निर्णय नं. ६५१५ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५१५ - चोरी भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/१०/०७ ३४८८ निर्णय नं. ६५१५ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत् २०५२ सालको फौ. पु .नं. -१२४३ फैसला मितिः- २०५४।१०।७।३ मुद्दाः- चोरी । निवेदक/ वादीः नरवहादुर साउदको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं. ४ चौराहा वजार वस्ने उक्त वहादुर वि.के. । § प्रतिवादीले किनेको सामानमा १५ प्रतिशत भन्दा वढी मुनाफा हुने गरी खरीद गरेको सवूद ठोस प्रमाण दाखिल पेश गर्न वादीले सकेको नहुंदा यस्मा पुनरावेदन अदालतबाट प्रतिवादी उक्त बहादुर वि.के. ले चोरीको सामान जानी जानी सयकडा १५ प्रतिशत भन्दा वढी नाफा हुने गरी खरिद गरि लिएको भन्ने नदेखिंदा दावी पुग्न नसक्ने गरी शुरु जि.अ. को उल्टी हुने गरी गरेको इन्साफ मनासिव हुंदा सदर हुने । (प्र.नं. १९) पुनरावेदक वादी तर्फबाटः- प्रत्यर्थी प्रतिवादी तर्फबाटः- अवलम्वित नजिरः- फैसला न्या. अरविन्दनाथ आचार्यः यसमा पुनरावेदन अदालत डोटीको मिति ०५१।७।१२ को फैसला उपर चित्त नबुझी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं तथ्य यस प्रकार छः- २. डडेल्धुरा सहससिंग गा.वि.स. वा.नं. ५ मडार गाउंमा सकाम साउदको घरमा खेलवाल देवताको देउरो रहि आएकोमा यहि २०४९ साल भाद्र १२ गते सकाम साउदको छोरा धर्मसिंह साउद हाम्रो गाउंमा आई भाई हो हाम्रो केलपातमाण्डौको देउरो चोरियो भन्दा १ (डेढकिलो) चांदीको देउरो र छडी लाल वहादुर साउदले चोरेकोमा शंका लाग्छ भनेकोले निज लाल वहादुर साउदलाई गाउंमा वोलाई सोधपुछ गर्दा निजले ९५ तोला चांदी वग्गु सुनार संग विक्री गरेको हु भनी सावित भएकोले उक्त डेढ के.जि. चांदिको १२७।५० तोला १ तोला रु.१२०।- को दरले जम्मा विगो रु.१५३००।- निज दुवै जनालाई पक्राउ गरी आवश्यक कारवाही गरी पाउं भन्ने समते व्यहोराको मित २०४९।५।१७ मा नरवहादुर साउदले दिएको जाहेरी दरखास्त । ३. यसै जेष्ठ २३ गतेका दिन मेरो पैतृक घर भडारगाउंमा कैलपाल देवताको मण्डार रहने गरेको सो भण्डारवाट ९५ तोला चांदीको छडी र डोलावान २ एक्लैले चोरी गरेको ठिक सांचो हो उक्त चोरी गरेको चांदी काडेगाउं वस्ने वग्गु सुनारलाई प्रति तोला रु.७०।- का दरले चोरी गरी ल्याएको हो भनी बताई विक्री गरी रु.३,०००।- पटक पटक गरी लिईसकेको छ भन्ने समेत व्यहोराको लाल वहादुर साउदको वयान कागज । ४. २०४९ साल जेष्ठ महिनाको अन्तिमतिर कुच्याइएका चांदीका ३।४ ठूला ३४४ साना पाता टुक्रा जम्मा ९५ तोला लाल वहादुर साउदवाट र७०।- रु. प्रति तोलाका दरले खरिद गरेको हुं सो खखत असली चांदीको रु.१२०।- र कुटुवा चांदीको रु.१००।- प्रतितोला सम्म भाउ थियो हाल पनि सोही भाउ छ यस्तो सस्तो पाएकोले किनेको हुं मैले उक्त चांदी मध्ये ८० तोला चांदी लक्ष्मी सुन चांदी पसल धनगढीमा ९५।- प्रति तोलाका दरले र १५ तोला चांदी रु.१००।- प्रति तोलाका दरले डडेल्धुरा अजयमेरु गा.वि.स. तिरुवा गाउं वस्ने जय राम तिरुवालाई विक्री गरी सकेको हुं भन्ने समेत व्यहोराको वग्गु सुनारको वयान । ५. लाल वहादुर साउद मेरो सहोदर भाई हुन कैलपाल देउताको भण्डार मेरो घरमा राख्ने गरेको छ । २०४९ भाद्र १२ गते भण्डार सफा गर्नलाग्दा देउताको देउरो र छडी चोरी भएको थाहा पाई गाउंलेहरुलाई आफ्नो भाई लाल वहादुर माथि शंका लाग्छ भनी वताएको हुं अं. डेडकिलो चांदी चोरी भएको हो सो देउताको