निर्णय नं. ६५१९ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५१९ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०९/२५ ३६३४ निर्णय नं. ६५१९ २०५५, ने.का.प. अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा सम्माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री राजेन्दराज नाख्वा संवत् २०५३ सालको रि.पु.इ.नं. -६० आदेश मितिः- २०५४।९।२५।६ विषयः- उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । रिट निवेदकः जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्र.ह. पदबाट अवकास प्राप्‍त भई हाल जिल्ला सिन्धुपाल्चोक सिन्धुपाल्चोक गा.वि.स. वडा नं. १ बस्ने वीर वहादुर गिरी । विरुद्ध विपक्षीः मध्यक्षेत्र प्रहरी कार्यालय (क्षेत्रीय प्रहरी कार्यालय) काडमाण्डौ समेत समेत जम्मा २ । § निर्णय पर्चाको व्यहोरामा टिप्पणी पेशभै टिप्पणी सदर गरेको भन्ने नदेखिएको निर्णय पर्चा भन्ने सम्म उल्लेख भएको, तथ्यको टिपोट गर्दै के कस्तो सवुदको आधारमा भनी विभागीय कारवाही सम्वन्धी कागजपत्र जिम्मा राख्नेले टिप्पणी पेश गरे झै पेश गर्ने भन्ने सम्म उल्लेख भै पेश भएको, निर्णय गर्नेले सही गर्ने ठाउंमा सदर भनी सही गरेकोबाट टिप्पणी वा अन्य व्यक्तिको राय सदर गरेको हो कि भन्ने झल्का पउन आए पनि टिप्पणी पेश गर्नेले मेरो यो यस्तो राय भनीलेखी सोही राय सदर गरेको भन्ने देखिदैन । राय पेश गरेको भन्ने नदेखिंदा कानूनले अधिकार प्राप्‍त अधिकारीले अर्काको य सदर गरेको भन्ने अवस्था नदेखिएको, अर्ध न्यायिक निकाय त्यसमा पनि प्रहरी अधिकारीले फैसला गर्दा पुर्‍याउनु पर्ने रीत सम्वन्धी छुट्टै ढांचा समेत प्रचलित कानूनमा नतोकिएको, निर्णयकर्ता भनी सही गर्ने निश्‍चित प्रचलन परिपाटी अभ्यास समेत भैसकेको अवस्था नहुंदा प्रस्तुत निर्णय पर्चालाई लांक्षणिक र उद्देश्यपरक रुपमा हेर्नुपर्ने हुन्छ । कानूनले तोकेको अधिकारी प्रहरी वरिष्‍ठ उपरीक्षकको पुछारमा सदर सम्म भन्ने उल्लेख भएको कारणले मात्र न्यायिक मन प्रयोग नगरेको भन्न मिलेन । किनकी न्यायिक मनको प्रयोग भन्नाले विवादित विषयमा सम्वद्ध सबै कुरालाई विचाराधीन लिई सवुद प्रमाणको मूल्याङ्कन गरी उपयुक्त कानूनको प्रयोग गर्ने कार्यला२ परिलक्षित गर्दछ । तसर्थ रिट निवेदन खारेज गर्ने गरेको मा.न्या. श्री उदयराय उपाध्यायको राय सदर हुने । (प्र.नं. १५) रिट निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद सापकोटा विपक्षी तर्फबाटः- विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्‍ठ अवलम्वित नजिरः- आदेश न्या. लक्ष्मणप्रसाद अर्यालः यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः- २. म निवेदक २०३६।६।२५ गते नेपाल प्रहरीको प्र.ज. पदमा नियुक्ति पाई २०४७ साल मार्गमा प्रहरी हवल्दार पदमा पदोन्नती भै आफ्नो वुद्धि विवेकले भ्याय सम्म कर्तव्यनिष्‍ठ भै तोकिएको जिम्मेवारी वहन गर्दै आएको म जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलको प्र.ह. को दरवन्दीमा रहेको समय अस्थायी प्रहरी पोष्‍ट धुलिखेलमा कार्यरत रहंदाको अवस्थामा मिति २०४८।११।१३ गते ताइवानी नागरिक लुचेनको साथमा रहेको विदेशी मुद्रा समेत म समेत जवर्जस्ती खोसेको भन्ने अभियोगमा मलाई साविक प्रहरी नियमावली, २०३३ को नियम ९।५ को खण्ड (क)(ङ) र