्घाखाँची । अ.स.इ. तारा बहादुर क्षेत्री ऐ. ऐ. । अर्घाखाँची वाङला गा.वि.स. वडा नं. ८ तल्लो हुलाक बस्ने मोहन अधिकारी । ऐ.ऐ. वाङला गा.वि.स. वडा नं. ४ चक्ला बस्ने मान बहादुर टण्डन । ऐ. ऐ. वडा नं. ५ माझ हटिया बस्ने शेखर चन्द्र के.सी. । क.व. महेन्द्र कोठ गा.वि.स. वडा नं. ८ पत्थर कोट बस्ने तेज प्रसाद कक्षपती । § नागरिक अधिकार ऐन, २०१२ द्वारा प्रदत्त हक अधिकारमा कसैले आघात गर्ने आशंका भएमा निषेधाज्ञाबाट सो हक संरक्षण गराउन पाउने अधिकार सोही ऐनको दफा १७ मा ब्यवस्था गरेको पाइन्छ । तर यहाँ निवेदकले कागज गराई सकेको कुरा स्वयमले निवेदनमा स्वीकार गरिसकेछन् । कागज गराउने आशंकाको स्थिति देखिँदैन । भैसकेको कागज बदर गराउने माध्यम पनि निषेधाज्ञा हनु सक्दैन । निषेधाज्ञा त केबल आशंकाको स्थितिमा मात्र जारी हुन सक्ने । (प्र.नं. ९) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : x अवलम्बित नजीर : x आदेश न्या. ओमभक्त श्रेष्ठ : पुनरावेदन अदालत बुटबलको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (क) अनुसार यस अदालतमा पर्न आएको पुनरावेदन समेतको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. २०४७ साल जेष्ठ ७ गते राती म बसेको हाल घरबाट सामान चोरी हुँदा जाहेरी दरखास्त लिई प्रहरी कार्यालयमा जाँदा उल्टै प्रहरी कार्यालयले अनेक ब्यहोराका मिलापत्र र जमानी पत्र लेखी मोहन अधिकारीलाई रु. २५,२००।– र शेखरचन्द्र केसीलाई रु. ७,३००।– बुझाउने र नबुझाएमा तेज प्रसाद कक्षपती जमानी बस्नेत भई कागजमा सही गराए । सही नगरे थुनामा राख्ने धम्की दिए, त्यस्ता कानूनी मान्यता शुन्य कागजका आधारमा धन पैसा तिर्नु पर्ने नतिरेमा थुनछेक मारपित गर्ने कार्यबाट नागरिक अधिकार ऐन, २०१२ को दफा ६ (छ) ९.१२ समेतद्वारा प्रदत्त मेरा समपत्ति सम्बन्धी एवं ज्यान र ब्यक्तिको स्वतन्त्रताको अपहरण हुने पूर्ण आशंका हुँदा ऐ. ऐनको दफा १७(२) अनुसार उपरोक्त कुनै कार्य नगर्नु भ्नी विपक्षीहरुका नाउँमा निषेधाज्ञा जारी गरी पाउँ भन्ने मिति ०४७।३।२४।१ को निवेदन । ३. विपक्षीहरुका नाउँमा १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने ०४७।३।२५।२ को तत्कालिन लुम्बीनी अञ्चल अदालतको आदेश । ४. उजूरवालाले उजूरीमा उल्लेख गरे अनुसारको थुन्ने कागज गराउने मिलापत्र गराउने समेतका कार्य म समेतबाट भएका छैनन् । निजकी नागरिक हक हनन् हुने कुनै पनि काम गरे गराएको नहुँदा इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी अधिकृत म समेत उपर निषेधाज्ञा जारी हुनुपर्ने होइन, झुठ्ठा उजूरी खारेज गरी पाउँ भन्ने प्र.स.नि. तारा बहादुर क्षेत्रीको मिति ०४७।५।१० गतेको लिखित जवाफ । ५. निवेदकको होटलमा मिति ०४७।२।७ मा राती वास बस्दा मोहन अधिकारीले रु २५,२००।– र शेखरले रु ७,३००।– सुरक्षाको लागि राख्न दिएकोमा सो पचाउने नियतले मेरो समेत धनमाल चोरी भयो । अहिले पैसा नहुँदा तेज प्रसाद कक्षपतिलाई जमानी दिन्छु भनी २ प्रतिशतले ६ म