निर्णय नं. ६५२३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५२३ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०५/१६ २८५० निर्णय नं. ६५२३ २०५५, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री टोप वहादुर सिंह संवत् २०५२ सालको फौ.पु.नं. -११२५ फैसला मितिः- २०५४।५।१६।२ मुद्दाः- कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः जिल्ला प्युठान उदयपुर कोट गा.वि.स. वडा नं. २ भोडावारी बस्ने चन्द्र वहादुरकी श्रीमती लली सर्केनी। विरुद्ध विपक्षी/वादीः सुन्तली सर्केनीको जाहेरीले श्री ५ को सरकार । § प्र. लली सर्केनीले अधिकार प्राप्त अधिकारी समक्ष साविती वयान गरेको देखिए पनि निजको उक्त साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हन नआएको र अदालत समक्ष कसूर अपराध गरेकोमा पूर्ण इन्कार रही वयान गर्ने यी प्रतिवादी लली सर्केनीले नै जाहेरवालीको घरमा आगो लगाई दिएको हो भनी देख्ने कुनै चश्मदिद साक्षी समेत मिसिल प्रमाणबाट देखिन नआएको स्थितिमा ज्यान जस्तो गम्भीर अपारधमा दोषी ठहराउन न्यायसंगत नहुने हुंदा निजले अभियोगबाट सफाइ पाउने । (प्र.नं. २०) पुनरावेदिका प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री केदार गौतम विपक्षी वादी श्री ५ को सरकार तर्फबाटः- विद्वान सरकारी अधवक्ता श्री नरेन्द्र कुमार पाठक अवलम्वित नजिरः- फैसला न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत नेपालगंजको मिति २०५१।४।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ख) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यस प्रकार छः- २. हाम्रो जग्गामा वसेका छौं, हाम्रै भांडा वर्तनमा पकाई खान्छौ भनी नन्द लाली सर्केनी र निजको लोग्ने चन्द्र वहादुर सार्कीले सोही विषयमा काटछौं मार्छौ भनी भन्ने र तिमीहरुको घरमा आगो लगाइ दिन्छौ भनी झै झगडा मारपीट समेत गरी रहने हुंदा मेरो लोग्ने गंगे सार्कीलाई कमाई गर्न २०४७ साल मार्ग महिनामा भारत पठाएको हुं । २०४७।१२।१२ गते सांझ ८।३० वजेको समयमा हामी सवै जहान परिवार घरभित्र खाना खाई रहेको अवस्थामा नन्दहरु र माया चुमी खाना खाई आफ्नो दिदीको घरमा साथ दिन घरबाट आंगनमा निस्कंदा घरको छानामा आगो लागेको देखी रुदै कराउदै घरमा आगो लाग्यो भनेकोले म छोराछोरी लिई वाहिर आई गुहार पुकार गर्दा सासु जैसरा वाहिर निक्लन लाग्दा आगो लागेको छाना शरीरमा खसेको देखी गाउंलेहरुले आगोबाट निकालेर कसले आगो लगायो भनी सोधपुछ गर्दा आगो निभाउने काममा गाउंकै टेक वहादुर सार्की आफ्नो घरबाट आउन लाग्दा आंपको रुख मुनि पोखरी भन्ने ठाउंमा आई पुग्दा लली सर्केनी दगुर्दै घर तर्फ जान लागेको देखेका छौं भनेको हुंदा पुरानो कुरालाई लिएर चन्द्र वहादुर सार्कीले आगो लगाउनमा मुख्य भई बचन दिए अनुसार निज ललीले आगो लगाएको शंका लागि जाहेरी दिन आएको छुं । घरभित्र मानिस छ भन्ने कुरा जानी जानी घरमा आगो लगाई दिएको हुंदा कारवाही गरी पाउं भन्ने सुन्तली सर्केनीको जाहेरी दरखास्त । ३. कागजपत्रको वाकस निकाल्न गई वाकस लिई वाहिर वलेसीमा निस्कन लाग्दा पालीको पाखा खसी चोलो साडी सल्की आगो निभाउन आएका छिमेकी समेतले कपडा काटी मलाई बचाए । अर्को दिन उपचारको लागि प्युठान अस्पतालमा ल्याए । के कसरी आगो लाग्यो भन्ने सम्वन्धमा माहिली छोरी लली सर्केनी र जुवाई चन्द्र वहादुर सार्की समेतले घरायसी रिट्ठइवीको कारणवाट वेला वेलामा काट्छु मार्छु घरमा आगो समेत लगाई दिन्छु भनी हिड्ने गर्दथे । मेरो भाई टेक वहादुर सार्की घरमा आगो लागेको देखि मेरो घरमा आउनु लाग्दा वाटोमा मे