निर्णय नं. ६५०८ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५०८ - निषेधाज्ञा भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :१०५४/०८/१७ २४०७ निर्णय नं. ६५०८ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत् २०५२ सालको दे.पु.नं. -२७३५ फैसला मितिः- २०५४।८।१७।३ विषयः- निषेधाज्ञा । पुनरावेदक/निवेदकः जिल्ला पर्सा विरगंज न.पा. वडा नं. १७ बस्ने समसुदिन अन्सारी । विरुद्ध विपक्षी/वादीः ऐ. ऐ. वडा नं. १३ आदर्श नगर स्थित नेपाल अरव बैंक शाखा कार्यालय विरगंज समेत जना ५ । § निवेदकले गरी दिएको तमसुक र अख्त्यारनामा वमोजिम भएको कारोवारबाट बैंकलाई तिर्नु पर्ने कर्जा रकम असूल गर्न वाणिज्य बैंक ऐन, २०३१ वमोजिम सूचना प्रकाशित गरी गरेको काम कारवाहीबाट निवेदकको हक हितमा आघात पर्न गएको भन्ने अवस्था नहुने । (प्र.नं. ११) पुनरावेदक निवेदक तर्फबाटः- विद्वान वरिष्‍ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विपक्षी तर्फबाटः- x अवलम्वित नजिरः- x फैसला न्या. राजेन्द्रराज नाख्वाः पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१०।११ को फैसला उपर चित्त नबुझी निवदेकको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः- २. वसरुत्तिन समेत साझेदार फर्मको साझेदार भएपनि मनमुटावको कारण पुनरावेदन अदालत तथा कम्पनी कार्यालयमा मुद्दा चलिरहेको छ । नेपाल अरव बैंक लिमिटेडबाट मैले मेरा साझेदार फर्मले सो साझेदारी काम निमित्त कुनै पनि ऋण लिएको छैन । त्यस तर्फ पर्सा जिल्ला अदालतमा धितो लिखत बदर गरी पाउं भनी मुद्दा परी फैसला उपर यस अदालतमा पुनरावेदन गरेको छुं । उक्त फर्मबाट उद्योग निर्माण भई आज सम्म कुनै कारोवार नगरेको भएपनि पर्सा जिल्ला अदालतमा हिसाव दिलाई पाउं भनी दोश्रो मुद्दा चलिरहेको छ । मैले नराखेको तथा फर्मको निमित्त कुनैपनि कारोवार नगरेको तथा ऋण समेत नलिएको हुंदा नेपाल अरव बैंकले मिति २०५०।४।३१ मा प्रकाशित सूचना अनुसार केही पनि गर्न नपाउने गरी रोकी पाउं भन्ने समसुदिन अन्सारीको निवेदन । ३. यसमा के कसो भएको हो ? माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? लिखित जावाफ पेश गर्ने विपक्षीहरुका नाउंमा म्याद पठाउनु भन्ने पुनरावेदन अदालतको मिति २०५०।५।२८ को आदेश । ४. बैंकमा साझेदारी फर्मको लागि घर जग्गा धितो राखी ऋण लिंदा धान गहुं समेत विपक्षीको नाउंको घर गोदाममा बैंक मार्फत धितो राखी ऋण लिएकोमा सो गोदाममा राखेको मालसामान एकलौटी पारी मिल संचालन गर्न नदिई वाधा खडा गर्नु भएको छ । त्यस सम्बन्धमा कारवाही चलि रहेकोबाट विपक्षीले ऋण नलिएको भन्ने भनाई झूठ्ठा हो निवदेन खारेज गरी पाउं भन्ने वसिरुद्धिन अन्सारीको लिखित जावफ । ५. निवेदक समेतको साझेर्दारी फर्मको लागि यस बैंकले ऋण दिएकोमा निवेदकको नामको जग्गा बैंकमा धितो राखेको छ । कर्जा भुक्तानीको वारेमा निवेदकले खिचोला गरेको छैन । अहिले आएर साझेदारी कामको निमित्त कुनै ऋण लिएको छैन भन्नु पूर्णतः झूठ्ठा कुरा हो । साझेदारी ऐन, २०२० को दफा २६ समेत विपरीत छ । यस बैंकबाट प्रकाशित सूचना वाणिज्य बैंक ऐन २०३१ को दफा ४७(क)(१) अनुसार कर्जा असूल उपर सम्बन्धमा गरिएको कानून वमोजिमको कारवाही हुंदा निवेदन खारेज गरी पाउं भन्ने नेपाल अरव बैंक शाखा कार्यालय विरगंज र नेपाल अरव बैंक प्रधान कार्यालयको पृथक लिखित जावफ । ६. विपक्षीले साझेदार फर्मको लागि ऋण लिई जग्गा धितो राखेको हो । उक्त कर्जाबाट मुक्त हुन धितो उपर समेत मुद्दा पर्दा पर्सा जिल्ला अदालतमा दिएकोमा खारेज