निर्णय नं. ६५०६ - लिखत वदर जग्गा रोक्काा वदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५०६ - लिखत वदर जग्गा रोक्काा वदर । भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/०७/१८ ३०१९ निर्णय नं. ६५०६ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल संवत् २०५२ सालको दे.पु.नं. -२९७५ आदेश मितिः- २०५४।७।१८।२ विषयः- लिखत वदर जग्गा रोक्का वदर । निवेदक/वादीः जिल्ला बाजुरा बारबिस गा.वि.स. वडा नं. ५ बस्ने तिलक बहादुर शाह । विरुद्ध विपक्षी/प्रतिवादीः कृषि विकास बैंक, मार्तडी बाजुरा समेत जम्मा ४ । § वादी तिलक बहादुर शाहलाई प्रतिवादी शेर बहादुर शाहले लिखत गरी राजिनामा गरी दिएको जग्गा पुनः निज प्रतिवादी शेर बहदुरले नै सोही जग्गा कृषि विकास बैंक बाजुरा मार्तडीमा धितोमा राखी कृषि विकास बैंकको पत्रानुसार माल कार्यालय, बाजुरा मार्तडीबाट रवक्का रहेको जग्गा फुकुवा गरी पाउं भनी लेनदेन व्यवहारको ४० नं. रोक्का पत्र सारेको मितिले थाहा पाएको ३५ दिन नागरिक अधिकार ऐन, २०१२ को दफा १९ एवं मुलुकी ऐन अ.वं. ३६ नं. को आधारमा दिएको फिरादका सम्बन्धमा पुनरावेदन अदालत दिपायलबाट मिति २०५१।१०।३।३ मा फैसला गर्दा फिरादीले दावी लिंदाका वखत उल्लेख गरेको मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. वमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस गर्नु पर्नेमा सो नगरी २०५०।१।१० मा मात्र प्रस्तुत फिराद परेको देखिंदा फिरादवाला स्वयंले स्वीकार गरेको लेनदेन व्यवहारको ४० नं. वमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस गर्नु पर्नेमा सो नगरी २०५०।१।१० मा मात्र प्रस्तुत फिराद परेको देखिंदा फिरादवाला स्वयंले स्वीकार गरेको लेनदेन व्यवहारको ४० नं. वमोजिमको हदम्याद भित्रको प्रस्तुत फिराद नदेखिंदा मुद्दाको तथ्य भित्रै प्रवेश गर्न पर्ने नहुंदा अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ भनी पुनरावेदन अदालत दिपायलले मिति २०५१।१०।३ मा गरेको फैसला मनासिवै हुंदा सो फैसला कुनै परिवर्तन गरी रहनु पर्ने स्थिति नदेखिंइ सदर हुने । (प्र.नं. २०) पुनरावेदक वादी तर्फबाटः- x विपक्षी प्रतिवादी तर्फबाटः- x अवलम्वित नजिरः- x फैसला न्या. मोहन प्रसाद शर्माः पुनरावेदन अदालत दिपायल डोटीको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- २. शेर बहादुर शाहले १९९४ सालको जांचमा आप्नो दर्ता हक भोग भएको भु. सु. ७४ नं. फाराम भरेको ता.मु. हरि विक्रम शाहको तालुकी भित्रको कि.नं. ११६ तिरो रु. ४।५० को जयागडी खेत आफ्नो सन्तान दरसन्ताको हक दावी छाडी मेरो निवेदन दिई माल कार्यालय बाजुराबाट रु. ६०००। को लिखत रजिष्ट्रेशन पारित गरी दिएको मेरो हक भोगको जग्गा हो । विपक्षीले सो जग्गालाई कर्जा संरक्षणको लागि कृषि विका बैंक, बाजुरामा धितो दिई विक्री वितरण गर्न मैले नपाउने गरी माल कार्यालयबाट रोक्का राखिएको पर्चाको नक्कल सारी लिंदा थाहा भएकोले जानी बुझि धितो बन्धनमा लिई लेनदेन व्यवहारको २५ र नागरिक अधिकार ऐन समेतको विपरीत भै जग्गा रोक्का गरेकाले गैह्र कानूनी लेनदेनको लिखत बदर गरी जग्गा रोक्का फुकुवा गरी पाउं भन्ने फिराद दावी । ३. शेर बहादुर शाहका नाउंमा दर्ता भएको कि.नं. ११६ को जयागडी खेत कृषि विकास बैंक बाजुराबाट जग्गा रोक्का गरी दिन अनुरोध भै आए वमोजिम जग्गा रोक्का राखी जानकारी कृषि विकास बैंकलाई पठाएको हो । मिति २०३५।१।१८ को राजिनामा पारितमा ऋणि शेर बहादुर, धनी तिलक बहादुर उल्लेख छ । माल कार्यालयको मोठमा साविकवालाको नाम कट्टा गरी हालवालाको नाम अभिलेखम