निर्णय नं. ६५१४ - भ्रष्टाबचार ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५१४ - भ्रष्टाबचार । भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५३/१२/१२ २६८४ निर्णय नं. ६५१४ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०५१ सालको फौ. पु .नं. -१०७६ फैसला मितिः- २०५३।१२।१२।३ मुद्दाः- भ्रष्टाचार । पुनरावेदक/ प्रतिवादीः राप्ती अंचल रुकुम जिल्ला पु.गा.वि.स. वडा नं. ७ बस्ने गगन सिंह पुन । विरुद्ध प्रत्यर्थी/ वादीः नन्दराज पुनको जाहेरीले वि.प्र.वि.अ. (प्र.जि.अ.) जिल्ला कार्यालय रुकुमको जाहेरीले श्री ५ को सरकार । § कार्य लगाउने कार्यालय वा संस्थाले तोकिए मुताविकको कार्य सम्पन्न भए नभएको जांची हेरी नभए गर्न लगाउन र त्यसरी पुनः गर्न लगाउंदा कार्य सम्पन्न हुन नगएमा लगानी भएको रकम असुल उपर तर्फ आबश्यक कार्यवाही गर्न सक्ने नै हुंदा तोकिएको कार्य सम्पन्न गरी सकेको विल भर्पाइ सम्वन्धित कार्यालयमा बुझाइ सकेको भन्ने अवस्था देखिएको स्थितिमा कार्य सम्पन्न भए नभएको कार्यलाई आधार मानी भ्रष्टाचार गरेको भन्न नमिल्ने । (प्र.नं. १७) § मिसिल सामेल रहेका विभिन्न प्रतिवेदनबाट कार्य के कति सम्पन्न भएको के कति वांकि रहेको भन्ने तथ्युक्त स्पष्ट आधार खुलेको देखिन आउंदैन र अभियोजन कर्ताले ओ.सी. तारा कुमार गुरुङ्गको प्रतिवेदनलाई के कति कारणले मान्यता दिइ विगो कायम गरिएको हो कुनै उचित कारण समेत अभियोग पत्रमा उल्लेख गर्न सकेको पाइदैन । फरक फरक प्रतिवेदन र भनाइ रहेको अवस्थामा केवल उजुरीको आधारबाट मात्रै यि प्रतिवादीले भ्रष्टाचार गरे भनी ठहर्याउन कानुन न्यायको रोहमा नमिल्ने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री कुलदेव राज शाही प्रत्यर्थी वादी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी । अवलम्वित नजिरः- फैसला न्या. इन्द्रराज पाण्डेः तत्कालीन मध्यपश्चिमान्चल क्षेत्रीय अदालतको मिति ०४७।९।२४।३ को फैसला उपर परेको अनुमती पाउं भन्ने निवेदनमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को (ख) र (ग) बमोजिम पुनरावेदन गर्न अनुमती प्रदान भै पेश हुन आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. आर्थिक वर्ष २०३८।०३९ मा जिल्ला पंचायतवाट संचालित सिंचाई कुलोमा कुलो नवनाई रु. ६२,६२८।- खाई मासेको, आर्थिक वर्ष २०३९।०४० मा मुरु हाइस्कूलको छात्रावास निर्माणमा लगत इष्टिमेट वमोजिम काम नगरी रु. ३,२७,८२९।८३ मध्ये जि.पं.स.वाट लिएको रु. १,०८,१८६।१४ विपक्षीले लि२ हालसम्म काम अधूरो रहेकोले घटनास्थलको जांच शुरु गरी विपक्षीलाई कानूनी कार्यवाही गरी पाउं भन्ने समेत व्यहोराको नन्दराम पुनको निवेदन । ३. सिंचाई कूलोको लागि रु. ३७,०५०।- जि.पं. वाट बुझेको र छात्रावास भवन निर्माणको लागि रु. ८७,३६८।४३ अनुदान वुझेको, सिंचाई कुलो ०३९।६।१ मा १०० प्रतिशत कार्य पूरा गरेको, उक्त दुवै योजना जि.पंको अनुदान र श्रमदान गरी संचाईमा रु. ७१,२०५।- र छात्रावास भवनमा ८७,३६८।४३ रकम लिएकोमा रु. ५१,५००।- भर्पाइ जि.पंसा पेश गरेको अरु भपाई म संग छ, जि.पं. मा पेश गरेको छैन, सिंचाई कुलो लगत इष्टिमेट वमोजिम सम्पन्न भएको छात्रावास भवनको वार्दली वनाउन वांकी छ अरु संपूर्ण काम ल.ई. वमोजिम भएको भन्ने समेत व्यहोराको गगन सिंह पुनले विशेष प्रहरी अधिकृत समक्ष गरेको वयान । ४. सिंचाई कुलो निर्माण भई सकेको छ, छात्रावासको काम सम्पूर्ण भएको छ, इष्टिमेट वमोजिम काम सम्पन्न भएको