निर्णय नं. ४२४२ - दर्ता बदर हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२४२ - दर्ता बदर हक कायम समेत भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/१२/१२ २१२० निर्णय नं. ४२४२ ने.का.प. २०४८ अङ्क १ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ८५३ फैसला भएको मिति : २०४७।१२।१२।३ मा निवेदक : का.न.पा. वार्ड नं. २७ बस्ने दिव्यरत्न बज्राचार्य विरुद्ध वादी : ऐ.ऐ.बस्ने सानुरत्न बज्राचार्यसमेत मुद्दा : दर्ता बदर हक कायम समेत (१) केवल जालसाजी भनेकै आधारमा लिखतको प्रमाणिक अस्तित्व नरहने भन्न न्यायसंगत नहुने । (प्रकरण नं. १७) (२) वादीबाट सबूद प्रमाणसहित विवादित घरमा रहेको देवता महावली गुठीका देवताहरु र प्रतिवादी समेत सो गुठीका गुठियार रहेका छन् भनी दावी लिएकोमा म सो गुठीको गुठीयार पनि होइन, आफू बसी आएको घरमा रहेको देवता सो गुठीको देवता पनि होइन भनी आधिकारिक रुपबाट पुष्टी गर्न सकेको नदेखिँदा प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत मान्न (साविक पेज नं. ४) नसकिने । (प्रकरण नं. १८) (३) मुद्दा परी सिर्जना भएको भनिएको हकले प्रस्तुत मुद्दाको वादीहरु समेतको प्रमाणित हकलाई कुण्ठित गर्न नसक्ने । (प्रकरण नं. १९) (४) विवादित घरमा आगन देवता नरहेको र प्रतिवादी पनि सो गुठीको गुठियार नरहेको नभएको भए, प्रतिवादी समेतको हक लाग्ने भनी वादीहरुले आफ्नो दावीमा उल्लेख गरेकोबाट पनि विवादित घर प्रतिवादीको एकलौटी हक भोगको भन्न मान्न सबूद प्रमाणको अभावमा मिल्ने नदेखिने । (प्रकरण नं. २०) (५) निर्विवाद सबूद प्रमाणको अभावमा अचल सम्पत्ति माथि हक कायम हुन नसक्ने । (प्रकरण नं. २०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. काठमाडौं शहरी क्षेत्रको नापी हुँदा का.जि.का.न.पं. वार्ड नं. १६ हाल २७ मुवहालको कि.नं. २०५ को दक्षिण ४ नाले ३ कबले ३ तलेको ०–१–२–२ क्षेत्रफल भएको व्लक नं. ११/६५० को घर जग्गा प्रतिवादी दिव्यरत्नको नाउँमा अस्थायी दर्ता गर्ने गरेको ०३६।८।२० को निर्णय बदर गरी प्रतिवादी सहित हामी वादी २८ जनाको नाउँमा समेत संयुक्त दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको रत्नमानन्द बज्राचार्य समेतको फिरादपत्र । ३. वादी दावीको घर अपुतालीबाट मेरो पिता पञ्चरत्नको हक हुन आएको, उहाँको पति परलोक हुँदा मेरो हक हुन आएको एकलौटी घरलाई निजी गुठी बनाई हक कायम गराउने विपक्षीहरुको प्रयास हुँदा मेरो नाउँमा भएको दर्ता सदर कायम रखी पाउँ भन्ने समेत व्यहोराको दिव्यरत्न बज्राचार्यको प्रतिउत्तरपत्र । ४. विवादित घर जग्गामा प्रतिवादीको नाउँको अस्थायी दर्ता बदर हुन्छ र दुवै पक्षको नाउँमा संयुक्त हक हुने देखिँदा संयुक्त रुपमा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला । ५. काठमाडौं जिल्ला अदालतबाट सबूद प्रमाणको मूल्यांकन नै नगरी भएको फैसला बदर गरी प्रतिवादी तर्फबाट वागमती अंचल अदालत समक्ष परेको पुनरावेदन । ६. वादीबाट प्रेषित १९९८ सालको कागजलाई सनाखत गराई पुनः निर्णय गर्नु भन्ने समेत व्यहोराको वागमती अंचल अदालतको ०३९।८।६ को फैसला । ७. वादीबाट पेश भएको कागजलाई प्रतिवादीले जालसाजी