निर्णय नं. ४९१७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४९१७ - उत्प्रेषण भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/०१/१६ ३०८९ निर्णय नं. ४९१७ २०५१, ने.का.प. अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्बत २०५० सालको रिट नं. – २५८१ आदेश मिति : २०५१।१।१६।६ मा । विषयः उत्प्रेषण निवेदक :– जिल्ला बाग्लुङ हरि चौर गा.वि.स. वा.नं. ४ घर भै हाल बागमती अञ्चल का.जि. का.न.पा. वा.नं. ३ महाराजगंज बस्ने नारायण ध्वज मल्ल । विरुद्ध विपक्षी :– काठमाण्डौ नगरपालिका, काठमाण्डौं । काठमाण्डौं जिल्ला का.न.पा. वा.नं. १७ क्षेत्रपाटी बस्ने उमा मिश्र । ऐ ऐ बस्ने मन्जु मिश्र । § नगरपालिकालाई सबूद प्रमाणको मूल्याङ्कन गरी हक बेहकमा निर्णय गर्ने अधिकार कानूनले दिएको नदेखिँदा उपरोक्त ०५०।१।४ को का.न.पा. को निर्णयको पहिलो खण्ड अनाधिकार हुँदा अ.व. ३५ नं. अनुसार बदरभागी भै उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । विवाद परेको जग्गामा हक बेहक गर्न अधिकार प्राप्त निकायमा हक बेहकको निर्णय गराउन जानु भनी सुनाउन पर्नेमा सो अनुसार सुनाएको नदेखिँदा उजुरवाला उमा मिश्र र मन्जु मिश्रलाई सुनाई विवादित जग्गामा हक बेहकमा जान भनी सुनाउन का.न.पा. का नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. १०) § नगरपालिका ऐन, २०४८ को दफा ५४(१) मा परखाला लगाउँदा पनि नक्सा पास गर्नुपर्ने भन्ने उल्लेख भएको देखिन्छ । निवेदकले घरको नकसुा पास गर्दा पर्खालको पनि नक्सा पास गरेको देखिएन । तसर्थ कानून अनुरुप नक्सा पास गरेर मात्र परखाल बनाउन पर्नेमा सो बमोजिम नगरी बनाएको परखालका सम्बन्धमा उजूर गर्ने कानूनी हक भएको भन्न मिलेन । किनकी कानूनी हकको सिर्जना हुन नसक्ने सर्वमान्य कानूनी सिद्धान्त हो । तसर्थ कानूनको रीत नपुर्‍याई अर्थात नक्सा पास नगरी बनाएको परखालको कानूनी अस्थित्व नहुने हुँदा कानून बमोजिमको कर्तव्य पूरा नगर्ने निवेदकलाई रिट उपचार प्रदान गर्न उपयुक्त नुहँदा का.न.पा. को उक्त निर्णयको नकसा पास नगरी परखाल बनाएकोले उत्काई दिने ठहर्छ भन्ने दोस्रो खण्डका सम्बन्धमा रिट निवेदकको जिकिर पुग्न नसक्ने । (प्र.नं. ११) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री पुष्पप्रसादज अर्याल विपक्षी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिबक्ता श्री नरहरी आचार्य अवलम्बित नजीर : x आदेश न्या. लक्ष्मण प्रसाद अर्याल : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार छ : २. मेरो नाम दर्ताको का.जि. का.न.पा. वा.नं. ३ को नक्सा नं. २२ (ग) कि.नं. ३५५ को क्षेत्रफल ०–३–०–० (तीन आना) जग्गा मेरो एकलौटी हक भोगको हो मिति २०४८ मार्ग महिनामा सो जग्गामा मैले कम्पाउण्ड वाल लगाउन खोज्दा विपक्षी उमा मिश्र र मन्जु मिश्र समेतले मेरो जगगा मिच्यो भनी २०४८ पौष महिनामा विवाद परी अमिन ल्याई नाप जाँच समेत गरेको र सोमा पनि विपक्षीहरुको चित्त नबुझी स्थानीय भद्र भलादमीहरुको रोहबरमा विपक्षी उमा मिश्र र मन्जु मिश्रलाई रु. ३५००।– (अक्षरुपी रु. पैतीस सय) बुझाई सोको भरसारमा कागज लेखी उक्त विवाद छुङ्गाएकोमा फेरी तिनै विपक्षीहरुले त्यसमा विवाद उठाई मिति २०४९।१।२६ गते का.न.पा. मा जग्गा मिची परखाल बनायो भनी उजुरी निवेदन दिएको र सो मा का.न.पा. वाट २०५०।१।४ मा जग्गा मिची परखाल लगाएको देखिने ठहर्छ भनी गरेको निर्णय नगरपालिका ऐन, २०४८ को दफा १५(१)(क) मा ब्यवस्था गरेका अधिकार क्षेत