निर्णय नं. ६५२७ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५२७ - कर्तव्य ज्यान । भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०५/२४ २५७९ निर्णय नं. ६५२७ ०५५, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्य माननीय न्यायाधीश श्री उदय राज उपाध्याय सम्वत २०५३ सालको फौ.पु.नं.–१३५५ संवत् २०५४ सालको साधक नं. :– २१८ फैसला मितिः २०५४।५।२४।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदीका/प्रतिवादी : पर्वत जिल्ला शंकर पोखरी गा.वि.स. वा.नं. ४ घर भै हाल कारागार शाखा पर्वतमा थुनामा रहेकी सिता कुमारी लामगोदे बिरुद्ध प्रत्यर्थी/वादी : दण्डपाणी लामगादेको जाहेरीले श्री ५ को सरकार § लाठा, ढुंगा र साधारण सानातिना हात हतियारले कूटी हानी रोपी घोची वा अन्य ज्यान मार्ने गैर कुरा गरी ज्व्यान मरेमा संजाय व्यहोर्नु पर्ने गरी ज्यान सम्वन्धीको १३ (३) नम्वरमा कानूनी व्यवस्था गरेको र घाटी अचेटी मार्ने कृया ज्यान मार्ने गैर कुरा भित्र पर्ने हुनाले समेत निज प्रतिवादी सिता कुमारीलाई ज्यान सम्वन्धीको १३(३) नम्वर वमोजिम संजाय गर्ने ठहर्‍याएको पुनरावेदन अदालत वागलुङको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री लाल वहादुर थापा बिपक्षी तर्फबाट : अबलम्वित नजीर : फैसला न्या. उदयराज उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ र १० अनुसार यस अदालतमा परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न अनुसार छ । २. मिति ०५०।९।९ गते विहान ७ वजेको समयमा पर्वत जिल्लाशंकर पोखरी गा.वि. वडा नं. ४ स्थित भिरकुलो भन्ने ठाडो खोल्समिा एकजना मृतक शिशुको पुरुष जाति वच्चाको लाश देखिएकोले घटनास्थल लाश प्रकृति समेत जो जे वुझ्नु पर्ने हो वुझि आवश्यक कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको दण्डपाणी लामगादेको मिति ०५०।९।९ को जाहेरी दरखास्त । ३. पूर्व मजाकेटार खेतमा लैजाने तेस्रो ढुंगो, उत्तर वांसेको गांज र दक्षिण तिजुको सानो रुख यति ४ किल्ला भित्र भिरकुलो भन्ने ठाडो खोल्सोमा सो खोल्साको वायां तर्फ किनारामा १ मृतक पुरुष अं. १० महिनाको वच्चाको लाश देखिएको र मृतक वच्चाको घांटीमा निलडाम समेत देखिएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । ४. घटनास्थल तत्काल वांसको सुप्लामा रगतको टाटा लागेको वरामद भएको पर्वत शंखर पोखरी गा.वि.स. वडा नं. ४ वस्ने टिकाराम तिवारी समेतको वरामदी मुचुल्का । ५. उक्त वच्चा जन्माई मारी फाल्ने व्यक्ति सिता कुमारी लामगादे उपर शंका लागेको हुँदा पक्राउ गरी दाखिल गरेका छौं । कानून वमोजिम होस् भन्ने समेत व्यहोराको प्र.ना. नि. मेष राज पौडेलको समेतको प्रतिवेदन । ६. मिति ०५०।८।२३ गते मेरो नारायण प्रसाद लामगादेसंग विधिपूर्वक विवाह भएको हो । विवाह हुनुभन्दा अगाडी देखि नै मेरो माइतिघर नजिक शंकर पोखरी गा.वि.स. वडा नं. ३ वस्ने हरि प्रसाद अधिकारीसंग मेरो कहिले काही यौन सम्पर्क हुने गर्दथ्यो । सोही सम्पर्कबाट गर्भिणी भै ४।५ महिना पूगेपछि निज हरि प्रसादसंग सल्लाह लिई वच्चा जन्मनासाथ मारी फाली दिनु केही हुँदैन भनेको हुँदा निज हरि प्रसाद मेरो काका नाता पर्ने र हालको विवाहित श्रीमानसंग दाम्पत्य जिवन सुखमय तरिकाबाट वित्छकी भन्ने उद्देस्यले ०५०।९।८ गते विहान ५।४० वजेको समयमा पुरुष जातीको वच्चा जन्माई घांटी अचेटी मारी मेरै घर नजिक शंकर पोखरी गा.वि.स. वडा नं. ४ स्थित भीरकुलो भन्ने ठाडो खोल्सीमा फाली दिएको हुँ भन्ने समेत व्यहोराको अभियुक्त सिता कुमारी लामगादेको साविती वयान कागज । ७. सर्वप्रथम विहानमा मिति ०५०।९।