निर्णय नं. ६५०७ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५०७ - अंश भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/०७/१८ ३३०० निर्णय नं. ६५०७ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने संवत् २०५२ सालको दे.पु.नं. -२५६१ आदेश मितिः- २०५४।७।१८।२ विषयः- अंश हक । पुनरावेदक/प्रतिवादीः हजारीलाल शाह कलवारकी श्रीमती जिल्ला रौतहट मलाही गा.वि.स. वडा नं. ४ बस्ने देवमुनी कलवारिन समेत ४ । विरुद्ध विपक्षी/वादीः भारत विहार जिल्ला सिवानग्राम वस्यौलीमा घर भएको हाल रौतहट जिल्ला मलाही गा.वि.स. वडा नं. ४ बस्ने प्रमेश्वर प्रसाद कलवार । § यी दुवै पक्ष अंशियार हुन भन्ने कुरामा कुनै विवाद देखिंदैन र भारतमा भएको अचल सम्पत्ति सगोलमा रहेको र कोही भारतमै वसी व्यवहार गर्ने र कोही नेपालमा आई वसोवास आर्जन गरी व्यवहार गरी आएका रहेछन भन्ने देखिन आउंछ । भारतमा भएको अचल सम्पत्ति निजहरुले आपसमा वण्डा गरी अंश लिनु दिनु गरेको प्रमाण कागज पेश भएकाले अंशियार होइनन् वा अंश नपाउने भन्न मिल्ने समेत देखिदैंन । शुरु जिल्ला अदालतले पनि फैसला गर्दा यी वादीले अंश नै नपाउने भनी भन्न सकेको देखिंदैन । केवल भारतमा कागज गरी अंश लिई पाइसकेको भन्ने आधारबाट मात्र वादी दावी नपुग्ने ठहर गरेको छ । नेपालको सम्पत्तिमा नेपालको कानून वमोजिम नै अंश पाए नपाएको निक्यौल गर्नुपर्ने देखिंदा अंशियार भएको कुरामा प्रतिवादी सावित देखिएको र नेपालको सम्पत्तिमा अंश त्याग गरेको अंश छोडपत्र वा वण्डापत्रको अभावमा अंश नपाउने भन्न नमिल्दा यस अदालतबाट मिति २०५३।८।१२ मा भएको झ.झि. आदेशमा लिएको आधारहरुसंग सहमत हुन सकिएन । अंश पाउने ठहराई सन् २९-१०-०६९ लाई मानो छुट्टिएको मिति कायम गरी घरको काम गर्ने मुख्यबाट अंशवण्डाको २० नं. वमवजिम वण्डा गर्नु पर्ने चल अचल ऋण धनको तायदाती फांटवारी लिई अंशवण्डा गरी दिनु भनी शुरु जिल्ला अदालतमा पठाई दिनेगरी पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला मिलेकै देखिदा सदर हुने । (प्र.नं. ९) पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता मोतिकाजी स्थापित र विद्वान वरिष्ठ अधिवक्ता गणेशराज, शर्मा विपक्षी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री मो. शेष अव्वास । अवलम्वित नजिरः- x फैसला न्या. केशव प्रसाद उपाध्यायः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- २. विपक्षी प्रतिवादीहरु तथा म फिरादी समेतको परिवारको मूल पूरुष रामरित शाहको २ छोरा जेठा प्रतिवादी हजारीलाल शाहको बावु वनारसी शाह र कान्छा म फिरादी प्रमेश्वर प्रसाद शाह कलवारको बावु ठाकुर साहु हुनु भएकोले विपक्षी प्रतिवादीहरु म फिरादीको एकासगोलको अंशियारहरु हुन । हाम्रो परिवारको मूल पुरुष रामरित शाह निजको श्रीमती तथा ठाकुर साह निजको श्रीमती तथा विपक्षी प्र. हजारीलाल साहको साखै दाजु भगवानलाल साह समेतका व्यक्तिहरु आ आफ्ना कालगतिले मरी सक्नुभएको छ, हाम्रो परिवारमा आजसम्म अंशवण्डा भएको छैन । हाम्रो पुर्ख्यौलीघर भारत विहार जिल्ला सिवानग्राम वसौलीमा रहेकोले हाम्रो परिवारमा भारतमा पनि घर सम्पत्ति रहेको र नेपाल मलाही गाउंको सम्पत्ति विपक्षी प्रतिवादीहरुको नाममा र रेखदेखमा रहेपनि आजसम्म सो दुबै ठाउंको सम्पत्तिहरु हामीले सगोलमा नै भोगि आएका थियौं, कुनै विवाद थिएन हालैमा भारतको हाम्रो घर सम्पत्ति र नेपाल मलाही गाउंको सम्पत्तिहरु समेतको आयस्तर विक्री व्यवहार सम्बन्धमा हाम्रो बीच विव