निर्णय नं. ६५११ - अंश चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५११ - अंश चलन । भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/०६/०१ २८८१ निर्णय नं. ६५११ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ संवत् २०५० सालको दे. पु. नं. -१६०४ फैसला मितिः- २०५४।६।१।४ मुद्दाः- अंश चलन । पुनरावेदक/प्रतिवादीः का. जि. कार्तिपुर वाहिरी गाउं विकास समिति वडा नं. ९ वस्ने सुवर्ण प्रसाद उपाध्याय । विरुद्ध विपक्षी/ वादीः ऐ. ऐ. बस्ने शारदानाथ उपाध्याय । § अंशवण्डाको लिखन नभए पनि व्यवहार प्रमाणबाट वादी शारदानाथ प्रतिवादी सुवर्ण प्रसाद र आमा देवकुमारीबाट अघिने वेगल भई सकेको तथ्य प्रमाणित हुन आएवाट वादी दावी नपुग्ने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १०) पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने प्रत्यर्थी तर्फबाटः- विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल । अवलम्वित नजिरः- फैसला न्या. गोविन्द बहादुर श्रेष्‍ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य यस प्रकार छः- २. वावु तोयनाथ तथा आमा देव कुमारीबाट जेठा लिलानाथ, माहिला म फिरादी साहिला सुवर्ण प्रसाद, कान्छा कृष्ण प्रसाद समेत चार छोरा भएको वावु तोयानाथ २०१६ सालमा आमा देव कुमारी २०४४ साल माघमा कान्छा भाई कृ प्रसाद २०३१ सालमा कालगतिले निधन भएको हुंदा जीवित अंशियार ३ जना मात्र छौं । विवाह हुन वांकी कसैको छैन । वावु तोयानाथको निधन भएपछि भिन्न वसौं भनी म समेतका अंशियारले भन्दा आमा देव कुमारीले मान्तु भएन मेरो जिउ छउन्जेल अंशवण्डा नगर भान्छामा खान नमिले अलग अलग खाऔं भन्नु भएकोले आमाको इच्छा मुताविक २०१८ साल देखि जेठा दाजु लिला नाथ भात भान्छा अलग गरी बसी आएकोमा पछि मलाई केही जग्गा आमाले दिनु भएको, आमा ०४४ सालमा निधन हुनु भएकोले दागबत्रि काज क्रिया हामी वादी प्रतिवादी तिनै भाईले गरी आयौं । आमाको निधन पछि चल अचल श्री सम्पत्ति नीतिपूर्वक वण्डा गरौं भनी प्रतिवादीलाई भन्दै आएकोमा हुन्छ हुन्छ भनी आखिर मिति २०४५।११।१० गतेका दिन अंशवण्डा गर्न प्रतिवादीहरुले इन्कार गरेकोले अदालतको शरणमा आएको छुं । नालिस दायर भएको दिनलाई नै मानो छुट्टिएको मिति कायम हुने हुंदा सो को अघिल्लो दिनसम्मको वण्डा गर्नु पर्ने चल अचल श्री सम्पत्तिको तायदाती प्रतिवादीहरुबाट अंशवण्डाको २०, २१, २२, २३ नं. वमोजिम दाखिल गर्न लगाई त्यसबा६ तीन भाग लगाई एक भागको अंश मलाई दिलाई चलन समेत चलाई पाउं भन्ने समेतको फिराद दावी । ३. पिता तोयानाथको मृत्यु पछि दाजु भाई मेलमिलाप गरी वस्न नसकेको हुंदा २०१८ सालमा सवै दाजुभाई आमा बसी आ आफ्नो अंश छुटयाउने ठहर भई नगद रु. २००।– र वल्खु वल्खेश्‍वर महादेवको गुठीको सि. नं. ५६ को पुजारी खान्गी खाने गरी घरसारमा कुनै लिखत नगरी अंशवण्डा गरियो । आमा देव कुमारी म प्रतिवादी सुवर्ण प्रसाद र स्वर्गीय भाई कृष्ण प्रसाद सगोलमा थियौं । अंश छुटयाई सकेपछि २०३१।१०।१० गते म संग सगोलमा रहनु भएको आमा देव कुमारीको उपचार र मृत्यु पश्‍चात काजक्रिया मैले गरी खर्च गरेको ऋण मैले वोकेको छुं । आमा देव कुमारीले मिति २०४२।२।२५ मा यी वादीलाई का. जि. किर्तिपुर वाहिरी गा. पं. वडा नं. ९ (क) कि. नं. २०४४ को ०-५-२ जग्गा वकसपत्र गरी दिनु भयो । सो वक्सपत्रमा यि वादीलाई सगोलको नमाने भैपरी आउने काममा मद्दत गर्ने भनि लेखेबाट अंश छुटयाई सकेको हुंदा कसैसंग कसै