निर्णय नं. ६५१८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५१८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०९/२४ २३८४ निर्णय नं. ६५१८ २०५५, ने.का.प. अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा संवत् २०५३ सालको रि.पु.इ.नं. -५९ आदेश मितिः- २०५४।९।२४।५ विषयः- उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । रिट निवेदकः सिन्धुपाल्चोक जिल्ला वाह्रविसे गा.वि.स. वडा नं. ६ बस्ने वद्री बहादुर बस्नेत । विरुद्ध विपक्षीः प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय नक्साल समेत जम्मा ३ । § स्पष्टीकरण माग्नुको प्रयोजन आरोप लागेको व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने मौका प्रदान गर्नु हुने र अख्तियार प्राप्त अधिकारी वाहेक अन्य अधिकारीले सोधेको स्पष्टीकरणले कानूनी मान्यता प्राप्त गर्ने नभै सुन्यको स्थितिमा रहने साथै वढी स्पष्टीकरण माग गर्दैमा निवेदकको हक हितमा प्रतिकूल असर पर्ने भन्न नहुने र निज निवेदकलाई अख्तियारवाला प्रहरी महानिरीक्षकबाट स्पष्टीकरण माग गरी सफाइ पेश गर्ने मौका समेत प्रदान गरेको देखिंदा उक्त नि.नं. १६५७ मा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुन्छ भन्न मिल्ने अवस्था नहुने । (प्र.नं. २१) रिट निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री प्रकास राउत विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजिरः- ने.का.प. २०४० अंक ५ पृष्ठ २०२, नि.नं. १६५७ आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छः- २. म निवेदक २०४७।१२।३१ मा प्रहरी सेवामा प्रवेश गरी २०४७।८।१ मा प्र.स.नि. पदमा वढुवा भै सेवारत हुंदै आएकोमा मिति २०४८।११।१३ गते ताइवान निवासी लुचेनको नक्कली पासपोर्ट भनी लुचेनसंग भएको ने.रु. र विदेशी डलर समेत वरामद गरी लिने खाने नियतबाट प्र.स.नि. लाई जिम्मा लगाई राखेको वरामद भएको रकम मध्ये रु. ३५,०००र- भक्तपुर जगते वस्ने कृष्ण वहादुर राईको जिम्मा लगाएको देखिन आएकोले प्रहरी नियमावली, २०३३ को नियम ९.५ को दाहाय (क)(ङ) (छ) समेतको कसूर मा ऐ.को. नियम ९.१ (च) अनुसार किन संजाय नगरिनु पर्ने हो स्पष्टीकरण पेश गर्नु भन्ने २०४८।११।२३, २०४८।११।२७, २०४८।११।२८ र २०४८।१२।६ मा पत्र प्राप्त भएकोमा नाम र ठेगाना थाहा नभएको नेपाली बोल्न नजान्ने व्यक्तिसंग पासपोर्ट माग्दा पासपोर्ट दाखिल गर्न नसकेपछि अस्थायी पोष्ट धुलिखेलमा लगी खान तलासी गरी हेर्दा ने.रु.र विदेशी मुद्राहरु समेत वरामद हुन आएकाले मानिस र वरामद विदेशी मुद्रा समेत नि.प्र.ना.उ.ज्यूले नै निजलाई काठमाडौं पठाउनु भएको हो । रकम समेत हिनामिना तथा खाए मासेको होइन भनी चारवटै वेग्लावेग्लै स्पष्टीकरण पेश गरेको थिए । यसरी विभिन्न मितिमा विभिन्न अधिकारीबाट सोधिएका चारवटा स्पष्टीकरण म निवदेकले फिराए पश्चात तोकिएको जिम्मेवारी अनुसार आचरण नगरी भ्रष्टाचार गरी प्रहरी नियमावली, २०३३ को नियम ९.५ को देहाय (क)(ङ)(छ) अनुसारको कसूर मा ऐ.को ९.१ को धुलिखेल काभ्रे दरवन्दीका प्र.नि. वद्रि वहादुर वस्नेतलाई भविष्यमा सरकारी नोकरीको लगि अयोग्य नठहरीने गरी नोकरीवाट हटाई दिने गरी निर्णय पर्चा खडा गरी दिएं भनी २०४९।१।४ मा प्रहरी महानिरीक्षकज्यूवाट निर्णय भएको र सो उपर श्री ५ को सरकार गृह मन्त्रालयमा पुनर