निर्णय नं. ६५१३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५१३ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/०६/०१ ३९७२ निर्णय नं. ६५१३ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास सम्माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य संवत् २०५१ सालको फौ. पु .नं. -१३५६ फैसला मितिः- २०५४।६।१।४ मुद्दाः- कर्तव्य ज्यान । पुनरावेदक/ प्रतिवादीः जिल्ला डोटी रानागाउं गा.वि.स. वडा नं. १ जमलकट्टे घर भै हाल कारागार शाखा डोटीमा थुनुवामा रहेको चक्र प्रसाद जोशी समेत जम्मा २ । विरुद्ध विपक्षी/वादीः दल बहादुर धामीको जाहेरीले श्री ५ को सरकार । § करणीकै जरियाबाट भुपरीको प्रतिवादीहरुले हत्या गरेको भन्ने मुद्दाको सम्पूर्ण तथ्यबाट पुष्टि भएको देखिन्छ । मौकाको सावितीलाई प्रहरीले नै त्यस्तो साविती व्यहोरा लेखि सहि गराएको भन्ने प्रतिवादीहरुले जिकिर लिएकोमा पनि आफूहरुले सो साविती कागजमा सहि गरेको कार्यलाई स्वीकार गरेको देखिन्छ । प्रहरीले निजहरुको इच्छा विरुद्ध वा जवरजस्तिसंग कुटपिट गरि गरिएको भन्ने सम्बन्धमा सो कुराको तथ्ययुक्त प्रमाण निज प्रतिवादीबाट पेश गर्न सकेको पनि देखिंदैन । यस प्रकार यि सबै तथ्य एवं प्रमाणहरुबाट झुपरीको हत्यामा यि दुईजना प्रतिवादीहरुको पूर्ण सम्लग्नता रहेको कुरा स्पष्ट देखिन आएबाट निजहरुको अदालतमा भएको इन्कारी वयानको आधारमा मात्र निजहरु निर्दोष रहेछन् भन्न मिल्ने स्थिति प्रस्तुत मुद्दामा नदेखिंने । (प्र.नं. ५४) पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र कृष्ण प्रसाद सापकोटा प्रत्यर्थी वादी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरे । अवलम्वित नजिरः- फैसला न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत दिपायल डोटीको मिति २०५२।८।११ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छः- २. मेरो विवाहिता छोरी झुपरी २०४६।२।४ गते माइती घरबाट गोगनधारको पाखो जग्गामा गहुं काट्न एक्लै गएकी सांझ घर फर्की नआई खोज तलास गर्दा कहिं कतै फेला नपरी यस्तैमा ०४६।२।१० गते दिउंसो १.०० बजे तिर सोही गहुं खेतमा जाने जंगलको वाटोमा गोगनधारको वाटोमा ओडार भित्र योनिमा हसिंयाको बिड पसाएको गर गहना नभएको मृत अवस्थामा फेला परेको हुंदा कारवाही गरी लास सतगत गर्न पाउं भनी जाहेरवाला दल वहादुर धामीको २०४६।२।११ गतेको जाहेरी दर्खास्त । ३. गोगनधारको पाखो जग्गा जाने वाटोमा ठूलो ढुंगाको ओडार भित्र योनिमा हसियाको बिंड घुसाईएको, लास सडी दुर्गन्ध आई रहेको, लासको टाउकोमा छाला सहित कपाल झरेको, अनुहार सम्पूर्ण कालो भई किरा परी मुख र नाकको मासु किराले खाई नचिनिने, गुद्वारबाट पानी निस्किएको खुन जस्तो वगेको हेर्दा आंखा नाक कानको केही नमुना सम्म नभएको भन्ने लास जांच मुचुल्का । ४. मृतक झुपरी मेरो भाउनु नाता पर्ने हो २०४६।२।२ गते म भाउजुलाई पुर्याउन संगसंगै आएको हौं वेलुका ६, ७ बजे तिर माइत घरमा पुगेका हौं वाटोमा भाउजुसंग कुनै कसैले केही कुरा गरेन भाउजुले नाक कान घाटिमा सुनका गहना तथा हातमा चांदिका वाला लगाई माईती घरमा आएकी हो अरु मलाई केही थाहा छैन भन्ने प्रेम वहादुर कठायतको कागज । ५. टाउकोमा लागेको चोटको कारओबा६ मृतकको मृत्यु भएको हो भनी २०४६।२।२३ गतेको पोष्टमार्टम । ६. मेरो छोरी गोगनधारको जंगलको वाटोमा मृत अवस्थामा भेटाइएको सम्बन्धमा रानागाउ गा. पं. वार्ड नं. १ वस्ने चक्र प्रसाद जोशी र इश्वरी दत