निर्णय नं. ६५१६ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५१६ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाउं । भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५४/१०/२२ २४४३ निर्णय नं. ६५१६ २०५५, ने.का.प. अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री टोप बहादुर सिंह संवत् २०५२ सालको रिट नं. -२७६३ आदेश मितिः- २०५४।१०।२२।४ विषयः- उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाउं । निवेदकः झापा जिल्ला सुरुङगा गा.वि.स. वडा नं. ९ घर भई श्री ५ को सरकार गृह मन्त्रालय शरणार्थी मामिला समन्वय सम्वन्धी राष्ट्रिय इकाई अन्तर्गतको शरणार्थी शिविर वेलडांगी २ विस्तारको सहायक पदमा कार्यरत वर्ष २५ की तारा न्यौपाने समेत जम्मा २३ । विरुद्ध विपक्षीः श्री ५ को सरकार गृह मन्त्रालय, शरणार्थी मामिला समन्वय सम्वन्धी राष्ट्रिय इकाई सिंहदरवार काठमाण्डौ समेत जम्मा २ । § लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए वमोजिम रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका २०५१ को परिच्छेद ३ निर्देशन नं. ५ मा पदपुर्तिको लागि विज्ञापन गर्दा ६ महिना सम्मको अस्थायी नियुक्तिका लागि घटीमा १५ दिनको र सो भन्दा वढी अवधिको अस्थायी वा स्थायी पदका लागि घटीमा ३० दिनको र सो भन्दा वढी अवधिको अस्थायी वा स्थायी पदका लागि घटीमा ३० दिनको म्याद राखी विज्ञापन गर्नुपर्दछ भन्ने उल्लेख भएको पाइन्छ । उल्लेखित निर्देशिकाको व्यवस्थाबाट ६ महिना भन्दा वढी अवधिको लागि अस्थायी पदपूर्ति गरिनु पर्ने अवस्थामा घटीमा ३० दिनको दरखास्त दिने म्याद दिनुपर्ने व्यवस्थाले ६ महिना भन्दा वणी अवधिको नियुक्तिको लागि ३० दिनमा नघटाई दरखास्त दिने म्याद दिनु पर्ने अनिवार्यता रहेको देखिन्छ । निवेदक स्वयंले पनि यस व्यवस्थालाई इन्कार गर्न सकेका छैनन् । शरणार्थी शिविरको प्रकृति र विज्ञापनमा परेका लवजहरुका आधारमा निवेदकहरुलाई ६ महिना भन्दा वढी अवधि नियुक्ति गर्न सकिने भन्ने निवेदन जिकिर रहेको पाइन्छ । विज्ञापनमा परेका लवजहरुको अर्थ जे जस्तो भएपनि प्रत्यायोजित अधिकार प्रयोग गर्नेले अधिकार दिने निकायको भावना वपरित भै गरेको कार्यलाई मनासिव र रीतपूर्वकको भन्न मिल्ने अवस्था नदेखिंने । (प्र.नं. ९) § निवेदकहरु ६ महिनाको लागि अस्थायी नियुक्ति भएको अस्थायी नियुक्ति प्रकृतिले नै निश्चित म्याद सम्मको लागि हुन्छ । अस्थायी नियुक्ति निरन्तरको लागि हुन सक्ने परिकल्पना कुनै पनि ऐन कानूनले गरेको पाइदैन । नियुक्त भइरहेका कर्मचारीको म्याद सकिएको अवस्थामा नियुक्ति गर्ने अधिकारीले रितपूर्वक सूचना निकाली पुनः नियुक्ति गर्न नपाउने गरी ऐनले वन्देज नलगाएको अवस्थामा निवेदन जिकिर वमोजिम विज्ञापन प्रकाशित गर्न नपाउने भन्न मिल्ने अवस्था नदेखिंने । (प्र.नं. १०) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता द्वय श्री श्रीहरि प्रसाद उप्रेती र श्री अच्यूत राज वुढाथोकी विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी अवलम्वित नजिरः- आदेश न्या. हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ तथा धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा यस प्रकार छः- २. हामी निवेदकहरु श्री ५ को सरकार गृह मन्त्रालय शरणार्थी मामिला समन्वय सम्वन्धी राष्ट्रिय इकाईवाट विभिन्न पदका लागि प्रकाशित पदपूर्ति सम्वन्धी विज्ञापन वमोजिम उत्तिर्ण पदपूर्ति सम्वन्धी विज्ञापन वमोजिम उत्तिर्ण भई जिल्ला प्रशासन कार्यालय झापा सरणार्थी समन्वय इकाईवाट निवेदन खण्डमा उल्लेखित पदमा नियु