निर्णय नं. ६५१२ - अपुताली हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५१२ - अपुताली हक कायम भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/०८/१६ २३४० निर्णय नं. ६५१२ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५१ सालको दे. पु .नं. -२४९२ फैसला मितिः- २०५४।८।१६।२ मुद्दाः- अपुताली हक कायम । पुनरावेदक/ वादीः जिल्ला ललितपुर ल.पु.न.पा. वडा नं. ४ बस्ने शिव वहादुर थापा । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ. ऐ. वस्ने रण वहादुर थापा । § ३५ वर्ष नाघेकी अविवाहिता सुर कुमारी वादी प्रतिवादी कै नजिकको अंशियार भन्ने अवस्थाकी देखिएकोले निजको हकभोगको सम्पत्ति खान पाउने समान्स्तरका अंशियार वादी प्रतिवादी देखिन आएका छन् । वादी प्रतिवादी मध्ये एक जनाको मात्र सुर कुमारी मरी परेको अपुतालीमा हक पुग्ने भन्न सकिने कानून बमोजिमको लिखत प्रमाण देखिन आउको छैन । ०४२।१२।२२ को लिखतले सुर कुमारी रण बहादुरकहां बसेको भन्ने भनाइ मात्रले निजको अपुताली हक रण बहादुरले मात्र एकलौटी खान पाउने भन्न सकिने कानूनी आधार देखिदैन । मर्ने सुर कुमारीले एका घरका भनी दुबै भाइहरुलाई पृथक पृथक लिखत गरी जग्गाहरु हालै देखिको वकसपत्र गरी दिई दुवैलाई समान व्यवहार गरी आएको अवस्था पनि छ । तसर्थ मर्ने सुरकुमारीको ववाद सम्पत्तिमा वादी प्रतिवादी दुबै भाइहरुको वरावर अपुताली हक लाग्ने हुंदा वादी दावी बमोजिम वादी प्रतिवादीका नाममा संयुक्त नामसारी गरी दर्ता गरी दिने । (प्र.नं. ११) पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल प्रत्यर्थी तर्फबाटः- विद्वान अधिवक्ता श्री रमेश धिताल । अवलम्वित नजिरः- फैसला न्या. कृष्णजंग रायमाझीः न्याय प्रशासन ऐन, २०४८ अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. हामी २ भाइ म शिव वहादुर र विपक्षी रण वहादुर छौं । दिदी शुर कुमारी वुढी कन्या बसेकीले दिदीको नामको जग्गाहरु मध्ये केहि रण वहादुरलाई र केहि मलाई दिनु भएको थियो । ल. पु. जि. धोविघाट गा. वि. स. वडा नं. ४(च) कि.नं. ३१ को ०-२-३ जग्गा दिदीले मलाई हा. व. गरी दिनु भएकोमा पछि २ भाइले वरावर खानु भनी उक्त वक्सपत्र वदर गरी दिदीको मृत्यु पश्चात काजकृया दुवै भाईले वरावर खर्च लगाई गरियो । उक्त जग्गा दुवैले भोग गरी आएकोमा मिति २०४३।४।३१ गते रण वहादुरले मात्र एकलौटी नामसारी दर्ता गर्नको लागि निवेदन दिएको रहेछ । सो कुरा थाहा पाई मैले पनि मालपोत कार्यालयमा मिति २०४३।५।१० मा निवेदन दिएकोमा हाल सम्म केही कारावही नभएकोले यो फिराद गर्न आएको छुं तसर्थ उक्त कि. नं. ३१ को क्षेत्रफल ०-२-३ जग्गा त्यसमा वनेका घर समेत अपुतालीको १, २ र स्त्री अंश धनको ३ नं. ले वरावर हक लाग्ने हुंदा आधा घर जग्गा मेरो अपुताली हक कायम गरी संयुक्त नामसारी दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा समेत दिलाउने गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी शिव वहादुर थापाको फिराद पत्र । ३. विपक्षी २०१४ सालमा नै छुट्टी भिन्न भएका थिए । दिदीलाई ललाई फकाई गराएको वक्सपत्र पछि दिदीले थाहा पाएपछि वदर गराउनु भयो । दिदी र म अग्नी शम्शेर कहां नोकरी गर्दथ्यौं । त्यहिबाट ल्याएको पैसाले उक्त जग्गा किनेको हो । दिदीको काजकृया मैले नै गरेको हुनाले अपुताली मैले नै पाउनु पर्ने हो । वादी दावी सरासर झुठा हो भन्ने समेत व्यहोराको मिति २०४५।४।२१ को प्रतिउत्तर पत्र । ४. शुर कुमारीलाई वादीले पालन पोषण गरेको भन्न वादीकै साक्षीले नसकेको र वादीले पालन पोषण नगरेको