निर्णय नं. ६५२२ - लुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५२२ - लुटपिट भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०४/२९ २४५२ निर्णय नं. ६५२२ २०५५, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री टोप वहादुर सिंह संवत् २०५२ सालको फौ.पु.नं. -११४३ आदेश मितिः- २०५४।४।२९।४ मुद्दाः- लुटपिट । पुनरावेदक/वादीः जिल्ला सिन्धुली लाम्पन्टार गा.वि.स. वडा नं. २ बस्ने सुर्य प्रसाद तिमल्सिना । विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला सिन्धुली हतपते गा.वि.स. वडा नं. ८ बस्ने रंगलाल अधिकारी । § वादीकै साक्षीहरुले लुटपिटको वारदातको समयका सम्वन्धमा फरक फरक कुरा उल्लेख गरी वकपत्र गरेका र यो यस्ले यो व्यहोराबाट लुटपिट गरी लगेको भनी स्पष्‍ट भन्न नसकेको अवस्था मिसिल संलग्न साक्षीहरुको वकपत्रबाट समेत देखिन्छ । यसरी वादीकै साक्षीहरुले वारदातको समय र सहभागिताका वारेमा एकिनका साथ स्पष्‍ट प्रमाणित हुने गरी भन्न लेखाउन समेत सकेको अवस्था नदेखिएको र पुनरावेदक तर्फबाट तारिख गुजारी वसेको अवस्था समेत देखिएकोले शुरु फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. ११) निवेदक तर्फबाटः- विपक्षी तर्फबाटः- अवलम्वित नजिरः- फैसला न्या. टोप वहादुर सिंहः पुनरावेदन अदालत, जनकपुरको २०५१।९।२७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्‍त व्यहोरा यस प्रकार छः- २. मेरो नाम दर्ताको जि. सिन्धुली आमवोटे गा.वि.स. वार्ड नं. ७(क) कि.नं. २४ को ०-१४-८ जग्गामा पाकेको धान वाली २०४८।७।२६ को राति ९ वजे लठ्ठीले हानी नोक्सान गरी लुटपिट समेत गरेकोले उक्त नोक्सानी भएको १७ मुरी थान दिए थान र निदए प्रति पाथी रु. १५।- ले हुने जम्मा रु. ५१००।- विपक्षीबाट दिलाई भराई लुटपिटको ४ नं. वमोजिम संजाय गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. उक्त वारदातको मित भन्दा एकदिन अगाडि नै घर गाउं छोडी भारतको मधुवनीमा गई औषधी उपचार गरी उक्त २६ र २७ गते त्यही वसी २९ गते मात्र घर आई पुगेकोले उक्त वारदातमा म संलग्न थिएं भन्ने दावी झुठो भएकोले फुर्सद पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. उक्त वारदात भएको दिन म दिनानाथको घरमा गएको थिएं । भोलिपल्ट रंगलालले वादीको धान लठ्ठीले हानी नोक्सान पारी दिए भन्ने कुरा सुनेको हुं भन्ने वादीका साक्षी कृष्ण प्रसाद र २०४८।७।२८ गते वादीको धान झारी नोक्सान पारी दिएको छ भनी प्रतिवादी रंगलालले भनेको सुनेको हुं भन्ने वादीकै साक्षी पुष्पलाल २०४८।७।२६ गतेका दिन वेलुका ७ वजे वादीको खेतको धान झारी दिनु भन्नु भयो र वादीलाई सुनाई दिनु भनी राती ८.३० वजे मेरो घरवाट हिड्नु भएको थियो । त्यो कुरा मैले वादीलाई सुनाई दिएको थिएं भन्ने समेत व्यहोराको वादी साक्षी शान्ति प्रसाद मिति २०४८।७।२६ को अं. १ वजे राति दावीको जग्गाको धान नोक्सान पारी दिएको मैले देखेको हुं भन्ने समेत व्यहोराको वादीको साक्षी छविलाल र वाली नोक्सान पारी दिएको मैले देखेको हुं भन्ने समेत व्यहोराको वादीको साक्षी छविलाल र वाली नोक्सान पारी दिए भनी वादी र अन्य २, ४ जना मानिसले भनेको सुनेको हुं भन्ने समेत व्यहोराको वादीको साक्षी दिनानाथको वकपत्र । ५. मिति २०४८।७।२६ गतेका दिन प्रतिवादी रंगलाल जनकपुर जान्छु भनी हिडेका थिए भन्ने प्रतिवादीका साक्षी नरनाथ, शिवप्रसाद र २०४८।७।२६ का दिन प्र. रंगलाल मेरो घरमा वास वसेको हुंदा वादीको धानवाली