निर्णय नं. ६५२५ - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५२५ - लिखत वदर भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०३/११ २८६७ निर्णय नं. ६५२५ २०५५, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०५० सालको दे. पु. नं. -२४७६ आदेश मितिः- २०५४।३।११।४ विषयः- लिखत वदर । पुनरावेदक/ वादीः जिल्ला कैलाली टिकापुर गाविस वडा नं ९ बस्ने रत्‍नादेवी खडका । विरुद्ध विपक्षी/वादीः कैलाली जिल्ला टिकापुर गाविस वडा नं ९ बस्ने थारु समेत जना ५ । § घर खर्च भनी रु लिई विक्रि गरेकोलाई घर व्यवहार चलाउन लिएको होइन भन्ने तर्क गर्न मिल्दैन । घर खर्च गर्नु भनेकोलाई सामान्य अर्थमा घर व्यवहार चलाउन लिएको नै संझनु पर्दछ । सो रु घर खर्च वाहेक अन्य कामलाई लिएको हो भने सो कुरा वादीले प्रमाणित गर्नु पर्दछ । सो कुराको पुष्‍टाईमा वादीहरुले प्रमाण पुर्‍याउनुको त के कुरा जिकिर सम्म पनि लिन सकेको देखिदैन । यस्तो स्थितिमा घरको मुख्यले अंशवण्डाको १९ नं ले प्रदान गरेको अधिकार वमोजिम गरेको कार्यलाई कानून विपरीत भन्न नमिल्ने । (प्र.नं. १५) पुनरावेदक वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री रेवन्द बहादुर कुंवर विपक्षी वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री शीवराज अधिकारी अवलम्वित नजिरः- x आदेश न्या. गोविन्द बहादुर श्रेष्‍ठः पुनरावेदन अदालत दिपायलको मिति २०४८।१०।५ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा दोहोर्‍याउने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त विवरण यस प्रकार छः- २. हामीहरुको मुल पुर्खा रोगाही डगौरा प्र रोगाडी डगोराका २ छोरा जेठा स्व सुके र कान्छा स्व. विसराम स्व. सुकेका छोरा जेठा म फिराद रुन्चे माहिला म फे, प्रभु र कान्छो म फे. अंगानु, स्व. विसरामको ४ छोरा जेठा म फे. वन्धु माईला म फे. लक्ष्मण साईला लक्षिराम काईला खुसीराम कान्छो जंग बहादुर भएकोमा प्र. रोगाही हाम्रो वाजे नाताका व्यक्ति हुन । म फे. रुन्चे थारुले ०४१ साल देखि नै घर व्यवहार चलाई आएको र प्र. रोगाहीका नाउंमा दर्ता रहेको जि.कै. मौरिनीया गा.प. वा.नं. ६ (छ) मा पर्ने कि.नं. ९६ को ज.वि. ३-१५-२ मध्ये ज.वि. १-१८-० उत्तर तर्फबाट प्र.रत्‍ना देवी खडकालाई हामीहरुको मन्जुरी वेगर ०४५।१०।२२ गते रजिष्‍ट्रेशन पास गरी दिएकोले उक्त लिखत वदर गरी पाउं भन्ने संयुक्त फिराद दावी । ३. वादीको सम्पूर्ण फेराद दावी झुठा हो म प्र. रोगाही थारुको पैतृक सम्पत्रि कुनै थिएन मैले आफ्नो परिश्रमले २०२१ सालको सर्वे नापीमा मौरिनिया गा.प. अन्तर्गतको २४ वागाहा जग्गा आर्जन गरेकोमा मेरो सेवा टहल र रिझाए वापत फेरादीका नाउंमा वक्सपत्र गरी दिएकै छुं मेरो नीजि आर्जनको सम्पत्ति भएकोले फेरादीहरुको मंजूरी लिई रहनु नपर्ने भन्ने प्र. रोगाही डगौरा थारुले प्रतिउत्तर जिकिर । ४. वादी दावी झुठा हो फेरादीहरुले प्रतिवादीलाई हेर विचार नगरेका र निजको स्व. आर्जनको सम्पत्ति भएकोले आफ्नो घर व्यवहार चलाउन म बाट १,१८,९९९।- रुपैया लिई मेरो नाउंमा जि.कै. मौरिनिया गा.पं. वा.नं. ६ को ज.वि. ३-५-२ मध्ये १-१८-० जग्गा रजिष्‍ट्रेशन पास गरी दिएका हुन निजको स्व. आर्जनको सम्पत्ति भएकोले फेरादीहरुले मन्जुरी लि रहनु पर्ने हैन भन्ने प्र. रत्‍नादेवी खडकाको प्रतिउत्तर पत्र । ५. फेरादीहरुले समेत हक अंश लाग्ने जग्गा फेरादीहरुको मन्जुरी ने नली रत्‍नादेवीलाई लिखत गरी दिएकाले उक्त लिखत वदर हुनु पर्ने हो भन्ने वादीको साक्षी कन्चु थारु