निर्णय नं. ६५०४ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५०४ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरी पाउं । भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/१०/०२ ३०८८ निर्णय नं. ६५०४ २०५५, ने.का.प. अङ्क २ पूर्ण इजलास सम्माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०५४ सालको रि.पु.इ.नं. -४९ आदेश मितिः- २०५४।१०।२।५ विषयः- उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरी पाउं । निवेदकः मोरङ जिल्ला विराटनगर उप महानगरपालिका वडा नं. ६ घर भै लोकसेवा आयोग मेची अंचल कार्यालय इलामको विज्ञापन नं. १०२।०५२।५३ को डिठ्ठा पदको रोल १२७ को परिक्षार्थी इन्द्र प्रसाद कोइराला समेत जम्मा २ । विरुद्ध विपक्षीः लोकसेवा आयोग केन्द्रीय कार्यालय समेत जम्मा ४ । § परीक्षामा संलग्न उम्मेदवारलाई परीक्षा रद्द गर्नु भन्दा पहिले सुनुवाईको मौका दिनुपर्छ भन्ने निवेदन जिकिरको कुरा पनि यसक्तिसंगत र व्यवहारिक देखिन आउंदैन । कुनै व्यक्तिलाई दोषी ठहराउंदा वा निजको प्रतिकूल निर्णिय गर्दा अपनाउनु पर्ने प्राकृतिक न्याय सिद्धान्तको न्यायिक प्रकृया अव्यवहारिक र कोरा सैद्धान्तिक प्रकृया मात्र नभै प्रयोग हुन सक्ने स्थिति र अवस्थाको निमित्त अनुशरणीय रहेको देखिन आउंछ । प्रस्तुत रिटमा परीक्षामा संलग्न प्रत्येक उम्मेदवारहरुको प्रतिकूल निर्णय गरिएको नभै अनियमित र अनुचित तरिकाले संचालन गरिएको प्रतियोगिताबाट योग्य उम्मेदवारहरुलाई पर्न सक्ने प्रतिकूल असरबाट संरक्षण गर्न लोकसेवा आयोगबाट उक्त परीक्षा रद्द गरिएको देखिन्छ । रिट निवेदकहरु स्वयं अनियमिततामा संलग्न नरहेको भएतापनि निजहरुको नाताका व्यक्तिबाट परीक्षा संचालन भएको र त्यस्तो कर्मचारीको अनुचित आचरणबाट भएको परीक्षा रद्द गर्ने कार्यको सम्बन्धमा निजहरुलाई बुझ्नु पर्ने भन्ने जिकिर युक्ति संगत नदेखिन । (प्र.नं. १७) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री हरि प्रसाद उप्रेती विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता नन्द बहादुर सुवेदी अवलम्वित नजिरः- X फैसला न्या. केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदन निर्णयार्थ संयुक्त इजलासमा पेश भएकोमा संयुक्त इजलासको माननीय न्यायाधीशहरु बीच राय फरक भै मतक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत निवेदन सहितको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः- २. लोकसेवा आयोगको वर्ष १३ अंक ४८, २०५२।८।२७ को बुलेटिनमा प्रकाशित आयोगको मेची अंचल कार्यालयको विज्ञापन नं. १०२।०५२।५३ मा न्याय समुहको रा. प. अ. द्धितीय श्रेणीको पद खुल्ला प्रतियोगितात्मक परीक्षाद्वार पूर्ति गर्ने दरखास्त आव्हान गरिए वमोजिम उक्त पदका लागि हामीले दरखास्त फाराम भरी बुझाई आयोगबाट लिइएको लिखित परीक्षामा सामेल भै लिखित परीक्षामा उत्तिर्ण भएकोले मिति २०५२।१२।२० मा लिएको अन्तरवार्तामा सामेल भै आयोगले गर्ने नियुक्तिको सिफारीस सूचनाको प्रतिक्षामा थियौं । उक्त अन्तरवार्तामा सामेल भएका उम्मेदवार मध्येका केहि व्यक्तिहरु उक्त पदमा नियुक्तिको लागि सिफारीस गर्न नमिल्ने गरी अन्यत्र बढुवा तथा खुल्ला प्रतियोगिताबाट छनौट भै सकेको हुंदा हाम्रो नियुक्ति पाउने हक समेत श्रृजना भएको छ । यसपछि मिति २०५३।७।१४ को गोरखापत्रमा आयोगको परीक्षा एवं सिफारीस महाशाख