निर्णय नं. ६५२० - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५२० - लिखत वदर भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०९/१८ २५४८ निर्णय नं. ६५२० २०५५, ने.का.प. अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय संवत् २०५१ सालको दे.पु.इ.नं. -५९ फैसला मितिः- २०५४।९।१८।६ मुद्दाः- लिखत वदर । पुनरावेदक/ वादीः का.जि.का.न.पा. वडा नं. ७ चावहिल डेरा गरी बस्ने मुरारी प्रसाद शर्माको मु.स. गर्ने ऐ.ऐ. बस्ने गिता देवी रिमाल समेत जम्मा २ । विरुद्ध विपक्षी/प्रतिवादीः का.ज.भगवान स्थान गा.पं. वडा नं. ७ वस्ने भुवनमान शाक्यको मु.स. गर्ने मसिन माया शाक्य । § मिति २०३३।९।२ मा विवादको लिखत भएको देखिन्छ । सो लिखत हुंदाका वखत वहाल रहेको लेनदेन व्यवहारको १० नं. मा “आफूले आर्जेको भए संग वस्नेको मन्जुरी लिनु पर्दैन” भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीको दाता नन्दन प्रसादले मिति २०२५।१२।१८ मा विवादित जग्गा राजिनामा गरि लिएको देखिन्छ । यसरी नन्दन प्रसादले राजिनामा गरि लिएको हुंदा निजको पालाको आर्जन भन्ने देखिन्छ । फिरादपत्रको प्रकरण २ मा वादी मध्येकी राधा देवी शिक्षिका भै र मुरारी प्रसाद कर्मचारी भएकाले वाहिर वस्ने गरेको भन्ने उल्लेख भएको हुंदा उक्त जग्गा वादीहरुले आर्जेको भन्न नमिल्ने देखिन्छ । वाल कुमारीलाई २०२४।५।३० मा यिनै दाता नन्दन प्रसादले वक्स गरिदिएपछि सो सम्पत्तिको पैतृक स्वरुप समाप्‍त भएको देखिन्छ । पैतृक सम्पत्तिको रुपमा तत्कालीन समयमा नन्दन प्रसादले वक्स गरिदिंदा यी वादीहरुको उजुर परेको पनि देखिएन । साथै चिन्तन राजलाई मिति २०२४।३।२१ मा कि.नं. ७२ को जग्गा हक छाडी दिंदा पनि यी वादीहरुले उजुर गरेको देखिएन । यसरी प्रतिवादीका दाता नन्दन प्रसादले घरको व्यवहार गरी आएको देखिन आएको अवस्था समेत हुंदा निजले तत्काल प्रचलित कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा लिखत गरी लिनुदिनु गरेको देखिंदा वादीहरुको मन्जुरी लिई रहनु पर्ने अनिवार्यता नदेखिने । (प्र.नं. २०) पुनरावेदक वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी प्रतिवादी तर्फबाटः- विद्वान वरिष्‍ठ अधिवक्ता श्री मुकुद रेग्मी र विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल अवलम्वित नजिरः- फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः सर्वोच्च अदालत पूर्ण इजलासको फैसला उपर विन्तिपत्र परी यस अदालतवाट इन्साफ जांचको लागि निस्सा प्रदान भई यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त व्यहोरा एवं निर्णय यस प्रकार छः- २. विपक्षी मध्येका नन्दन प्रसाद, मुरारी प्रसादको शाख्यै भाई र राधादेवीका देवर हुनुहुन्छ । हामीहरुका पिता तथा ससुरा २०२३ साल चैत्र ६ गते स्वर्गे हुनु भएवाट आमा सूर्य कुमारी र वहांका जेठो छोराको विधवा वुहारी राधादेवी, मुरारी प्रसाद र नन्दन प्रसाद समेत जम्मा ४ अंशियार जीवित छौं । राधादेवी विधवा भएकी र सन्तान समेत केहि नहुंदा का.जि. चिकमूंगल डेरा गरी स्कूलको शिक्षिका भै धेरै वर्ष देखिन घरवाट अलग वस्ने गरी आएको, मुरारी प्रसाद नोकरीको सिलसिलामा विराटनगर, गोर्खा खटि गएकोले, वाहिर जिल्ला तिर वस्नु परेको, उपत्यकामा नै वसेका अवस्थामा पनि जहान परिवार नमिल्नाको कारण म घर वाहिरै डेरा गरी आएकोले घरमा विपक्षी भाई, आमा पिताजी वस्ने गरी आएको, पिताजी परलोक भएपछि आमा सूर्य कुमारी र नन्दन प्रसाद मात्र घ