निर्णय नं. ६५०९ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५०९ - उत्प्रेषणयुक्त परमादेश भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/०४/२१ ३१५८ निर्णय नं. ६५०९ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५१ सालको रिट नं. -३६९८ आदेश मितिः- २०५४।४।२१।३ विषयः- उत्प्रेषणयुक्त परमादेश । निवेदकः सप्‍तरी जिल्ला हनुमाननगर गा.वि.स. वडा नं. ४ स्थित कंकिटेक्स नेपालको प्रोप्राइटर ऐ. राजविराज न. पा. वडा नं. १ बस्ने वर्ष ४३ को विजय कुमार दुगड । विरुद्ध प्रत्यर्थीः उद्योग विभाग काठमाण्डौ समेत जम्मा ४ । § भुक्तानी लिने काम यो ऐन प्रारम्भ भएपछि पनि भएको यस्तो अवस्था विलको मिति अर्थात विक्री भएको मितिबाट रकम फिर्ता पाउन १ वर्ष भित्र आवेदन गर्नु भन्ने उक्त नयां ऐनको व्यवस्था भुतलक्षी नभएको काम कारवाही भएका वखत वहाल रहेका कानून अनुसार हुनुपर्ने समेतका कारणले नमिल्ने र नयां ऐन २०४९।७।२७ गते देखि लागु भएको र अन्तिम भुक्तानी लिएको मितिबाट समेत १ वर्ष भित्र रकम फिर्ता पाउन आवेदन परेको देखिएको प्रस्तुत मुद्दामा अवधि किटिएको र अवधि नकिटिएको कुन प्रकृतिको सुविधा हो भन्ने प्रश्‍न नभई रकम फिर्ता माग्न आवेदन दिने विषय साविक र हालको ऐनमा भिन्नता सम्बन्धी सम्म भएकोलाई अवधि नकिटिएको सुविधा भन्दै १ वर्ष नाघि आएको अवधि नकिटिएको सुविधालाई ‍औद्योगिक व्यवसाय ऐन, २०४९ वमोजिम प्रत्याभूत हुन नसक्ने भएकोले फिर्ता दिन नमिल्ने भन्ने एकद्वार समितिको मिति २०५१।१।२३ को निर्णय कानून अनुरुप नभै कानूनी त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा एकद्वार समितिको मिति २०५१।१।२३ को निर्णय वदर हुने । (प्र.नं. १०) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थी तर्फबाटः- वरिष्‍ठ सरकारी अधिवक्ता श्री वलराम के.सी. अवलम्वित नजिरः- x आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) वमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः- २. एशियाली विकास बैंक मनिला फण्डेड नेपाल विद्युत प्राधिकरणको छैठौं विद्युत आयोजना र लाहान जलजले ट्रान्समिसन प्रोजेक्टको लागि अन्तर्राष्‍ट्रिय ग्लोवल टेण्डरमा प्रतस्पर्धा गरी प्राप्‍त भएको पि. एस. कंक्रिट पोलको सप्लाई कार्य अन्तर्गत उक्त दुवै ठेक्कामा कुल पोल थान ३८१३ सप्‍लाई गरी आर्जन गरेको कुल विदेशी मुद्रा अमेरिकी डलर २२७३५६ र उक्त पोलहरुमा कुल खपत भएको कच्चा पदार्थ एच. टी. वायरको परिमाण ५७,१९५ मे. टन को विस्तृत विवरण समेत गरी जम्मा कुल रकम रु. २,९१,५४७।६५ औद्योगिक व्यवसाय ऐन अन्तर्गत फर्ता नपाएकोले दिलाई पाउं भनी भन्सार विभागमा अनुरोध गरेकोमा उद्योग विभागको मिति २०५१।२।१२ को पत्रानुसार रकम फिर्ता दिन नमिल्ने व्यहोराको जानकारीको पत्र हामीलाई प्राप्‍त हुन आयो । ३. तत्कालिन औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० ग(७) ले कुनै पनि उद्योगले आफ्नो उत्पादन नेपाल अधिराज्यभर विदेशी आफ्नो उत्पादन नेपाल अधिराज्यभ विदेशी मुद्रा आर्जन हुने गरी विक्री गरेमा त्यस्तो प्रयोग भएको कच्चा पदार्थमा लागेको भन्सार महशुल विक्री कर समेत उद्योगले फिर्ता पाउने प्रस्ट व्यवस्था छ । सोही ऐनको दफा १०(ङ)(२) वमोजिम अन्तर्राष्‍ट्रिय वोलपत्रमा प्रतिस्पर्धा गरी आफ्नो उत्पादन स्वदेशमा विक्री गरेमा निकाशी गर्दा पाउने सरहको सुविधा प्रदान गरेको छ । ४. तत्काल प्रचलित औ. व्य. ऐन २०४८ अन्तर्गत प्रत्यर्थी कार्यालय