निर्णय नं. ४२४३ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२४३ - अंश दर्ता भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/१२/०६ ३८८४ निर्णय नं. ४२४३ ने.का.प. २०४८ अङ्क १ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको दे.पु.नं. ७३७ फैसला भएको मिति: २०४७।१२।६।४ मा पुनरावेदक/प्रतिवादी: जनकपुर न.पा.वा.नं. ६ बस्ने मोनसिर राइन कचारी विरुद्ध वादी: ऐ.ऐ.बस्ने जेउन खातुन मुद्दा : अंश दर्ता (१) कुनै खास कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन चाहने व्यक्ति माथि नै हुनेछ भनी प्रमाण ऐन, २०३१ को दफा २८ मा उल्लेख भएको पाइन्छ सो बमोजिम वादीसंग मेरो वैबाहिक सम्बन्ध नरहेको निजबाट जन्मेको छोरी बालिका मेरो होइन भनी प्रमाणित गर्ने भार प्रतिवादीको रहेको । (प्रकरण नं. १०) (२) वादीलाई अंश दिन पर्ने होइन भन्ने सबूद प्रमाण प्रतिवादीले पेश गर्न सकेको मिसिलबाट देखिन नआएकोबाट वादीले प्रतिवादीबाट अंश नपाउने भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) नागरिकले न्याय सर्वसुलभ र सहज (साविक पेज नं. ८) तरिकाले नै प्राप्त गर्नु पर्दछ भन्ने न्यायिक सिद्धान्त रहेको क्षेत्रीय अदालतबाट प्रस्तुत मुद्दामा अंशको तायदाती लिई बण्डा छुट्याई दिने जस्तो व्यावहारिक कार्य न्यायिक सिद्धान्तको अनुकूल नै देखिने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल वादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय फैसला यस प्रकार छ । २. मेरो दिदी सफिदा र प्रतिवादी मौनेसिर कवारी बीच बैवाहिक सम्बन्ध कायम रहेको, दिदी सफिदा रोगी भएको कारण म विधवा वादी र विपक्षी मोनसिर बीच २०३६।५।१० मा बैवाहिक सम्बन्ध कायम भएकोमा २०३७, आषाढमा छोरी जैमुनको जन्म हुँदासम्म परिवारमा विवाद थिएन । २०४२।२।५ मा छोरा अलि मोहम्मदले अंश गरी दिन साक्षीहरु जम्मा गरी अंश माग्दा मैले चार अंशियार सहित मेरो अबिवाहित छोरीको बिवाह खर्च समेत पर सारी अंश गर्न आग्रह गर्दा छोरा, अलिमोहम्दले नमानेको, (३) अंशियार बीच मात्र अंश खडा हुन्छ, तिमीलाई अंश दिन्न घर छाडी जाउ भनेकाले फिराद दायर गर्न आएको छु, विपक्षीबाट फाँटवारी लिई, फिराद परेको अघिल्लो दिन सम्मको अंशबाट ४ भागको एक भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको २०४२।२।६ को फिराद दावी । ३. मैले वादीलाई विवाह गरी ल्याएको होइन । हाम्रो इस्लाम धर्मानुसार दिदी बहिनीलाई एउटैले विवाह गर्न हुँदैन, अंश खाने उद्देश्यले झुठ्ठा फिराद दिएको हुँदा फिराद दावीबाट छुट्कारा पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादी जैतुन खातुन प्रतिवादी नसीर राइन कवारीको साली नाताकी देखिएको, तर निजलाई प्रतिवादीले स्वास्नी बनाई राखेको कुरा प्रमाणित हुन नआएकोले सालीले भिनाजुसंग अंश माग गर्न मिल्ने नहुँदा, वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको ०४३।३।२९ को फैसला । ५. वादी दावी बमोजिम अंश नपाउने ठहराएको जिल्ला अदालतको फैसला कानुनसंगत नहुँदा दावी बमोजिम अंश पाउने भन्ने समेत व्यहोराको वादी पक्षबाट क्षेत्रीय अदालत समक्ष परेको पुनरावेदन । ६. यसमा फिरादपत्र दर्ता हुँदाका अवस्थामा समेत वादीले प्रतिवादीकै घरमा बसिरहेको छ,