निर्णय नं. ६५१० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५१० - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/०६/१५ ४३२५ निर्णय नं. ६५१० २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री टोप बहादुर सिंह संवत् २०५२ सालको फौ. पु. नं. -१२३७ फौ. सा. नं. १२४ फैसला मितिः- २०५४।६।१५।४ विषयः- कर्तव्य ज्यान । पुनरावेदक वादीः वज्र किशोरको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला बारा ववुआइन गा. पं. वडा नं. ४ बस्ने वैजु गिरी समेत जम्मा ११ । पुनरावेदक प्रतिवादीः जिल्ला पर्सा विरगंज नगरपालिका वडा नं. १० घर भै हाल जि. प्र. का. कारागार शाखा पर्सा थुनामा रहेको मोहन कंकर विरुद्ध विपक्षी वादीः वज्र किशोरको जाहेरीले श्री ५ को सरकार । § फौजदारी मुद्दामा प्रतिवादी उपरको कसूर शंकारहित तवरले प्रमाणित गर्ने भार वादीमा रहने हुंदा प्रतिवादीले अदालतमा कसूर इन्कार गरेको कुराको प्रमाण पुर्याउन नसकेको भन्ने पुनरावेदन अदालत समेतले लगाएको वुंदा मिल्दो देखिएन । कुनै व्यक्ति उपरको दोषिता प्रमाणबाट स्थापित हुनु पर्दछ त्यसैले शंकाको सुविधा अभियुक्तले पाउंछ भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त अनुसार सरकार वादी हुने फौजदारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादी पक्षमा रहन्छ भन्ने कुनूनी व्यवस्थाको पछि फौजदारी न्यायको दर्शन सन्निहित रहेको हुन्छ । अतः उल्लेखित आधारहरुबाट पुनरावेदक प्रतिवादी मोहन कंकर उपरको कसूर शंकारहित तवरले पुष्टि हुन आएको नदेखिंदा पुनरावेदक प्रतिवादीले अभियोगबाट सफाई पाउने । (प्र.नं. ५३) निवेदक वादी तर्फबाटः- विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्का पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री शेष अव्वास र विद्वान अधिवक्ता श्री शम्भु थापा । अवलम्वित नजिरः- x फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत हेटौडाको फैसला उपर वादी श्री ५ को सरकार तथा प्रतिवादी मध्ये मोहन कंकरको दोहोरो पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. मिति २०४४।५।१२ गते शुक्रवारको दिन ४ वजेको समयमा पिता जयमंगल प्रसाद साइकल चढी सिम्रोनगढ वजार जानु भएको र सोही दिन अं. ६॥ सांझको समयमा गोलगंजको प्रधानपंच शिवजी प्रसाद र ऐ. वा. नं. ५ को अध्यक्ष राम प्रसाद महतो कोइरी संग संगै साइकलमा चढी सिम्रोनगढ वजारबाट दक्षिण तर्फको सडक भै घर फर्की आई रहेको समयमा पछि पछि वाड नं. ६ बस्ने फरिद मिया ऐ. वा. नं. ४ बस्ने रामशरण महतो कोइरी समेत आई रहेको । उक्त दिन ६।३५ को समयमा गोलागंज वा.नं. ६ मा पर्ने वकुलहर पुलमा पिता जयमंगल पुग्दा त्यहां उभी रहेका अपराधीरुले निज चढी आएको साइकलमा धक्का दिई लडाई घेरा गरी त्यही रहेको, शिवजी राम प्रसादसंग अपराधीहरु बीच भिडन्त भै सो अपराधीहरु मध्येका एकजनाले कटुवा बन्दुक फायर गर्दा निजकै साथीलाई लागि त्यही मृत्यु भएको र पिता जयमंगललाई डोरीले बाधी अपराधीहरु दक्षिण तर्फ लिई गएको कुरा थाहा पाई खोजतलास गर्दा ऐ. १३ गतेका दिन पिता जयमंगलको शरीरमा नायलनको डोरीले बाधिएको र घांटी रेटिएको लास भारत नेपाल सिमाना ननसगरा ढाटमा फेला पारेको र निज पितासंग गा.पं. गोलागंज वडा नं. ५ बस्ने रामचन्द्र राउत माली, ऐ. बस्ने फगुनी राउत माली, ऐ. वडा नं. ७ बस्ने शेष मुनिफ गा.पं. अमृतगंज वाड नं. ९ बस्ने श्री प्रसाद सहनी ऐ. वाड नं. ७ बस्ने श्याम किशोर भन्ने श्याम किशोर प्रसा