निर्णय नं. ६५२६ - जग्गा खिचोला चलन समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५२६ - जग्गा खिचोला चलन समेत भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०७/१९ ३०७२ निर्णय नं. ६५२६ ने.का.प. २०५५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल संवत् २०५२ सालको दे.पु.नं. .. ३४३१ फैसला मितिः २०५४।७।१९।३ मुद्दाः जग्गा खिचोला चलन समेत । पुनरावेदन/वादी : जि. सप्तरी गा.वि.स. वेल्ही चमेना वार्ड नं. ५ वस्ने मुगालाल मण्डलको मु.स. गर्ने राम पुकार मण्डल समेत । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने सहदेव मण्डल § पिता पुर्खाले निजि प्रयोगको लागी सो पोखरी खनाएको भन्ने पुनरावेदक वादीको दावीलाइ मान्ने हो भने तापनि मालपोत नतिरी पोत मिन्हा भएको र त्यस्तो पोखरी धार्मिक सद्‌भावले सबैको सार्वजनिक प्रयोगकालागी समाजमा नै समर्पण गरेको मान्नूपर्ने हुन्छ । एकपटक समाजलाई समर्पण गरेको भएपछि पिता पुर्खाले नै खनाएको भएपनि त्यसमा छोरा नातिको हक अन्य रैकर जग्गा जस्तो रहि रहन्छ भन्न नमिल्ने । (प्र.नं १८) पुनरावेदन वादी तर्फबाट : विपक्षी प्रतिवादी तर्फबाट : अवलम्वित नजिर : फैसला न्या.गोविन्द बहादुर श्रेष्ठः पुनरावेदन अदालतको राजविराजको मिति २०५०।१।२९।३ को फैसला उपर मुद्दा दोहोर्‍याई पाउँभनी निवेदन परीन्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) (क) अन्र्तगत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णययस प्रकार छ । २. ममुगालाल, रामेश्वरको वाजे गोविन्द मण्डल नाउँको गा.पं.वेल्हीचपेना वार्ड नं. ५ अन्तरगत मिन्हीनं. १६० को लागि सो पूर्व पश्चिम दुखा सो उत्तर सटर सो दक्षिण यति ४ किल्लाको १.१.७ जग्गामा रहेको पोखरी हामी वादीका वाजे वराजुपुर्खाले खनाइ सनातन देखि हाम्रो पूर्वजले भोग्दै आएका छौं । हाल सर्भेमा उक्त पोखरी कि.नं. १२२,१२३ कायम भए पनि हाम्रो नाउँमा दर्ता नभई ऐलानी भनी दर्ता भए पनि सनातन देखि पोखरी हामीले भोगी आएको छौं । पोखरीमा माछा पाले वापत गा.पं. वेल्ही चपेनावाट ममुगालाल, लक्ष्मी रामस्वरुप समेतका क्नाउँमा दस्तुर वुझाई रसिद प्राप्त गरी मिति २०३६ सालदेखि माछा पालन गरि विक्री गरी आएका छौं । विपक्षी हाम्रो सात पुस्ता भन्दा धेरै टाढाको दाजुभाई हुनुहुन्छ । ३४ प्रतिशतले लक्ष्मी मण्डल, रामस्वरुपको १२ प्रतिशत चुनुचुन १२ प्रतिशत रामेश्वरको ४ प्रतिशत परमेश्वर १२ प्रतिशत अंश हक रही सोहीअनुसार माछा पालनमा पूँजीलगाई आएको ०४२ साल माघ २ गते हाम्रो चलन हक गरी पोखरी मेरोभनी खिचोला गरेकोले खिचोला मिटाई चलन पाउँ भन्ने वादीहरुको फिराद पत्र । ३. मेरो वराजु भोलीमण्डलले ००४ सालको नापीमा क्काका गोविन्दमण्डल नाउँमासा.कि. नं. १६० को १.१.७ पानी झाउ मिन्ही भएको पोखरीको मुहार मेरो साखै दाजु खटर मण्डल नाउँमा ००४ सालको नापीमा दर्ता छ । सर्भे नापीमा नि.स.वेल्ही चपेना गा.पं. वार्ड नं ५ (ख) कि न.. २०७, १९७,१६३,९०,२० कै जम्मा ज.वि. ०.१५.७ मेरो नाउँमा दर्ता छ र पोखरीको डिलमा म तथा मेरो वावु समेतलेविभिन्न किसिमको रुख लगाई भोग अधिकार मेरै कायम छ । यसरी वराजुले नै खनाएको खास निजीपोखरी पुरानो भएकोले पोखरी मर्मतको लागि कृषि विकास वैंकमा धितो राखी रुपैया उठाई ०३९ सालमा माछाको भुरा हालीमाछा पालन गरी आएकोमा गाउँको प्र. पंच झगडी भएकोले मुगालाल मण्डल, लक्ष्मी मण्डल, रामस्वरुपमण्डल समेतको निजी पोखरी भनी गाउँ पंचायत रसीद काटेको ०४२।६।५ मा जानकारी पाई सो रसीद काटेको ०४२।६।५ मा जानकारी पाई सो रस