निर्णय नं. ४९२० - कर्तब्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४९२० - कर्तब्य ज्यान भाग: ३६ साल: २०५१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५०/१०/२१ ३३६२ निर्णय नं. ४९२० २०५१, ने.का.प. अङ्क ५ संयुक्त इजालास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्बत् २०४७ सालको फौ साधक नं. – ३६ फैसला मितिः २०५०।१०।२१।५ मा मुद्दा : कर्तब्य ज्यान । वादी : सतिमान भण्डारीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादी : वैतडी कोठपेटरा गा.वि.स. वडा नं. ७ मेरै गडा बस्ने सतिमान भण्डारी । § घाँटी थिच्दा मृत्यु हुने लक्षणहरु मध्येका लक्षणहरु मृतकको शरीरमा भएको लास प्रकृति मुचुल्काबाट देखिन्छ । मृतकको पोष्टमार्टम हुन सकेको छैन तर लास जाँच प्रकृति मुचुल्कामा मृतकको घाँटीमा चिन्ह नदेखिनुको कारण गर्मीको समय मृतकको मृत्यु भएको ९ दिनपछि मात्र लास जाँच प्रकृति मुचुल्का भएकोले स्वाभाविकै मान्नुपर्ने । (प्र. नं. १६) § जाहेर र अदालतमा भएको वयानमा एकरुपता नभई फरक परेबाट अभियुक्तको कलुषित भावना रहेको प्रष्ट हुने । (प्र. नं. १६) निवेदक तर्फबाट :– x विपक्षी तर्फबाट :– x अवलम्बित नजीर :– x फैसला न्या. उदयराज उपाध्याय : सुदूर पञ्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर साधक जाँचको लागि अ.वं. १८६ नं. र तत्कालिन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अनुसार यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त ब्यहोरा यस प्रकार छ । २. मेरी श्रीमती मनुरी चैत्र ९ गते घाँस काट्न मेरै गडाको उत्तिसा जंगल भएको साँझसम्म पनि घर नफर्कदा खोज तलास गर्दा चैत्र १२ गते उत्तिसाडको जंगलको मूल बाटोमा दायाँपट्टि वाटोमुनि जामुनको रुख मा घाँस बाध्ने माङाको डोरीले पासो लगाई झुण्डी मरेकोले घाँस काटन लागेको हँसिया नजिकै फेला पारी सो हँसियाले डोरी काटी जाहेर गर्न आएको छु । जो बुझ्नुपर्ने बुझी लास सदगत गर्न अनुमती पाउँ भन्ने समेत व्यहोराको सतिमान भण्डारीको जाहेरी दरखास्त । ३. लासको कपडा खोली हेर्दा आँखा, मुख, नाक किराले खाइसकेको, वाँया आँखाको माथि तल निलो डाम दाहिने गालामा रगत सुकेको दाग वायाँ हातको कुहिना देखि कुमसम्म तानेको जस्तो रातो निलो डाम पिठ्यूमा अन्दाजी ४ इञ्चको घेरामा निलो डाम, गुप्ताङ्गबाट रगत निस्की किरा समेत लागिसकेको र लासको गर्दन छोटो भएको भन्ने समेत व्यहोराको ०४३।१२।१७ को लास जाँच प्रकृति मुचुल्का । ४. घटनास्थलमा मृतक मनुरी भण्डारीको लासको घाँटीमा साढे ६ हात लामो माङाको डोरी र लासको नजिक फालिएको हसिया हामीहरुको रोहबरमा बरामद भएको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ५. मृतक मनुरीलाई निजकै लोग्ने सतिमान भण्डारीले मारी झुण्डाएको हो भन्ने गाउँमा हल्ला चलिरहेकोले निजलाई पक्री दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.ज. हरसिंह थापाको मिति ०४४।९।२८ को प्रतिवेदन । ६. २०४३।१२।९ गते माइत जान दिएन भनी श्रीमती मनुरीले मलाईमुख लागी गाली गरेकोले रीस उठी लात मुक्काले हानी घरबाट बाहिर निकालेको हो । राती ११/१२ बजेसम्म पनि घर नआएकोले काँहा गइछ भनी खोज्न जाँदा घरको उत्तरपट्टि केही टाढा गोरेटोको माथि झाडीमा रुन लागेको देखी किन रोएको घर हिड भन्दा घरबाट पिटेर भगाएकोले तिम्रो घरमा जान्न भनी मलाई आमा चाकरी जस्ता अपशब्द प्रयोग गरी गाली गरेकोले रिस उठी लाठीले निजको पिठ्यूमा हिर्काई दुवै हातले घाँटी च्यापी भुईमा लडाउँदा प्राण गएछ । ज्यान माराबाट बच्न जंगलमा लगी छाडेको हुँ भन्ने समेत ब्यहोराको मिति ०४४।९।२८ मा प्रहरी समक्ष गरेको प्र. सतिमान