निर्णय नं. ६५१७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५१७ - उत्प्रेषण भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०९/२५ २२५८ निर्णय नं. ६५१७ ने.का.प. २०५५ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्बत् २०५३ सालको रि.पु.इ.नं. -५८ आदेश मिति २०५४।९।२५।६ विषयः- उत्प्रेषण । निवेदकः जिल्ला काभ्रेपलान्चोक उग्रतारा गा.वि.स.वडा नं. ६ बस्ने भु.पु. प्रहरी निरीक्षक विदुर गौतम । विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय समेत ५ । § निवेदकको प्रहरी नियमावली, २०३३ को नियम ९(६) वमोजिम आरोपको सम्वन्धमा एउटा स्पष्‍टीकरण माग गर्नुपर्ने र सजाय अर्को स्पष्‍टीकरणमा प्रस्तावित गर्नुपर्ने भन्ने जिकिर भएको, प्रहरी नियमावली, २०३३ को नियम ९(६) को कानूनी व्यवस्था हेर्दा प्रहरी कर्मचारीलाई सजाय गर्दा आरोप प्रस्तावित गरी एउटा स्पष्‍टीकरण र सजाय प्रस्ताव गरी अर्को स्पष्‍टीकरण सोध्नु पर्ने भन्ने कानूनी व्यवस्था नभएको, एक पटक स्पष्‍टीकरण माग गर्नुपर्ने व्यवस्था भएको र सो वमोजिम अख्तियार प्राप्‍त निकाय गृह मन्त्रालयवाटै स्पष्‍टीकरण समेत लिई कारवाही गरेको कानून अनुरुप नै देखिंदा निवेदन माग वमोजिमको आदेश जारी गर्न मिल्ने अवस्था भएन । प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. २१) निवेदक तर्फबाटः विद्वान वरिष्‍ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुंगाना, विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री कृष्णराज श्रेष्‍ठ अवलम्वित नजिरः आदेश न्या. लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८।१(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः- २. निवेदक नेपाल प्रहरी सेवामा प्रहरी निरीक्षकको पदमा नियुक्ति पाएपछि नेपाल प्रहरीको उच्च आदर्श र मर्यादा अनुरुप आफ्नो वुद्धि विवेक र क्षमताले भ्याएसम्म कर्तव्यनिष्‍ट र इमान्दार भई कर्तव्य पालन गर्दै आइरहेको र सोही सिलसिलामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको निमित्त इन्चार्ज (प्रा.ना.उ.) कार्यरत रहेको अवस्थामा मिति २०४८।११।१३ गते जि.प्र.का. काभ्रे अन्तर्गतकै अस्थायी पोष्‍ट धुलिखेलमा मध्यक्षेत्र प्रहरी कार्यालय काठमाण्डौबाट प्र.ना.उ. समेतको टोली आएको थाहा पाई सो चौकीमा जांदा उक्त टोलीले सो पोष्‍टमा कार्यरत प्र.स.नि. वद्री वहादुर बस्नेतबाट केही विदेशी मुद्रा र नेपाली रुपैया समेत वरामद गरेपछि मलाई पनि उक्त जि.प्र.का. काभ्रेपलान्चोकको इन्चार्जको रुपमा काठमाण्डौ संगै जाऔं भनेवाट म संगै काठमाण्डौ आएकोमा उक्त मिति २०४८।१।१३ देखि नै महाराजगंज प्रहरी गण नं. २ थुनामा राखी कुटपिट गरी कागज गराई प्रहरी प्रधान कार्यालयबाट कारावही शुरु गरी गृह मन्त्रालयमा आवश्यक करावाहीको लागि भनी मिति २०४८।१२।६ मा पठाइयो । ३. प्रहरी प्रधान कार्यालयवाट पठाइएका कारावही कागजातको आधारमा गृह मन्त्रालयवाट मलाई मिति २०४९।१।२१ गतेमा प्रहरी नियमावली, २०३३ को ९.१(६) को संजाय प्रस्तावित गर्दै स्पष्‍टीकरण सोधियो र त्यही एउटै स्पष्‍टीकरणको आधारमा मलाई प्रहरी निरीक्षकबाट वर्खास्त गर्ने निर्णय भएको व्यहोराको पत्र मिति २०४९।३।३० मा बुझाइयो । मलाई सेवाबाट वर्खास्त गर्ने गरेको गृह मन्त्रालयको निर्णय अन्यायपूर्ण र