निर्णय नं. ६५०३ - कुत दिलाई मोही निष्काशन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५०३ - कुत दिलाई मोही निष्काशन । भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/०९/१० २३३७ निर्णय नं. ६५०३ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री ‌ओमभक्त श्रेष्‍ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल संवत् २०५३ सालको दे.पु.इ.नं. -१११ फैसला मितिः- २०५४।९।१०।५ मुद्दाः- कुत दिलाई मोही निष्काशन । पुनरावेदक प्रतिवादीः जिल्ला सप्‍तरी गा.वि.स. भुकटी वडा नं. ४ बस्ने मितन यादव । विरुद्ध विपक्षी वादीः जिल्ला सप्‍तरी गा. वि.स. वनेनिया वडा नं. ८ बस्ने लक्ष्मी देवी झा । § तल्लो अड्डा अदालतले गरेको निर्णमा पुनरावेदन तहबाट इन्साफ हुंदा तात्विक भिन्नता (Material Difference) नहुने गरी सदर इन्साफ भएको खण्डमा मात्र पुनरावेदन नलाग्ने भन्ने हो तर प्रस्तुत विवादको विषयमा त्यसो नभै प्रतिवाद नगर्ने प्रतिवादीका हकमा शुरु भूमिसुधार कार्यालयबाट कुत दिलाई मोही निष्काशन नहुने गरी र पछि पुनरावेदन पर्दा मोही हक समेतबाट निष्काशन हुने गरी केही उल्टी गरी तात्विक भिन्नता भै फैसला भएको पाइन्छ । यस्तो स्थितिमा पुनरावेदक यि प्रतिवादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पुनरावेदन नलाग्ने भन्न नमिल्ने । (प्र.नं. ९) पुनरावेदक तर्फबाटः-X प्रत्यर्थी तर्फबाटः- X अवलम्वित नजिरः- X फैसला प्र.न्या.ओमभ्क श्रेष्‍ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम पुनरावेदन परी यस अदालत संयुक्त इजलासबाट राय बाझि भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अन्तर्गत पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त व्यहोरा एवं ठहर यस प्रकार छः- २. मेरो नाउंमा दर्ता रहेको झुटकी गा.वि.स. वडा नं. २ (क) कि. नं. ३७६ को ०-०-१९ कि.नं. ३७७ को ०-३-१४ समेत जग्गाको प्रतिवादी मोही भएकोमा ०४५ सालको कुत धान ३-१९-८ मलाई नबुझाई धरौट समेत नराखेकोले प्रति रु. १२४। ले हुने रु. ४३२।४५ प्रतिवादीलाई दिलाई मोही निष्काशन समेत गरी पाउं भन्ने वादी दावी । ३. प्रतिवादीले २०४६।५।१४ मा तामेल भएको इतलायनामाको शुरु म्यादै गुजारी वसेको रहेछ । ४. यस भन्दा पूर्व कुत नबुझाएको भन्ने सकरा वादीले लेख्न नसकेबाट मोही निष्काशन तर्फ केही नगरी मोही हक कायमै राखी वादीले प्रतिवादीबाट कुत मात्र भरी पाउने ठहर्छ भन्ने भूमि सुधार कार्यालय सप्‍तरीको मिति २०५०।२।७ को फैसला । ५. कुत दिलाई मोही निष्काशन गरी पाउं भनी दावी परेको अवस्थामा मोही निष्काशन भएपछि मात्र कूत वाली भराई दिन सकिने गरी भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(३) ले व्यवस्था गरी राखेकोमा मोही निष्काशन गरेपछि वाली भराउने भनी निर्णय गर्नु पर्नेमा मोहीयानी हक यथावतै कायम राखी वाली मात्र भरी पाउने मु. सु.का. सप्‍तरीको २०५०।२।७ को निर्णय सो हदसम्म त्रुटिपूर्ण भै केही उल्टी हुने ठहर्छ र विवादित जग्गाबाट विपक्षी प्रतिवादीको मोहियानी हकबाट निष्काशन समेत हुने ठहर्छ भन्ने पुनरावेदन अदालत राजविराजको फैसला । ६. पुनरावेदक प्रतिवादीलाई मोहियानी हकबाट बंचित गर्दा अ. वं. २०२ नं. वमोजिम म पुनरावेदकलाई झिकाई बुझि प्रस्तुत मुद्दा फैसला गर्नु पर्नेमा सो वमोजिम नगरेको पुनरावेदन अदालत राजविराजको उक्त फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको रहेछ । ७. शुरु तहमा प्रतिउत्तर नफिराउने झगडियाको लागि सबै तहको अदालतमा पुनरावेदक वा विपक्ष कुनै पनि हैसियतमा उपस्थित हुने वा प्रतिनिधित्