निर्णय नं. ४९१५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९१५ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०२/२० २९९२ निर्णय नं.– ४९१५ २०५१, ने.का.प. अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्बत् २०४८ सालको रिट नं. – २१८५ आदेश मितिः– २०५१।२।२०।६ विषयः उत्प्रेषण । निवेदक :– जि. महोत्तरी बगडा गा.वि.स. वडा नं. २ बस्ने राज कुमार यादब । विरुद्ध विपक्षी :– पुनरावेदन अदालत जनकपुर । जि. धनुषा जनकपुर न.पा. वडा नं. ३ वस्ने वैजनाथ शाह तेली । जि. महोत्तरी बगडा गा.वि.स. वडा नं. २ बस्ने रामनारायण यादब । § विपक्षी रामनारायण घरको मुख्य भै कामकाज गर्ने ब्यक्ति हो भन्ने करा कही कतैबाट पनि देखिँदैन । मुलुकी ऐन लेनदेन ब्यवहारको ८ नं. र ९ नं. बमोजिम विपक्षी रामनारायण यादवको हक नपुगुन्जेल गोश्वारा धनबाट भरी भराउ हुन नसक्नेमा त्यसतर्फ विचारै नगरी निवेदक बाबुको नाउँको जग्गाबाट विगो जायजात लिलाम गर्ने कार्य स्थगित गरेकोमा सो महोत्तरी जिल्ला अदालतको आदेश बदर गरेको पुनरावेदन अदालत जनकपुरको आदेश त्रुटीपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १३) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री लब कुमार मैनाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री अली अकबर मिकरानी अवलम्बित नजीर : x आदेश न्या. मोहन प्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार रहेछ । २. निवेदकको एकासगोलको छोरा राम नारायण यादवले विपक्षी बैजनाथ शाह तेलीबाट लिएको ऋण दिलाई पाउँ भनी विपक्षीले महोत्तरी जिल्ला आदालत समक्ष फिराद दिँदा प्रतिउत्तर नफिराएको कारणबाट उक्त मुद्दामा एकतर्फी फैसला भई साँवा र ब्याज भरी पाउने ठहर भएको थियो । विपक्षी वैधनाथ शाह तेलीले फैसला बमोजिमको विगो भराई पाउँ भनी म निवेदकको नाममा दर्ता एवं भोगाधिकार भएको जग्गा देखाई सो लिलाम गरी पाउँ भनी निवेदन दिएकोले सो विरुद्ध मेरो महोत्तरी जिल्ला अदालत समक्ष जायजात लिलाम गर्ने काम रोकी पाउँ भनी निवेदन पर्दा उक्त अदालतबाट हाललाई फैसला कार्यान्वयन तर्फको सम्पूर्ण कारवाही स्थगित राखी दिनु भन्ने आदेश भएकोमा अ.नं. १७ नं. बमोजिम पुनरावेदन अदालत जनकपुरमा विपक्षी वैधनाथ शाह तेलीको निवेदन पर्दा उक्त अदालतबाट मुद्दा अन्तिम भै कार्यान्वयनको अवस्थामा आएर कर्जा लिने ब्यक्रि नावालक भनी भनेको आधारमा फैसला कार्यान्वयन कारवाही स्थगित गरेको आदेश युक्तियुक्त नदेखिएकोले बदर गरी दिएको छ भनी आदेश भएको छ । ३. लिलाम कार्य स्थगित गरी पाउँ भन्ने निवेदन दिँदा लेनदेन ब्यवहारको ८ नं. ऐ ९ नं. को जिकिर लिएको छु सो जिकिरलाई पुनरावेदन अदालतबाट कुनै महत्व नै नदिई आदेश भएको छ । नावालक छोरालाई कर्जा दिएको भन्ने कुरा मैले मुद्दा अन्तिम कार्यान्वयनको अवस्थामा आएपछि मात्र थाहा पाएको छु । विपक्षी वैधनाथ शाहले विपक्षी राम नारायण यादवलाई कर्जा दिँदाको अवस्थामा म परिवारको मुख्य ब्यक्ति भन्ने थाहा पाउँदा पाउँदै र निज सगोलमै बसी आएको र मेरो संरक्षकत्व अभिभावकत्वमा बसी आएको भन्ने विपक्षीलाई जानकारी हुँदा हुँदै पनि थाह पत्तै नदिई मेरो जानकारी वेगर लिखत गराएको हुँदा सो मुद्दा पर्दाको अवस्थामा मलाई कुनै जानकारी भएन । ४. राम नारायण यादवको जन्म २०२५ साल फाल्गुण ६ गते भएको छ सो अनुसार कर्जा लिएको भनिएको मितिमा नावालक भएको प्रष्ट हुन आउँछ नावालक सँग लिखत गराउनु परेमा निजको संरक्षक राखेर गर